Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

आयोगलाई प्रचण्ड–माधव पक्षको प्रश्न : पार्टीले हटाएको ओलीलाई किन ‘अध्यक्ष’ भनेको ?

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल पक्षले पार्टीमा बहुमत पक्षले गरेको निर्णय कार्यान्वयन गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । प्रष्ट रुपमा बहुमत समदस्यहरुको साथ रहेकाले पार्टी विभाजनको प्रक्रियामा जाने गरी दाबी गर्न आफूहरु आयोगमा नआउने जानकारी समेत गराएको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले बताए ।

आजको कान्तिपुर दैनिकमा खबर छ - ‘अरु कसैले नेकपा पार्टीको नाममा केही मानिस बसेर गर्ने क्रियाकलाप रोकिनुपर्छ, विधान, ऐन र नियम मिचेर केन्द्रीय समिति विस्तार गर्ने र आयोगले त्यसलाई मान्यता दिने कुरा उपयुक्त हुँदैन,’ उनले भने, ‘नेकपाको नाममा पार्टीले कारबाही गरेको व्यक्तिलाई पत्राचार गरिनु गलत हो ।’

प्रचण्ड–माधव पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसारै विवादको समाधान गरिनुपर्ने दबाब आयोगलाई दिएको छ । ओलीलाई अध्यक्षबाट हटाएको र त्यस स्थानमा नेपाललाई अध्यक्ष बनाएको निर्णय दल दर्ता किताबमा अद्यावधिक गर्न उनीहरुले आयोग पदाधिकारीलाई भनेका छन् । आवश्यक ठानिए बहुमत केन्द्रीय सदस्यलाई आयोगमा उपस्थित गराउने उनीहरुले बताएका छन् ।

आयोगका पदाधिकारीहरुले दलको अधिकारितासम्बन्धी मागदाबी नआएसम्म त्यसको मान्यताससम्बन्धी विवाद निरुपणमा योग पस्न नसक्ने ऐनको व्यवस्थाबारे जानकारी दिएका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: