Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

तपाईले मोबाईलमा राख्नैपर्ने ७ एप्स, जसले जिवनलाई दिन्छ नयाँ गति !

कुनै समय मोबाइल फोन एउटा मात्रै उद्देश्यका लागि प्रयोग हुन्थे, कसैसँग कुरा गर्न । तर, प्रविधिमा भएको द्रुत विकाससँगै मोबाइल फोन अहिले दैनिकीको अंग बनिसकेको छ । अर्थात्, मोबाइल फोन सामान्य ‘डिभाइस’मा मात्रै सीमित रहेन ।

मोबाइल अहिले ल्यापटपले जत्तिकै काम गर्न सक्ने भएको छ । म्युजिक प्लेयरले जस्तै काम गर्न सक्छ । 
तर, यी सबै सुविधा मोबाइलसँगै आउँछन् भन्नेचाहिँ होइन । अहिले यस्ता धेरै नवीनतम ‘एप्स’ विकास भएका छन्, जसलाई डाउनलोड गरेर आफ्नो मोबाइललाई धेरै गुणा बढी प्रभावकारी बनाउन सकिनेछ । 

आजभोलि प्रत्येक दिनजसो नयाँ–नयाँ खालका एप्स आइरहेका हुन्छन् । त्यसमध्ये कतिपयले ग्राहकको ध्यान तान्न सक्दैनन् भने कतिपय निकै लोकप्रिय बन्छन् । यस्ता एप्सले प्रयोगकर्ताको दैनिक जीवनलाई सहज मात्रै गरिदिएका छैनन् जीवनशैली नै परिवर्तनसमेत गरिरहेका छन् । त्यसका लागि ती एप्स पहिचान गरी मोबाइल फोनमा राख्नुपर्छ । दैनिक जीवन सहज बनाउने यी हुन् सात एप्स :–
१. वर्ड लेन्स
यो मोबाइलमा भएको क्यामेरामार्फत अक्षरलाई उल्था गर्ने एप हो । उदाहरणका लागि तपाईं कुनै यस्तो देश वा ठाउँको भ्रमणमा हुनुहुन्छ, जहाँको भाषा थोरै पनि बुझ्नुहुन्न । यस्तो अवस्थामा तपाईंको यात्रा थप कठिन बन्न सक्छ । यस्तो अवस्थामा स्थानीय कसैको सहायता चाहिन सक्छ । यदि मोबाइलमा यो एप छ भने कसैको सहायता चाहिँदैन । यो एपले कतै लेखिएको कुनै पनि अक्षरलाई तपाईंले बुझ्ने भाषामा उल्था गरिदिन्छ । उदाहरणका लागि आफूले जान्न चाहेको अक्षरको फोटो खिच्नुहोस्, यो एपले उक्त अक्षरलाई अर्काे भाषामा उल्था गरिदिन्छ ।
२. थिफ ट्र्याकर
थिफ ट्र्याकर एपले तपाईंको मोबाइल कसले चो¥यो भनेर पत्ता लगाउन मद्दत गर्नेछ । चोरीको मोबाइल पत्ता लगाउन यो एप निकै प्रभावकारी देखिएको छ । चोरले जब मोबाइल तीनपटकसम्म ‘अनलक’ गर्ने प्रयास गर्छ र असफल हुन्छ, त्यसपछि यो एपले फोनको अगाडिपट्टिको क्यामेराबाट उक्त चोरको फोटो खिच्छ र फोटो तपाईंको इमेलमा पठाइदिने गर्छ ।

चोरको अनुहारको फोटो नै प्राप्त भएपछि त चोर समात्न सहज हुने नै भयो । कम्तीमा यसबाट हराएको मोबाइल फोन पुनः प्राप्त गर्न सकिनेछ । यो एपले चोरको तस्बिरसहित लोकेसन पनि पठाइदिन्छ । धेरैपटक मोबाइल अनलक गर्ने प्रयास असफल भएपछि फोटो खिच्ने भन्ने सेटिङमा पहिले नै मिलाउनुपर्छ । त्यसैले आफ्नो मोबाइल फोनको सुरक्षाका लागि अहिले नै यो एपको प्रयोग गर्न सकिन्छ । 

३. स्पिन मी अलार्म क्लक
बिहान चाँडै उठ्नुपर्ने, तर उठ्न नसक्नेहरूका लागि यो एप निकै प्रभावकारी छ । चाँडै उठ्नका लागि धेरै अलार्म सेट गरेर पनि उठ्न नसक्नेका लागि हो । यो एपले यस्तो तरिकाले काम गर्छ कि अलार्म बजेपछि फेरि सुत्नै दिँदैन । जबसम्म आफैँ उठेर यसको वरिपरि घुम्नुहुन्न, तबसम्म अरू कुनै पनि तरिकाले यसलाई बन्द गर्न सकिँदैन । सुतेरै यो फोनलाई घुमाउनुभयो भने पनि अलार्म बन्द हुँदैन । यसको अलाम बन्द हुन आफ्नो खुट्टामै उभिएको हुनुपर्छ र वरिपरि घुमेकै हुनुपर्छ । यो एप साँच्चिकै तपाईंभन्दा चलाख छ । यो एपले कहिल्यै ढिला हुन दिनेछैन ।

४. फोटो म्याथ
यो एप म्याथम्याटिक्स मन नपराउनेहरूका लागि हो । यसले म्याथम्याटिक्ससम्बन्धी समस्या समाधान गर्नेछ र यसका सबै प्रक्रियाबारे जानकारी दिनेछ । त्यसलाई हेरेर त्यस्ता समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने जान्न सकिनेछ । यसको प्रक्रिया पनि निकै सहज छ । प्रश्नलाई मोबाइलको क्यामेरामार्फत स्क्यान गरेपछि एपले प्रश्न पढ्नेछ र समस्या समाधान गर्नेछ । यदि माथम्याटिक्समा समस्या छ भने, चिन्ता नलिनुहोस् । यो एप डाउनलोड गर्नुहोस्, समस्या समाधान हुनेछ ।

५. क्ल्याप टु फाइन्ड
मोबाइल साइलेन्ट मोड राखेका वेला कतै छुट्दा राखेको ठाउँ बिर्सेर भेट्टाउन मुस्किल हुने समस्या धेरैमा हुन्छ । कतिपयले त यो समस्या नियमितजस्तै भोगिरहेको पनि हुन सक्छ । यदि यस्तो समस्या छ भने अब चिन्ता गर्नुपर्दैन । क्ल्याप टु फाइन्ड एपले साइलेन्ट मोडमा रहेको मोबाइल फेला पार्न सहयोग गर्छ । यो एप प्रयोग गर्दा पटक–पटक ताली बजाउनुपर्छ । त्यसपछि फोनमा आफैँ घन्टी बज्नेछ । 

६. स्काइप रियल–टाइम ल्यांग्वेज ट्रान्सलेटर
स्काइपको नयाँ ‘फिचर’ले दुईजना व्यक्तिलाई एक–अर्कासँग आ–आफ्नै भाषामा गफ गर्न मिल्ने सुविधा दिएको छ । यो एपले एकले उसकै भाषामा बोलेको कुरा सुन्ने व्यक्तिले बुझ्ने भाषामा उल्था गरिदिनेछ । उदाहरणका लागि यो एपको प्रयोग गरी अमेरिका र स्पेनका दुई विद्यार्थी एक–अर्कासँग आफ्नै भाषमा गफ गर्न सक्छन् । यो एपले एकले बोलेको भाषालाई अर्काे व्यक्तिले बुझ्ने गरी तत्काल उल्था गरिदिनेछ । यसबाट अरू भाषा जान्नैपर्ने बाध्यता पनि हुनेछैन ।
७. टास्कर
यो ‘अटोमेसन एप’ हो । यो एपको प्रयोगबाट धेरै काम गर्न सकिन्छ । 
जस्तै,
यो एपको प्रयोगबाट मोबाइलबाटै इन्टरनेट बन्द गर्न सकिन्छ ।
व्यस्त भएका वेला यो एपले कल गर्ने व्यक्तिलाई व्यस्त रहेको जानकारीसहितको सन्देश आफैँ पठाउँछ ।
हेडसेट प्रयोग गर्नेबित्तिकै यो एपले गीत बजाइदिनेछ ।
यो एपले साँच्चिकै दैनिक जीवन सहज बनाइदिनेछ । तपाईं मोबाइलमा कुराकानी गर्न नसक्ने अवस्थामा पनि यो एपले फोन गर्ने व्यक्तिलाई सन्देश पठाइदिनेछ । यस्तै, राति सुत्दा वा दिनमा बाहिर निस्कँदा इन्टरनेट बन्द गर्न चाहनुहुन्छ, तर बिर्सनुभयो भने यो एपले सहयोग गर्नेछ ।

-नयाँ पत्रिका दैनिकबाट साभार

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending