चितवन । यहाँको किसान दाना उद्योग प्रालिले सङ्कलन भएको अण्डा घरदैलोसम्म पुर्याउन थालेको छ । कृषकलाई दाना बिक्री गरेर अण्डा उठाउने उद्देश्यले स्थापना भएको सो उद्योगले देशका प्रमुख शहरमा घरदैलोसम्म नै अण्डा पुर्याउन थालेको हो ।
उद्योगका कार्यकारी निर्देशक विनोद पोख्रेलका अनुसार देशभर ३० भन्दाबढी बिक्री केन्द्रमार्फत घरदैलोका किराना पसलसम्म अण्डा पुर्याउने लक्ष्य लिइएको छ । हालसम्म पाँच बिक्री केन्द्रमार्फत अण्डा बिक्री गरिँदै आएको छ ।
सोही उद्योगकोसमेत लगानी रहेको नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका वडा नं ३ मा रहेको दाउन्ने एग्रो फार्ममा दैनिक ८०० पेटी अण्डा सङ्कलन हुने गर्दछ । यसैगरी उद्योगबाट दाना किन्ने किसानबाट दैनिक ९५० पेटी अण्डा सङ्कलन हुने गर्दछ ।
सङ्कलन भएका अण्डा उपभोक्ताका घरदैलोमा पु¥याउने लक्ष्यका साथ काम अघि बढाएको उनले जानकारी दिए। उनले सोझै घरदैलोसम्म अण्डा पुर्याउँदा उपभोक्ताले सस्तोमा अण्डा पाउने बताए । हाल उद्योगले सुर्खेतको सनिहिल लाइन, काठमाडौँको पेप्सीकोला, जोरपार्टी, नयाँ बजार र नक्सालमा बिक्री केन्द्र खोलेको छ । ती केन्द्रमार्फत घरदैलोमा अण्डा पुर्याउने गरिन्छ । बाह्र वटा साना सवारी साधनले अण्डा ओसार्ने गरेको उनको भनाइ छ । छिट्टै इटहरी र वर्दिबासमा केन्द्र खोलिँदै छ ।
उनले भने, “स्वच्छ, सफा र ताजा अण्डा सर्वसुलभ दररेटमा उपभोक्तासम्म पु¥याउने हाम्रो लक्ष्य हो ।” नेपालमा नै सबैभन्दा बढी अण्डा सङ्कलन गर्ने यस उद्योगले काठमाडौँसँगै नेपालगञ्ज, जनकपुर, सुर्खेत, धनगढी, इटहरी, बुटवल, नेपालगञ्ज जस्ता प्रमुख शहरमा अण्डा बिक्री गर्दै आएको छ ।
उद्योगका निर्देशक द्रोणप्रसाद लामिछानेले किसानबाट पाँचौँ तह पार गरेर मात्र उपभोक्ताकामा अण्डा पुग्दै आएकामा अब सोझै उपभोक्तासम्म पुर्याउने उद्देश्यका साथ काम थालिएको बताए । उनका अनुसार घर नजिकैको पसलसम्म उद्योगले अण्डा पुर्याउनेछ ।
यसैबीच आजमात्र सुुर्खेत जिल्लाको वीरेन्द्रनगरस्थित सनिहल लाइनमा पाँचौँ बिक्री केन्द्र शुभारम्भ गरिएको छ । सो केन्द्रको सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले शुभारम्भ गरेका हुन् ।
सो अवसरमा उनले उपभोक्ता लाभान्वित हुने गरी चितवनबाट सुर्खेतसम्म आएकामा खुशी प्रकट गरेको निर्देशक लामिछानेले जानकारी दिए । उद्योगका संस्थापक सञ्चालक राजकुमार गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा सङ्घका महासचिव लक्ष्मण कँडेल, कोषाध्यक्ष भद्र भण्डारी, सदस्य भीमप्रसाद पौडेलको उपस्थिति रहेको थियो । कार्यक्रममा उद्योगका कार्यकारी निर्देशक पोख्रेलले बिक्री केन्द्र स्थापनाको उद्देश्यका बारेमा जानकारी गराएका थिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: