काठमाडौ । जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ । पछिल्ला दिनमा लगातार नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक नेप्से पनि नयाँ उचाइमा पुगेको छ ।
साताको पहिलो दिन आजको कारोवारमा अत्यधिक लगानीकर्ता जलविद्युत् कम्पनीको शेयर खरीद बिक्रीमा लालायित देखिएका छन् । सोही कारण माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको शेयर प्रतिकित्ता रु ४९ को वृद्धि भई रु ५३९ मा पुगेको छ । राष्ट्रिय गौरवको सो आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाबाट आगामी चैतको अन्तिम सातादेखि परीक्षण उत्पादन गर्ने गरी तयारी गरिएको छ ।
आजको कारोवारपछि नेप्से ३.६६ विन्दुले सुधार भई दुई हजार ६४०.३४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.२० विन्दुले घटेर ४७९.५८ मा ओर्लेको छ ।
कूल २०७ कम्पनीको दुई करोड ४३ लाख पाँच हजार ६६ कित्ता शेयर रु आठ अर्ब ८३ करोड ४६ लाख तीन हजार ९६७ मूल्यमा खरीदबिक्री भए । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर भने वृद्धि भएको छ । बैंकिङ ७.१३, वित्त ४.१८, निर्जीवन बीमा ८३.८८, लघुवित्त ४५.४६ र जीवन बीमा ३६१.४६ ले घटेको छ ।
यस्तै व्यापार १६.५, होटेल १२।१७, विकास बैंक २९.३२, जलविद्युत् ८३.२७, उत्पादन ४.४४, अन्य ३९.९१ र सामूहिक लगानी कोष ०.८२ ले वृद्धि भएको छ ।
आजको कारोवार पछि बजार पूँजीकरण रु ३६ खर्ब ३८ अर्ब २७ करोड ८० लाख ९१ हजार ३६१ बराबर पुगेको छ । यो देशको कूल ग्रार्हस्थ्य उत्पादन (जिडिपी)को हाराहारी नै हो ।
कारोवारका आधारमा नेपाल बैंक लिमिटेड शीर्षस्थानमा रहेको छ । सो बैंकको रु ६१ करोड ७४ लाख ७५ हजार ६७२ बराबरको कारोबार भएको छ । यस्तै नेपाल पूर्वाधार बैंक रु ५५ करोड २१ लाख १२ हजार २३, ग्लोबल आइएमई बैंक रु ३१ करोड २२ लाख ५४ हजार २१२, एनआइसी एसिया बैंक रु ३० करोड ६६ लाख ७७ हजार ३६०, शिखर इन्सुरेन्स कम्पनी रु २७ करोड ५६ लाख ६२ हजार २६३, नबिल बैंक रु २५ करोड ३१ लाख ८८ हजार ३५४, नेपाल लाइफ इन्सुरेन्स रु २३ करोड ४२ लाख ४७ हजार ६३७, माथिल्लो तामाकोशी रु २२ करोड ७० लाख १८ हजार ८८६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा माथिल्लो तामाकोशी र शिव श्री हाइड्रोपावरका लगानीकर्ताले समान १० प्रतिशतले कमाउँदा, नेपाल पूर्वाधार बैंक ९.८९, नेपाल हाइड्रो डेभलपमर ९.८२, चन्द्रागिरि हिल्स ९.८०, समृद्धि फाइनान्स ९.७७, एनआइसी एसिया ब्यालेन्स फन्ड ९.७५, एनएमबी हाइब्रिड फन्ड ८.४६ र लिबर्टी इनर्जीका लगानीकर्ताले ८.१३ प्रतिशतले कमाए ।
यस्तै बेस्ट फाइनान्स ३.३७, किसान लघुवित्त ३.२७, सबैको लघुवित्त ३.२७, समिट लघुवित्त ३.२४, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स ३.२०, लक्ष्मी लघुवित्त ३.१५, सनराइज बैंक ३.१५ र लाइफ इन्सुरेन्स कम्पनीका लगानीकर्ताले ३.१५ प्रतिशतले गुमाए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: