Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

समृद्धिको लक्ष्य प्राप्तिमा सरकार दृृढ : प्रधानमन्त्री ओली

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिको लक्ष्य प्राप्तिमा सरकार दृढताका साथ लागेको बताएका छन् ।

मोरङको उर्लाबारी नगरपालिका–९ रातेहोली किनारमा सरकारले निर्माण गर्न लागेको सन्थाल एकीकृत बस्तीको आज शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले देशैभरि विकास र समृद्धिको प्रचुर काम भइरहेको जिकिर गरे । सरकार विकास र समृद्धिको महान लक्ष्यमा प्रतिबद्ध भएको जनाउँदै उहाँले विकास र समृद्धि नचाहने देशी÷विदेशी शक्तिले सरकारविरुद्ध लागेको आरोप लगाए ।

देशको समस्या भनेको विकास र गरिबी भएको उनको भनाइ थियो । तीन वर्ष अघिको नभएका धेरै काम यस सरकारले गर्न सकेको बताउँदै उनले भने, “अब सरकारले देशभरि यहाँका भूमि तथा घरवारविहीन भएकालाई आधारभूत संरचना तयार गरी बसोबासको व्यवस्था गर्नेछौँ ।” यहाँका अल्पसङ्ख्यक सन्थाल जाति राज्यको मूल प्रवाहबाट वञ्चित भएको जनाउँदै उनले यस्ता जातिलाई सामाजिक, आर्थिक, सांस्कृतिक रुपमा सवल बनाउन सके मात्र समृद्धिको लक्ष्य पूरा हुने धारणा राखे ।

समारोहमा शहरी विकासमन्त्री मन्त्री प्रभु शाह, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, मन्त्री डा शिवमाया तुम्बाहाम्फे, पूर्वसभामुख सुवास नेम्बाङ, प्रदेश–१ प्रमुख सोमनाथ प्यासी, मुख्यमन्त्री शेरधन राई, बागमती प्रदेश प्रमुख डोरमणि पौडेललगायतको उपस्थिति थियो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending