Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

भारतिय भुमिका र ओलीको मनोदशा

नयाँ संबिधान बने देखी नै भारत रुस्ट थियो । उसको हैकम नेपाली राजनीतिमा सक्किदै गएको थियो । माओवादी केन्द्र र एमाले मिलेर नेकपा बनेर नेकपाको अत्याधिक बहुमतको सरकार बने पछी त भारतको प्रभाव जिरो जस्तै भएको थियो । पार्टीले लिम्पिया धुरा समेटेर नक्सा जारी गर्न, असमान सन्धि सम्झौताहरु पुनरावलोकन गर्न देखी बिसाक्त भारतीय फल्फुल तरकारी समेत चेक जांच गरेर मात्र भित्र्याउन सरकारलाई निर्देश गर्न थाल्यो ।

आफ्नो एजेन्ट नाम मात्रको सरकार प्रमुख तर पार्टीले खुरुखुरु नेपालको आत्मसम्मान र आवश्यकता अनुसार सरकारलाई निर्देशन गर्न थाले पछी भारत नराम्ररी झस्कियो । हो त्यहीबाट भारत ओलीलाई निरन्तर दवाब दिन थाल्यो । त्यसै अनुरुप ओली जसरी पनि पार्टी फुटाउने तर प्रचण्ड कुनै हालतमा हावी हुन नदिने रणनितीमा लागे । र बिस्तारै पार्टी निर्देशन नमान्ने, गरिएको समझदारी लत्त्याउने, पार्टी बैठक नै नबोलाउने, बोलाउनै परे आफु यस्सो देखिएर हिडिहाल्ने गर्न थाले ।

तैपनी कुरो मिलाउन ओली मनाउन प्रचण्ड माधवहरुले पटक पटक अनेक पटक टिठलाग्दो गरी बैठक का बैठक गरेर ओली सुध्रने आसा गरिरहे । तर दक्षिणको डिजाइन आफु फेरी हावी हुन नेकपा नफुटाइ नहुने थियो । र ओली ठीक त्यही डिजाइन अनुसार प्रयोग गरिए । रातारात ‘र’ का प्रमुख पठाएर ओलीलाई धाप मार्यो । ओलीलाई उचाल्नु उचाल्यो । त्यसरी उचालिएका ओलीले सितल निवासवाली देखी राणाजी र निर्वाचन आयोग, र सेना पुलिसकै हाकिम सँग कथित सेटिङ् गरेर दुई तिहाइ नजिकको नेकपाको सरकार निकम्मा सावित गर्न सफल भए । पार्टी पनि दुई फ्याक पार्न सफल भए । आफ्नो दुई तिहाइ नजिक अत्याधिक बहुमत रहेको ऐतिहासिक संसद नै बिघटन गर्न सम्म भारतले उक्सायो । ओली त्यही उक्साहट मा परे । र असंबैधानिक काम गर्ने दुस्शाहस गरे । आफ्नो सेटिङ्ले काम गर्नेमा ओली ढुक्क थिय । त्यही भएर आफ्नै गुटकापनी कसैसँग सोध्नु वा परामर्स गर्नु आवश्यक ठानेनन्, गरेनन् । संबिधानमै नभएको नदिएको अधिकार प्रयोग गरी संसद बिघटन सिफारिस गरे । कारीन्दा सितल निवासीले तुरुन्तै सदर गर्दीइन् ।

भारतको उद्देश्य ओली च्याप्नु छदैथियन । मात्र नेकपा छिन्न भिन्न पार्नु र फेरी आफु नेपालमा हावी हुनु थियो । ओलीलाई प्रयोग गरेर फाल्नु थियो । जुन कुरा पुस्टि भैसेको छ । संसद भंग पछी भारत भ्रमण गएका पररास्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई मोदिले बालै नदिएको घटनाले थप पुस्टि गर्छ । संसद भंग गर्ने सुरुवात देखी नै बढेको भारतीय चलखेल अब अहिले उच्छ बिन्दुमा छ । सुन्न्य प्राय भएको उसको प्रभाव कसलाई प्रधानमन्त्री बनाउने कस्तो समीकरण बनाउने भन्ने प्रमुख हात अब उसको देखिन थालेको छ । ओली र उनका गुटलाई नराम्ररी जिल्ल्याइ दिएको छ । काङ्रेस र जसपालाई नेकपा (बहुमत) सँग मिलेर संयुक्त आन्दोलन गर्न रोक्ने देखी अहिले संसद पुनर्स्थापना भए पछी समेत सत्ता साझेदारीको प्रस्ताव आलटाल् गरिरहनु दक्षिण तिरको हरियो सन्केत प्राप्त नहुनाले नै हो ।

संसद पुनर्स्थापना हुनै नसक्ने हुँदै नहुने ढुक्कताका साथ बोल्ने ओलीले भारतले चिसो पानी खन्याइदिएको थाहा पाए । आफु उचालिएर पछारिएको चाल पाउदा सम्म ढिला भैसकेको थियो । नेकपा फुटाएर फेरी मिल्न नसक्ने गरी क्षति गराइसके पछी भारतले ओलिको टाउकोबाट हात मजैले झिक्यो । यता पार्टी फुट्यो, उता ओली असंबैधानिक काम गरेको भनेर नांगियो र आफ्नै सुसुप्त स्टाटस् एक्टिभ बनाउन सफल भयो । बिघटन देखी पुनर्स्थापना हुँदा सम्म भारत र उसका बफादारलाई फाईदै फाईदा भयो भने टक्कर लिन खोज्ने नेकपा धोस्त ।

संसद बिघटन र पुनर्स्थापना पछीको ओलिको मनोदसा

प्रारम्भिक रुपमा केही सेटिङ् मिलाए पनि पुनर्स्थापनाको दिशातिर जाला भन्ने ओलिको कुनै अनुमान आशंका थिएन । अदालतमा बहस गर्ने क्रममा उनका पक्षका ओकीलले एकदम कमजोर दलील पेश गरे । कसैले पनि कुनै तथ्यांकमा भन्दा पनि आफ्नो पेशाका रुपमा बोल्दिनै पर्ने भएकाले बोले । बहस गरेनन् । बहस गर्न तथ्य चाहिन्छ तर्क गर्ने ठाउँ चाहिन्छ । यि कुनै नभए पछी बिचरा बहस कर्ताहरुले पनि गर्न सक्ने केही भएन । उता सडकमा आन्दोलनकै उभार आउने सन्केत र यता न्यायालयकै गरिमा धुलिसात हुने स्थितीमा ओलिको सेटिङ् बिपरित अदालत पनि संबिधानकै अक्षर पंक्तिहरु राम्ररी दोहोर्याइ तेहेर्याइ पढ्न बिवस् हुनुपर्‍यो । र ओली र उनको गुटलाई चक्मा दिदै पुनर्स्थापना गर्नु पर्ने ऐतिहासिक व्याख्या सहित् फैसला सुनायो ।

सबै तिरबाट एक्लिदै गएका ओलीको अब एउटा मात्रै आसा छ । त्यो हो निर्वाचन आयोग । नेकपा(बहुमत) पक्षले आधिकारिकता माग दावी गरे अनुसार कुनै कारवाही अघी नबढाउनु ओलिको अन्तिम अस्त्र देखिदै छ । प्रमुख निर्वाचन आयुक्त आफ्नो विश्वाश मार्फत फेरी झेली खेल खेल्न ओली तत्पर देखिन्छन । आँफैले निघटन सिफारिस गरेको संसद ब्युतिदा अलिकती भएपनी नैतीकता देखाइ राजिनामा दिनु पर्ने ठाउँमा उल्टै फेरी निर्वाचन आयोग मार्फत बहुमत पक्षलाई आधिकारिकता दिनबाट रोकी अर्को फोहरी खेलमा लाग्दैछन् । अरु त अरु आफ्नै गुटको बैठक सम्म राख्न सक्ने अवस्थामा नभएका ओली यसरी सर्वाङ्ग नांगो हुने बेलासम्म चलखेल गर्न ब्यस्त छन ।

अबको सम्भावित् सिनारियो

२३ गते संसद बस्दैछ । त्यो भन्दा अघी अझ ब्यापक चलखेलमा ओली लाग्ने छन । आफु बिरुद्द आउने अबिश्वासको प्रस्ताव फेस गर्छु भनिरहे पनि त्यो मात्र नाङ्लो ठोकेर हात्ती तर्साउने हर्कत मात्रै देखिदै छ । ओलिको आस काङ्रेसले र जसपाले साथ दिन्छन भन्ने हुन सक्दछ । तर असंबैधानिक काम गर्ने ओलीलाई उनिहरुको सत्ता लम्ब्याउन साथ दिने सम्भावना निकै कम छ । काङ्रेस भित्रको ओलिको कदम गलत भन्ने पक्षको राम्रो उपस्थितीले गर्दा देउवाले चाहदैमा पनि ओलीलाई साथ दिन गाह्रो छ । जसपा भित्र पनि यही अवस्था छ ।

नेकपा बहुमत पक्ष पनि राम्रो तयारी गर्दै नै होला । त्यो पक्ष सँग पार्टीमा अत्याधिक बहुमत र संसदिय दलमा पनि स्पस्ट बहुमत रहेको हुँदा ओलीले चाहे सोचे जस्तो हुने सम्भावना नै देखिदैन । पार्टीको केन्द्रिय समितिको भोली बस्ने बैठकले ओलीलाई कारवाही र उनी पक्षका समानुपातिक संसदलाई हटाउने बित्तिकै ओली कक्रक्कै पर्ने देखिन्छ । दलिय ब्यवस्थामा पार्टीकै निर्णय निर्णयक हुने भएकाले भोलीको केन्द्रिय समिती बैठकले कडा निर्णय गर्न सक्दछ । त्यो भयो भने ओली तिर लागेका संसदहरु कि मुलधारमा फर्किने नभए दल बिहिन भएर संसद पद स्वत: पद मुक्त हुने सम्भावना पनि छ । अर्को सम्भावना ओली पक्षमा लागेका ठुलो पंक्ति मुलधारमा फर्कने सम्भावना पनि देखिदै छ । पार्टी र संसदीय दलमा ओलीले ४०% पुर्याउन नसक्दा ओली गुटले दलको मान्यता पनि नपाउने संसदहरु पनि पदमुक्त हुनेछ अवस्था आउँदा यो सम्भावना बढी छ । निभ्न लागेको आगो भन्दा बलेकै आगो ताप्नु बुद्धिमानी पनि हो ।

दक्षिण पनि आफ्नो स्वार्थ अनुसारको सत्ता समीकरण बनोस् भन्ने खेलमा पक्कै छ । देउवाको नेतृत्वमा साइजमा ल्याइएको ओलिको गुट र जसपा मिलाएर आगामी सरकार बनाउन उसको प्रयत्न रहन सक्छ । तर त्यो सफल हुने देखिदैन । किन भने ओली गुटको भोलिको दिन राम्रो देखिदैन । ओली गुटको अबको यात्रा छलछाम र तिक्डम् कै भरमा छ । निर्वाचन आयोगबाट बहुमत पक्षलाई आधिकारिकता प्राप्त हुने बित्तिकै ओली गुट बिघटन पतन तिर जाने निस्चित छ । र ढिलो चाडो निर्वाचन आयोगले बहुमत पक्षलाई आधिकारिकता नदीइ सुखै छैन । त्यसैले पनि फेरी एक पटक भारतको इच्छा बिपरित नेकपाकै बहुमतको सरकार बन्ने बढी सम्भावना देखिन्छ । निर्वाचन आयोगले जती छिटो निर्णय दिन्छ त्यती त्यती छिटो यस्तो हुन सक्छ । ओलितिर लाग्ने हरेक संसदले यो कुरो मजाले बुझेका छन । त्यही भएर निर्वाचन आयोगलाई आफ्नो निर्णय अहिले होल्ड गरिराख्न ओलीले आफ्नो विश्वाश पात्र मार्फत लगातार प्रेसर गरिनै राखेका छन । तर यो सेटिङ् पनि छिट्टै भत्किने तरखरमा देखिदैछ ।

अन्तिम अस्त्र स्वरुप ओलीले अबिश्वासको प्रस्ताव दर्तानै हुन नदिने खेल खेल्ने सम्भावना छ । अविश्वासको प्रस्ताव दर्ता गर्दा नयाँ प्रधानमन्त्रीको पनि नाम दिनुपर्ने छ । २३ गते भित्र सर्व सम्मत रुपमा प्रधानमन्त्रीको नाम दिन सक्ने अवस्थामा अविश्वासको प्रस्ताव पेश गर्ने पक्ष नहुन सक्ने देखिन्छ। देउवाको नाम प्रधानमन्त्री प्रस्ताव गरेर अविश्वासको प्रस्ताव अघी बढाउन नसकिने होइन तर देउवा स्वयमको लगाव हिजो देखिनै नेकपा बहुमत तिर भन्दा ओलीतिर बढी देखिन्छ ।
यहीँनेर खेलेर बहुमतको सरकार बन्नै नदिने सड्यन्त्रको गन्ध पनि आउँदैछ । देउवाको चाहना पनि चुनाव गरेर आफु बहुमत ल्याएर प्रधानमन्त्री बन्ने उद्देश्य छ । ओली पनि आफु नभए नेकपाको अर्को पक्षलाई सत्ता नछोड्ने पक्षमा छन । यस्तो भयो भने फेरी संसद बिघटन गरी मध्यावधी चुनावमा जाने र देउवाले चुनावी सरकारको नेतृत्व गर्ने गरी ओली र देउवाको समीकरण बन्ने सम्भावना पनि उत्तिकै छ ।

यि सबै जे जे भए पनि प्रचण्ड बहुमत प्राप्त नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटाउन सफल भएर भारत नेपाललाई ‘अर्ध उपनिवेश’ बनाउन सफल भएको छ । नेपालको सम्वृद्धि र स्थायित्वको सपना पुरा गर्ने ऐतिहासिक अवसर केपी ओली मार्फत तुसारापात गराउन सफल भएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies