Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

३० खर्ब ५४ अर्ब पुग्यो बजार पूँजीकरण

काठमाडौँ । हरेक दिन नयाँ–नयाँ रेकर्ड राख्दै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ ।

नेप्सेको वृद्धिसँगै नेपालको शेयर बजारको इतिहासमा आज हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस्तै बजार पूँजीकरण पनि रु साढे ३० खर्बको हाराहारीमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २८.३१ बिन्दुले उकालो लागेर दुई हजार २६७.७३ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८९ ले वृद्धि भई ४३३.२८ मा पुगेको छ । कूल २०२ कम्पनीको एक करोड ३५ लाख ३१ हजार २२७ कित्ता शेयर रु चार अर्ब ९८ करोड २३ लाख ९१ हजार ८९७ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेमा देखिएको दोहोरो अङ्कको वृद्धि पछि आज कूल बजार पूँजीकरण रु ३० खर्ब ५४ अर्ब ५३ करोड ८८ लाख ३० हजार पुगेको छ । मुलुकको कूल ग्राहस्थ उत्पादन र बजार पूँजीकरणको आकार करिब–करिब उस्तै हुने क्रममा पुगेको छ ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । व्यापार १५.४ ले ओरालो लाग्दा बैंकिङ १४.५४, होटल ९.९३, विकास बैंक १९.४, जलविद्युत् ६०.९१, वित्त २३.१४, निर्जीवन बीमा २७३.२७, उत्पादन ६.८९, अन्य ६.४८, लघुवित्त ५३.१९, जीवन बीमा ३७६ र सामूहिक लगानी कोष ०.१ विन्दुले उकालो लागेको छ । कारोवारका आधारमा आज प्रिमियर इन्स्योरेन्स शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु २९ करोड छ लाख ३४ हजार ४७० बराबरको कारोबार भई शीर्षस्थानमा रहे ।

यस्तै, प्रभु बैंक रु १६ करोड आठ लाख ६५ हजार ६६७, माथिल्लो तामाकोशी रु १५ करोड ७१ लाख १३ हजार ८८२, नेपाल लाइफ इन्स्योरेन्स रु १५ करोड ५५ लाख ८१ हजार २३३, नेशनल लाइफ इन्स्योरेन्स रु १४ करोड ९७ लाख २२ हजार ५३१, सिभिल बैंक रु १४ करोड एक लाख ३० हहजार ८४१, नेपाल पुनर्बीमा कम्पनी रु १३ करोड २२ लाख ७६ हजार , एनआइसी एशिया बैंक रु १२ करोड ३८ लाख ३३ हजार ४२०, नेपाल दूरसञ्चार कम्पनी रु १२ करोड २२ लाख ८० हजार ५३० र लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले रु १० करोड तीन लाख ३४ हजार १४९ बराबरको कारोवार गर्दै शीर्षस्थानमा रहे ।

कारोवार भएका कम्पनीहरुमध्ये १२९ कम्पनीको शेयर उकालो लागेको छ । यस्तै ३२ कम्पनीको शेयर ओरालो लाग्दा १५ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएन । कारोवारका आधारमा आइएमई जनरल इन्स्योरेन्स १०, आरम्भ चौतारी लघुवित्त ९.९८, कर्पोरेट डेभलपमेन्ट बैंक ९.९३, युनाइटेड फाइनान्स ९.९०, माथिल्लो तामाकोशी ९.८९, प्रभु लाइफ इन्स्योरेन्स ९.७८, समृद्धि फाइनान्स ९.७०, गुर्खाज फाइनान्स ९.०५, नारायणी डेभलपमेन्ट बैंकका शेयरधनीले ८.५१ प्रतिशतले गुमाए । यसैगरी नेपाल हाइड्रो ३.७८, प्रिमियर इन्स्योरेन्स २.२९, सिभिल लघुवित्त २।२२, एनएमबी पचास १.८६, तारागाँउ रिजेन्सी होटल १.६३, युनिलिभर नेपाल १.४२, नेपाल फाइनान्स १.२१ र आरएमडिसी लघुवित्तका लगानीकर्ताले १.२० प्रतिशतले गुमाए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending