काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा मानिसको हत्या गर्ने आन्दोलन सम्भव नभएको बताएका छन् । सिरहा सदरमुकाममा आज आयोजित शहीद हेमनारायण यादवको १७ औँ स्मृतिसभालाई सम्बोधन गर्दै उनले भने, “मुलुकमा अब मान्छे मार्ने आन्दोलन हुन सक्दैन । त्यसैले त्यस्तो सपना नदेख्दा हुन्छ ।” अबको नेपालमा त्यस्तो आन्दोलन सम्भव नभएकाले कुनै धृष्टता नगर्न उनले सुझाव दिए । प्रधानमन्त्री ओलीले सदरमुकामस्थित हेमनरायण यादवका शालिकमा माल्यार्पणसमेत गरेका थिए ।
“संसद् विघटन संवैधानिक छ”, अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले भने, “संसद् विघटनलाई असंवैधानिक रहेको तर्कवितर्क गरिरहका छन्, संसद् विघटन संवैधानिक नै हो, त्यसैले अब विघटित प्रतिनिधिसभा पुनःस्थापना हुने, पार्टी फुटाउने, फुटेको पार्टी विभिन्न तत्वसँग मिलेर, जोडघटाउ गरेर, किनबेच गरेर नक्कली सरकार खडा गर्ने काम हुन सक्दैन ।” नयाँ जनादेशबाट सरकार बन्नुपर्ने उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो,“मुलुकलाई अस्थिरतामा धकेल्न खोज्ने र जनतालाई भ्रममा पार्न खोज्नेहरुले संसद् विघटन असंवैधानिक भएको भनिरहेका छन्, उनीहरुले भने जस्तो संसद् विघटन असंबैधानिक होइन, संवैधानिक छ ।” मुलुक अब पछाडि फर्किँदैन, निर्धारित मितिमै निर्वाचन हुन्छ ।”
नेपाल कम्युनिष्ट पार्ट(नेकपा)का अध्यक्ष ओलीले जनतालाई अल्मलाउन खोज्ने र जनतालाई भ्रममा पार्ने षड्यन्त्रका विरुद्ध गाउँगाउँमा जान नेताकार्यकर्तालाई निर्देशन दिए । “नेपालीले देखेको समृद्धिको सपना यही सरकारले पूरा गर्नेछ,“ प्रधानमन्त्री ओलीले भने,“ हाम्रो ध्यान समृद्धि, विकास र सुशासनमा केन्द्रित छ, त्यसैले गरीबी, बेरोजगारी अन्त्य गरी मुलुकलाई समृद्ध बनाउने योजनाका साथ हामी अघि बढेका छौँ, तपाईहरु धैर्य गर्नुस्, तपाईहरुको समृद्धिको सपना यही सरकारले पूरा गर्छ ।”
व्यावहारिक रुपमा मुलुकको गरीबी र बेरोजगारी हटाउन सरकार दृढताका साथ अघि बढेको बताउँदै प्रधानमन्त्री ओलीले बेरोजगार युवालाई स्वरोजगार बनाउन प्रधानमन्त्री स्वरोजगार योजना, युवा स्वरोजगार, प्रत्येक स्थानीय तहमा स्वरोजगार अधिकारी नियुक्ति गर्ने जस्ता कार्य हुने जानकारी दिए । उनले प्रदेश नं २ मा निजगढ अन्तरराष्ट्रिय विमानस्थल, पूर्वपश्चिम रेल्वे, द्रुतमार्ग निर्माण, औद्योगिकग्राम स्थापना, धार्मिकस्थलको संरक्षण र विकास, मेडिकल कलेज र विश्वविद्यालयको स्थापना, सिंचाइका पूर्वाधारको विकास, कलकारखाना स्थापनालगायत विकासनिर्माणका योजना विस्तारको गृहकार्य अगाडि बढाइएको जानकारीसमेत दिए ।
उनले अब तराई–मधेश भएर बग्ने ठुल्ठुला नदी र कोशी–कमला डाइभर्सनलगायत सिंचाइका आयोजना कार्यान्वयनतर्फ अग्रसर हुन आवश्यक रहेकामा जोड दिए । सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले अस्थिरतामा धकेल्न खोज्ने प्रवृत्तिका नेताहरुका कारण मुलुकमा यस्तो अवस्था आएको जनाउँदै ताजा जनादेश लिने निर्णय लिएर प्रधानमन्त्रीले देशलाई अस्थिरतामा जानबाट जोगाएको बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: