Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८१ मंगलवार | 14th May, 2024 Tue
NIMB

मोटरसाइकल प्रयोग गरी सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

पर्वत । बाटोमा हिँडिरहेका व्यक्तिको सिक्री तथा झोला, मोटरसाइकल र स्कुटर प्रयोग गरी चोरी गर्ने गिरोह पर्वतमा पनि सक्रिय रहेको भेटिएको छ ।

मोटरसाइकल र स्कुटरमा सवार चोरले बाटोमा हिँड्ने सर्वसाधारणको सिक्री तथा झोला लुछेर भाग्ने क्रममा पर्वतमा दुई अभियुक्त पक्राउ परेपछि यस्तो गिरोह सक्रिय रहेको पाइएको हो ।पक्राउ पर्नेमा बागलुङ नगरपालिका–१२ अमलाचौरका २३ वर्षीय शिव विश्वकर्मा र २० वर्षीय सागर सापकोटा रहेका छन् ।

अभियुक्तले प्रयोग गर्दै आएको प्रदेश २–०३–०१०–प–१५०३ नंको स्कुटरसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले पुस २९ गते मोदी गाउँपालिका–८ पाउदीखेत भन्ने ठाउँमा सडकमा हिँडीरहेकी सोही ठाउँकी ७० वर्षीया महिलाको नगदसहितको झोला चोरी गरेर भागेका थिए । स्कुटर चढेर हिँडेका दुई अपरिचित व्यक्तिले महिलाको झोला खोसेर भागेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले कुश्मा नगरपालिका–११ पकुवास्थित सार्वजनिक स्थानमा उनीहरुलाई फेला पारेका थिए ।

उनीहरुको साथबाट चोरी गरेको रु १९ हजार १३०, झोला, चोरी गर्न मानिसलाई लठ्याउन प्रयोग गर्ने क्लोरोफर्म नामक रसायन तथा कँैचीसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिए । अस्पतालमा शल्यक्रियापूर्व बिरामीलाई बेहोस पार्न प्रयोग गरिने औषधिसमेत बरामद गरिएका कारण अभियुक्तले यस्तो औषधि प्रयोग गरी लुटपाट गर्दै आएको हुनसक्ने उनले बताए । छिमेकी बागलुङमा औषधि सुँघाएर लुटपाट भएका घटना यसअघि सार्वजनिक भएका थिए ।

जलजलामा विदेशबाट फर्केका युवालाई अनुदान
पर्वतको जलजला गाउँपालिकाले विदेशबाट फर्किएका युवालाई व्यवसाय सञ्चालन गर्न अनुदान वितरण गर्ने भएको छ ।

कोभिडका कारण रोजगारी गुमेर फर्किएका युवालाई साना तथा घरेलु उद्यम, कृषि, पशुपालन, फलफूल खेती, ब्लक उद्योगलगायतका क्षेत्रमा लाग्न चाहेमा प्रविधि सहयोग गर्ने जनाइएको छ । गाउँपालिकाले युवालाई व्यवसाय सञ्चालन गर्न चाहेमा माघ १७ गतेभित्र निवेदन दिन आह्वान गरेको छ ।

जलजला गाउँपालिकामा कोभिडका कारण रोजगारी गुमेर फर्किएका युवाको सङ्ख्या करिब ४०० रहेको अनुमान छ । रोजगारी गुमेर फर्केका युवालाई व्यवसाय गर्न चाहेमा योजनासहित निवेदन दिन अनुरोध गरिएको प्रमुख प्रसाशकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए । उनले विदेशबाट फर्किएका युवालाई स्वदेशमै व्यवसाय गर्न प्रेरित गर्न अनुदानमुखी कार्यक्रम ल्याइएको बताए । तत्कालका लागि गाउँपालिकाले अनुदान वितरण गर्न रु दुई लाख उपलब्ध गराउने गरी बजेट विनियोजन गरेको छ । युवाको सङ्ख्या र मागका आधारमा अर्को वर्षदेखि बजेट बढाउने तयारी रहेको उनले भनाइ छ ।

जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले गाउँपालिकाले चालु वर्षको नीति तथा कार्यक्रममा युवालक्षित विभिन्न कार्यक्रम ल्याएको जानकारी दिए । कतिपय युवालाई नीति तथा कार्यक्रमअनुसारको कार्यक्रमले सम्बोधन गरिने मल्लको भनाइ छ । गाउँपालिकाले कृषि तथा पशुपालनतर्फका कार्यक्रमबाट पनि अनुदान दिने कार्यक्रम तय गरेको उनले बताए । गाउँपालिकाले बाँझो रहेको जमिन भाडामा लिएर तरकारी तथा फलफूल खेती विस्तार गर्ने कार्यक्रम कार्यान्वयन गरेको छ । यसका लागि गाउँपालिकाले सबै वडामा बाँझो रहेको र सार्वजनिक जग्गा कब्जा गरिएको बारेमा खोजी गर्न शुरु गरेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies