Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

अब ६० अंक ल्याए सवारी लाइसेन्स पाइने

काठमाडौं । सवारीसाधन चलाउन अनुमतिपत्र लिन अनिवार्य पास गर्नुपर्ने प्रयोगात्मक परीक्षा (ट्रायल) लाई सहज बनाइने भएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - ट्रायलमा नम्बर दिँदा ६० वा त्योभन्दा बढी अंक ल्याउने व्यक्तिले सवारीसाधन सञ्चालन गर्ने अनुमतिपत्र (लाइसेन्स) लिन योग्य मानिने गरी कानुनी व्यवस्था संशोधन गर्न लागिएको यातायात व्यवस्था विभागका निर्देशक डा. लोकनाथ भुसालले जानकारी दिए ।

कानुनी व्यवस्थालाई संशोधन गरेर ट्रायल परीक्षामा समावेश सबै प्राविधिक पक्षको निश्चित अंकभार दिइनेछ । सबै अंकभारलाई समेटेर कुल सय पूर्णांक कायम गरिनेछ । प्रयोगात्मक परीक्षा दिनेले ट्रायल दिने स्थानमा सबै प्रक्रिया पूरा गरेपछि तोकिएको अंकभारअनुसार नम्बर पाउने छन् ।

यातायात व्यवस्था विभागका अनुसार यू टर्न गर्दा, ट्राफिक लाइट टेस्ट गर्दा, स्पिड ब्रेकर टेस्टजस्ता विभिन्न टेस्टलाई कठिनताका आधारमा अंकभार दिइनेछ । यसरी ट्रायल पूरा गर्दा कुनै टेस्ट पास गर्न नसकेको खण्डमा पनि न्यूनतम ६० अंकभार पार गरेमा सवारीसाधनको लाइसेन्स लिन योग्य मानिनेछ ।

त्यसभन्दा न्यून अंक ल्याउनेले पुनः ट्रायल दिनुपर्नेछ । अहिले ट्रायल परीक्षाका सबै प्यारामिटरमा कुनै गल्तिविना पास गर्नुपर्ने व्यवस्था छ । ट्रायल दिँदा सानो कुनै एउटा मात्र गल्ती भएमा पनि फेल गर्ने गरिएको छ । एउटा व्यक्ति ३५ अंक ल्याएर मन्त्रालय चलाउने सचिव बन्न सक्छ, डाक्टर, इन्जिनियर बन्न सक्छ भने ड्राइभर बन्न शतप्रतिशत पास गर्नुपर्छ भन्ने विषय ठीक नभएको निर्देशक भुसालले बताए ।

यस्तो संशोधन गर्नुपूर्व भारत, अमेरिका र बेलायतको व्यवस्थालाई अध्ययन गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागका अधिकारीहरूको भनाइ छ । ती देशका राम्रा व्यवस्थालाई समेटेर नयाँ व्यवस्था गर्न लागिएको हो । ती देशमा प्रयोगात्मक अभ्यास सडकमै ल्याएर गर्न लगाउने व्यवस्था भए पनि शतप्रतिशत पास गर्नुपर्ने व्यवस्था भने नभएको निर्देशक भुसालले जानकारी दिए ।

‘नेपालमा पनि रोड टेस्ट नै नभए पनि अन्य परीक्षण भने गर्न लागेका छौँ,’ उनले भने । अहिलेको प्रणालीबाट ट्रायल दिनेमध्ये २५ देखि ३० प्रतिशत मात्र पास हुने गरेको यातायात व्यवस्था विभागको तथ्यांक छ । यो अन्य देशको तुलनामा न्यून रहेको विभागका अधिकारीहरूको भनाइ छ ।

नयाँ व्यवस्थाले बिचौलिया घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि निश्चित संख्या प्रणाली हटाउने भएको छ । ‘त्यो प्रक्रिया थालनी गर्न लागिएको र अझै न्यूनतम पनि २ हप्ता लाग्नेछ,’ निर्देशक डा. भुसालले भने । अनलाइन प्रणाली अपग्रेड गर्न र यातायात व्यवस्थापन कार्यान्वयन निर्देशकामा संशोधन गर्नुपर्नेछ । अहिले देशभरका १९ कार्यालयले हप्तामा २० हजार आवेदन मात्र लिन सक्ने कोटा तय गरिएको छ ।

अनलाइनमार्फत आवेदन लिने गरिएको छ । तर, पछिल्लो ९ महिनादेखि आवेदन दिने क्रम बन्द भएको र केही अघि मात्र खोलेको हो । अत्यधिक आवेदक भएका कारण सिस्टमले नै काम नगर्ने समस्या रहेको छ । दैनिक २० हजारजनाले आवेदनका लागि अनलाइन प्रणालीमा ‘हिट’ हुने गरेको जानकारी दिएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: