काठमाडौ । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्ति आज जेल चलान भएका छन् । उच्च अदालत पाटनको पुस २९ को फैसलाले सात दिन कैद र २१ लाख ५० हजार जरिवानाको फैसला सुनाइएका काठमाडौँ महानगरपालिका–३ महाराजगञ्ज बस्ने ४९ वर्षीय सुधीर श्रेष्ठलाई आज कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) बाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित प्रहरी टोलीले उनलाई आज काठमाडौँको ठमेलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिए । उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा आजै कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
श्रेष्ठले विसं २०७५ मा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी भैरवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई रकम भुक्तानीका लागि नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको चेक काटी दिएका थिए ।
त्यसविरुद्ध उक्त सहकारी संस्था लिमिटेडका अध्यक्ष धनकुमार राईको जाहेरीले उनलाई बैँकिङ कसुर मुद्दामा मुद्दा चलाइएको थियो । अदालतले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसुरमा दफा १५(१) बमोजिम सजाय हुने फैसला गरिएको थियो ।
‘नागरिक सेवामा सशस्त्र प्रहरीको साथ’
सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले हर समयमा नागरिकको सेवा, सुरक्षा र आपत्विपद्मा सशस्त्र प्रहरीको सधैँ साथ रहने बताएका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौँमा सञ्चालित गुल्मपति तथा स्टाफ तालीमको आज समापन समारोहमा महानिरीक्षक खनालले प्रहरी कर्मचारीले विपद्मा खेलेको भूमिका र नागरिकको सेवा, सुरक्षामा गरेको योगदानको नागरिकस्तरबाट प्रशंसा भएको बताए । उनले यो उचाइलाई कायम राख्न मातहतका सशस्त्र प्रहरीलाई निर्देशनसमेत दिए ।
व्यावसायिक दक्षता अभिवृद्धिमा विशेष भूमिका खेल्ने यस्ता व्यावसायिक तालीमले अधिकृतको वृत्तिविकासमा महत्वपूर्ण भूमिका खेल्न स्मरण गर्दै महानिरीक्षक खनालले तालीमबाट प्राप्त ज्ञान, कला, कौशललाई कार्यक्षेत्रमा खटिँदा सही उपयोग गर्दै व्यावसायिक कार्यसम्पादनमा जुट्ने विश्वास व्यक्त गरे ।
तालीमको समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्रशिक्षणमा सर्वोत्कृष्ट हुन सफल सशस्त्र प्रहरी निरीक्षक निरन थापालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । साथै उनले प्रशिक्षकलाई समेत प्रशंसापत्र प्रदान गरे । करीब तीन महिना अवधिको गुल्मपति तथा स्टाफ तालीममा ३६ जना सशस्त्र प्रहरी निरीक्षक सहभागी भएका थिए । उक्त तालीममा युद्धकला, नेतृत्वकला, व्यवस्थापन, इन्टेलिजेन्स, अपराध नियन्त्रण, मानवअधिकारलगायत विविध विषयमा प्रशिक्षण गरिएको थियो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: