गलकोट । कृषि ज्ञान केन्द्र बागलुङमा स्थापना भएसँगै योजना कार्यान्वयन शुरु गरेको छ । एक महिनाअघि मात्रै बागलुङमा स्थापना भएको कृषि ज्ञान केन्द्र बागलुङले २२१ साना ठूला कृषि फर्मलाई अनुदान दिनका लागि प्रस्ताव स्वीकृत गरेको छ ।
केन्द्रले बागलुङमा आर्थिक वर्ष २०७७÷७८ का लागि अनुदानका लागि प्रस्ताव आह्वान गरेको थियो । अनुदानका लागि आएको ५८७ प्रस्तावनामा विगतका वर्षमा अनुदान नपाएका, लगानी गर्न सक्ने तथा दुर्गमतालाई आधार मानेर २२१ कृषि फर्म स्वीकृत गरेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार रु आठ करोड १७ लाख अनुदान १० प्रकारका परियोजनाका २२१ कृषि फर्मलाई दिन लागिएको हो ।
“कृषि ज्ञान केन्द्र बागलुङ स्थापनासँगै योजनाहरु अगाडि बढाइएको छ, अहिले १० प्रकारका परियोजनाका लागि रु आठ करोडभन्दा बढी २२१ कृषि फर्मलाई प्रदान गर्न थालिएको छ”, केन्द्र प्रमुख भट्टराइले भने, “तत्कालै सम्झौता गरी जेठभित्र सबै योजना सक्नुपर्ने हुन्छ, अनुदान प्राप्त रकमअनुसार किसानको तर्फबाट समेत ५० प्रतिशत र सोभन्दा माथिको काम गर्नुपर्ने प्रावधानसमेत रहेको छ ।”
सबै योजनाको अनुदान रु एक लाखदेखि तीन लाखसम्म रहेका छन् । जिल्लाभरबाट छनोटमा परेका १० परियोजनामा साना सिँचाइका ५८ योजनामा रु दुई करोड, साना व्यवसायी कृषि फर्म स्थापना गर्ने ७२ योजनामा रु एक करोड आठ लाख, हरितगृह निर्माणका लागि ३२ योजनमा रु ४८ लाख, फलफूल नर्सरी तथा स्रोत केन्द्र स्थापनाका लागि दुई योजनामा रु पाँच लाख, स्थानीय कृषि उपज बिक्री केन्द्र स्थापनाका लागि तीन योजनामा रु १० लाख ५० हजार र ग्रामीण क्षेत्र करेसावारी घर र बगैँचा निर्माण गर्न १३ योजनामा रु १० लाख रकम अनुदानमा प्रदान गरिनेछ ।
यस्तै मूल्य शृङ्खलामा आधारित योजनाका दुई वटा फर्मलाई रु २५ लाख, प्राङ्गारिक कृषि कार्यक्रमका लागि २७ योजनामा रु ८३ लाख, आलुखेती प्रर्वद्धन विशेष कार्यक्रमअन्तर्गत सात योजनामा रु ८३ लाख र क्लस्टर रैथाने बाली संरक्षण गर्ने छ योजनाका लागि रु १५ लाख अनुदान दिइने केन्द्र प्रमुख भट्टराइले जानकारी दिए ।
कृषि फर्म छनोटमा महिला तथा दलित समुदायले गर्दै आएको व्यावसायिक कृषि फर्मलाई समेत प्राथमिकतामा राखिएको छ । यस्तै केन्द्रले जिल्लामा सञ्चालित आठ कृषि ब्लकलाई सुधार र तीन ब्लक थप गर्नसमेत बजेट विनियोजन गरेको छ ।
जिल्लामा रहेका विभिन्न प्रकृतिका आठ कृषि ब्लकलाई सुधार गर्न रु एक करोड ७५ लाख विनियोजन गरिएको छ । यस्तै बरेङ गाउँपालिका र बडिगाड गाउँपालिकामा मकै ब्लक स्थापना गरिने भएको छ भने ढोरपाटनमा तरकारी ब्लक स्थापना गरिनेछ । ब्लक स्थापना गर्नका लागि समिति गठन गरी कार्य शुरु गर्न रु ७५ लाख दिइने केन्द्रले जनाएको छ । सङ्घीयता कार्यन्वयनसँगै खारेजीमा परेको कृषि कार्यालय जिल्लाबाहिर हुँदा योजना परे पनि किसानले टाढा भएका कारण समस्या भोग्दै आएकामा अहिले जिल्लामै कृषि कार्यालय स्थापना भएपछि निकै सहज भएको कृषक रामबहादुर खड्काले बताए । खड्का अध्यक्ष भएको गणेश कृषि व्यावसायिक सहकारी संस्था सिगानाले समेत साना सिँचाई परियोजनाअन्तर्गतको अनुदान योजना प्राप्त गरेको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: