Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

गुणस्तरहीन भारतीय अण्डाले नेपाली बजार प्रभावित

सर्लाही । खुल्ला सीमानाका कारण गुणस्तरहीन भारतीय अण्डा सस्तो मूल्यमा भित्रिन थालेपछि यहाँका अण्डा उत्पादक किसान मारमा परेका छन् ।

भारतबाट लुकाइछिपाइ गुणस्तरहीन सेतो अण्डा यहाँका बजारमा भित्रिन थालेपछि यहाँका अण्डा उत्पादक किसान मारमा परेका हुन् । “सेतो अण्डाले बजार विगार्यो । उस्तै देखिएपनि सेतो अण्डा यहाँ उत्पादन भए जस्तो हुँदैन”, अण्डा व्यावसायी सुभाष तिमल्सिनाले भने, “ गुणस्तरहीन भारतीय सेतो अण्डा बजारमा छ्याप्पछ्याप्ती पाउन थालेपछि यहाँका वास्तविक किसान मारमा परेका छन् ।’

भारतीय सेतो अण्डा नेपालको उत्पादनभन्दा सस्तो हुने भएकाले लुकाइछिपाइ ल्याई नेपाली बजारमा भारतीय अण्डा बिक्री वितरण गर्ने गरेका कारण आफूहरु मारमा परेको सर्लाहीका पोल्ट्री व्यवसायीको गुनासो छ । आफूहरुले पटक–पटक भारतीय अण्डाको आयात रोक्न माग गरे पनि स्थानीय प्रशासनले यसबारे चासो देखाएको छैन उनीहरुको भनाइ छ ।

भारतबाट भित्रिने पक्षीजन्य वस्तु नियन्त्रणका लागि आवश्यक पहल भइरहेको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी भुमेश्वर पोखरेलले जानकारी दिए । भारतबाट भित्रिने कुखुरा, चल्ला र अण्डामा रोक लगाउन सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई निर्देशन दिइसकेको उनले बताए ।

सर्लाहीको सीमावर्ती क्षेत्र मलङ्गवा, त्रिभुवननगर, पर्सा, सङ्ग्रामपुर, हरिपुर्वा, कौडेना, गोडैता, फूलपरासी, मधुवनगोठ, सिसौटलगायतका बजारमा भारतीय अण्डाको व्यापार फस्टाएको छ । स्वदेशी उत्पादन प्रवद्र्धनका लागि भारतबाट भित्रिने पक्षीजन्य वस्तु नियन्त्रण गर्नु आवश्यक रहेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies