तुलसीपुर । दाङको थारू सङ्ग्रहालय अवलोकन गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।
थारूको परम्परालाई हेर्न माघीको अवसरमा सङ्ग्रहालय पुग्नेको भीडभाड बढेको हो । दङ्गीशरण गाउँपालिका–३ चखौरास्थित सङ्ग्राहलय पुग्नेको सङ्ख्या थामी नसक्नु रहेको महतवा महासङ्घका केन्द्रीय अध्यक्ष तथा सङ्ग्राहलय निर्माणका पहलकर्ता डिल्लीबहादुर चौधरीले बताए ।
लुम्बिनी प्रदेशसभा सदस्यसमेत रहनुभएका चौधरीले भन्नुभयो, “हामीले थारूको कला, संस्कार, संस्कृति तथा परम्परालाई जोगाउन यो सङ्ग्राहलयलाई निर्माण ग¥यौँ, अहिले कला, संस्कार, संस्कृति बुझ्न माघीको अवसरमा यहाँ आउनेको सङ्ख्या निकै धेरै रहेको छ ।” माघ १ गते करिब तीन हजारको हाराहरीमा सङ्ग्राहलय अवलोकन गरेको थियो भने माघ २ गते करिब पाँच हजारले अवलोकन गरेको उनले जानकारी दिए । माघीको अवसरमा झनै धेरैले अवलोकन गरेको उनको भनाइ छ ।
थारू समुदाय मात्रै नभई हरेक समुदायले थारू सङ्ग्रहालय अवलोकन गर्ने गरेको भन्दै यसले थारूको कला, संस्कृति, परम्परा जीवन्त राख्न मद्दत पुग्ने उनको भनाइ छ । सङ्ग्रहालयमा थारू संस्कृति, परम्परा, कलासँग जोडिएका चित्र, मूर्ति, नक्सा, पोशाक, गहना र परम्परागत सामग्री राखिएका छन् । थारू जातिका परम्परा, नाचगान, चाडपर्व र सामाजिक जीवन झल्किने चित्र घरको भित्तामा सजिएका छन् । यस्ता सामग्री हेर्नका लागि दिनप्रतिदिन मानिसको घुइँचो लाग्ने गरेको छ ।
थारू गाउँको झल्को दिने परम्परागत घर, कोठा र देउता पनि राखिएको छ । थारू समुदायका पुराना गहना र कपडा पनि सङ्कलन गरिएका छन् । थारू राजाले कसरी राज्य सञ्चालन गरेका थिए भन्ने झल्काउन मूर्ति र नक्सा कोरिएको छ । नेपालका सबै थारूको इतिहास संरक्षण हुने गरी सङ्ग्रहालय निर्माण गरिएको प्रदेशसभा सदस्य चौधरीले बताए ।
सङ्ग्रहालय राना, डंगौरा, देउखुरी, चितवन, कैलाली, कञ्चनपुर मोरङलगायत सबै ठाउँका थारूको संस्कृति र इतिहास एकै ठाउँमा देख्न पाइन्छ । यी सबै सामान नेपालका थारू बाहुल्यता भएको ठाउँबाट सङ्कलन गरी ल्याएको उनको भनाइ छ । यसलाई थारू जातिको अध्ययन र अनुसन्धानको केन्द्र बनाउने गरी तयारी थालिएकोसमेत उनको भनाइ छ । थारू जातिमा मान्छे मरेपछि घरका सबै सामान फाल्ने चलन रहेकाले केही परम्परागत सामग्री भेट्टाउनसमेत मुस्किल परेको उनले बताए ।
सो सङ्ग्राहलय पाँच बिघा क्षेत्रफलमा निर्माण भएको सङ्ग्राहलय सञ्चालक समितिका संयोजक नरेन्द्र चौधरीले बताए । जसमा अहिले रु ५० करोड बढीका संरचना थप गरिएको छ । पहिलोपटक दाङ जिल्लामा थारू जातिको आफ्नै पुर्खाको मूर्ति बनाएर सङ्ग्रहालयमा प्रदर्शनका लागि राखिएकाले यसले दाङ जिल्ला धेरै पाठ सिकाउने उनको भनाइ छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: