Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

कोभिडविरुद्धको खोप सातै प्रदेशका ४ लाख ५० हजारलाई पुग्ने

काठमाडौं । भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप एयर इन्डियाको विमानबाट बिहीबार बिहान नेपाल ल्याइएको छ । जुन खोपले सातै प्रदेशका ४ लाख ५० हजार जनालाई पुग्ने अनुमान गरिएको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १० लाख डोज खोप भण्डारण गरिएको जानकारी दिए । यो खोप २ देखि ८ डिग्री सेन्टिग्रेट तापक्रममा भण्डारण गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले अनुदानमा उपलब्ध भएको खोप ५ लाख जनालाई पुग्ने अपेक्षा गरिए पनि केही खेर जान सक्ने बताए । ‘अलिअलि खेर जान पनि सक्छ । खेर गएको अवस्थामा ४ लाख ५० हजारलाई खोप पुग्ला’, उनले भने ।

यो खोप दुई साताभित्र पहिलो डोज लगाउने तयारी छ । यद्यपि, मिति यकिन भइनसकेको मन्त्रालयले जनाएको छ । पहिलो खोप सातै प्रदेशमा एकसाथ खोप लगाउने तयारी छ । अनुदानमा प्राप्त खोपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खोप रेफ्रिजेरेटर भ्यानमा राखेर टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा व्यवस्थापन गरिएको छ ।

यस खोपलाई प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा पठाउने तयारी रहेको विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले बताए । पहिलो चरणमा चिकित्साकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा संलग्न व्यक्ति र सुरक्षाकर्मीलाई उपलब्ध गराइनेछ ।

राष्ट्रिय खोप सल्लाहकार समितिले पहिलो खोप लगाएको व्यक्तिलाई चार सातापछि दोस्रो डोज खोप दिन सिफारिस गरेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पहिलो खोप कुन मितिमा लगाउने भनेर यकिन भइसकेको छैन । ‘दुई पटक खोप लगाउनु पर्छ । पहिलो डोज खोप लगाएको चार सातापछि दोस्रो डोज (मात्रा) लगाउनुपर्छ’, उनले भने ।

औषधि व्यवस्था विभागले आपतकालीन प्रयोगका लागि माघ २ गते ससर्त अनुमति दिएको थियो । सेरम इन्स्टिच्युट अफ इन्डियाले यो कोभिसिल्ड खोप अक्सफोर्ड र एस्ट्राजेनेकासँग मिलेर उत्पादन गरेको हो । यो खोप भारतमा पनि लगाउन सुरु गरिएको छ ।

खोप सेवा शाखा प्रमुख डा. गौतमले कोभिसिल्ड खोप १८ वर्ष नाघेका व्यक्तिलाई मात्र लगाइने जानकारी दिए । गर्भवती, सुत्केरी, स्तनपान गराइरहेका र रोग प्रतिरोधात्मक क्षमता न्यून भएका व्यक्तिलाई खोप नदिइने मन्त्रालयले जनाएको छ । सरकारले सरकारले कुल जनसंख्याको ७२ प्रतिशतलाई निःशुल्क खोप उपलब्ध गराउने लक्ष्य लिएको छ । खोप खरिदको लागि ४९ अर्ब लाग्ने अनुमान गरिएको छ ।

अपुग खोप खरिदका लागि स्वास्थ्य सेवा विभागलाई प्र्रक्रिया अघि बढाउन निर्देशन दिइएको प्रवक्ता डा. गौतमले बताए । उनले भने,‘ दुईदेखि आठ डिग्री तापक्रममा भण्डारण गर्न सकिने खोपलाई बढी प्राथमिकता दिइन्छ ।’

थप ४० लाख डोज आवश्यक
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई कोरोना भाइरसविरुद्ध थप ४० लाख डोज खोप आवश्यक पर्ने बताएका छन् । बालुवाटारमा बिहीबार भारत सरकारका तर्फबाट राजदूत विनयमोहन क्वात्राले उपहारस्वरूप दिएको १० लाख डोज खोप बुझ्ने क्रममा प्रधानमन्त्री ओलीले थप खोप खरिद गर्नुपर्ने बताएका हुन् ।

‘भारत सरकारले नेपाललाई कसरी उपलब्ध गराउन सक्छ, छलफल गर्न आवश्यक छ’, प्रधानमन्त्री ओलीले भने । उनले आवश्यक खोप खरिद गर्न नेपाल तयार रहेको बताए । उनले भारत सरकारले बाँकी खोप पनि उपलब्ध गराउने विश्वास व्यक्त गरे । भारतले नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्नु मित्रताको प्रतीकका रूपमा रहेको उनले उल्लेख गरे ।

खोप हस्तान्तरण कार्यक्रममा भारतीय राजदूत क्वात्राले भारत सरकारको सहयोग निरन्तर हुने बताए । भारतले छिमेक पहिलो नीतिलाई प्राथमिकता दिएको उनको भनाइ थियो । बिहीबार मात्र भारतबाट आइपुगेको कोभिसिल्ड खोप भारतले सेरम इन्स्टिच्युट अफ इन्डियाले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको हो । भारतले यो खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE