Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

ताकममा अस्पताल र वडा कार्यालय भवन शिलान्यास

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा एकैसाथ अस्पताल र वडा कार्यालय भवनको शिलान्यास भएको छ । पाँच शय्या क्षमताको अस्पताल भवनको निवर्तमान सांसद भुपेन्द्रबहादुर थापा र वडा कार्यालय भवनको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले बुधबार एक समारोहबीच शिलान्यास गरे ।

कुल रु सात करोड १३ लाख लागत अनुमान गरिएको अस्पताल भवनको बहुवर्षे ठेक्का प्रक्रियाको तयारी गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए । “अस्पताल भवन निर्माण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चालु आर्थिक वर्षमा रु ७० लाख पठाएको छ,” उनले भने “डिपिआर तयार भइसकेको छ । ठेक्का प्रक्रियाको तयारीमा छौँ ।”

रु ६६ लाख लागत अनुमान गरिएको चार कोठे वडा कार्यालय भवन निर्माणका लागि डोप्पो कन्स्ट्रक्सनले रु ४७ लाखमा ठेक्का लिएको छ । विसं २०७८ वैशाखभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको वडा कार्यालय भवन निर्माणमा जिल्ला समन्वय समितिले रु ३० लाख उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल पौडेलले बताए ।

“वडाको भवन निर्माणमा अपुग रु १७ लाख गाउँपालिकाले व्यहोर्छ”, उनले भने, “ठेकेदारसँग सम्झौता गरेर कार्यादेश दिएका छौँ ।” वडा कार्यालयको भवनमा जनप्रतिनिधिको कार्यकक्ष, बैठक, कर्मचारी र प्राविधिकको कार्यकक्ष बनाइने भएको छ ।

शिलान्यासको अवसरमा अस्पताल भवन निर्माण हुने जग्गाका दाता रेशमबहादुर थापा, वडा कार्यालय भवनका जग्गादाता टेकबहादुर केसी, खिमबहादुर खत्री र कृष्ण भण्डारीलाई सम्मान गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सबै स्थानीय तहमा अस्पताल बनाउने कार्यक्रमअनुसार धवलागिरि गाउँपालिकाले ताकम स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर अस्पताल सञ्चालन गर्ने तयारी गरेको हो ।

ताकममा अस्पताल सञ्चालन भएपछि पालिकाका नागरिकले गाउँमै उपचार सेवा पाउने भएका छन् । ताकमका वडाध्यक्ष कलानिधि शर्माले सामान्य बिरामी हुँदासमेत चिकित्सक नभएर दरवाङ, बेनी, पोखरा, काठमाडौँ, चितवनका अस्पतालमा पुग्नुपर्ने समस्या हट्ने अपेक्षा गरिएको बताए ।

ताकममा गाउँपालिकाले स्थापना गरेको पाँच शय्याको कोरोना अस्पतालमा पहिलो पटक डाक्टर आएका छन् । अस्पताल भवन बनाउन गत चैतमा ताकम स्वास्थ्य चौकीको भवन रहेको जग्गासँगै जोडिएको चार आना जग्गा व्यवस्थापन गरिएको थियो ।

यसअघि ताकम स्वास्थ्य चौकीको नाममा छ रोपनी दुई आना जग्गा थियो । गाउँपालिकाले ल्याब स्थापना गरेको ताकमको स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन छ । पुरानो भवनलाई कायमै राखेर ब्लक छुट्ट्याएर नयाँ भवन बनाउने विकल्प अघि सारिएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE