Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

खानेपानी योजना निर्माण शुरु भएपछि खुशी

दमौली । तनहुँको व्यास नगरपालिका–५ चुँदेरका विष्णुमाया थापा सबेरै उठेर पानीको जोहो गर्न कुवा पुग्नुहुन्छ । पैसठ्ठी वर्षीया थापाको यो नियमित दैनिकी बनिसकेको छ । गाउँमा खानेपानीको चरम अभाव भएपछि थापासँगै यस ठाउँका अन्य महिला पनि खोल्सामा रहेको कुवामा पानी लिन पुग्छन् ।

सदरमुकाम दमौलीबाट करिब १२ किमी दूरीमा अवस्थित छ चुँदेरगाउँ । सदरमुकाम नजिकै भए पनि यस ठाउँमा अहिलेसम्म खानेपानी सुविधा पुगेको छैन । “वर्षौँदेखि खानेपानीको समस्याले हामीलाई साह्रै गाह्रो भएको छ, झिसमिसेमै पानी ल्याएपछि मात्र अन्य काम शुरु गर्न पाइन्छ”, उनले भने ।

खानेपानीको समस्याकै कारण यहाँका बासिन्दा बेँसी झरेको थापाले जानकारी दिए । “पानी नभएपछि यहाँका थुप्रै बासिन्दा तल बेँसी झर्नुभयो, हाम्रो त जाने ठाउँ पनि कतै छैन, दुःखसुख अहिलेसम्म यही छौँ”, उनले भने ।

स्थानीयवासी राममाया सुवेदीले खानेपानीको वैकल्पिक व्यवस्था नभएपछि खोल्सा, कुवाको पानी वर्षौँदेखि प्रयोग गर्न बाध्य हुनुपरेको बताए । “घरभन्दा केही तल जङ्गलको खोल्सा र कुवामा रहेको पानी बोकेर ल्याउनुपर्ने अवस्था छ”, उनले भने, “त्यस ठाउँको पानी प्रयोग गर्दा कहिलेकाँही बिरामी पनि हुने गरेका छौँ ।”

रोटरी क्लबको सहयोगमा यस गाउँमा खानेपानी आयोजना निर्माण शुरु भएपछि भने यहाँका स्थानीयवासी हर्षित छन् । सदरमुकामबाट नजिकै रहेर पनि खानेपानीको अभाव झेल्नुपरेको गाउँमा खानेपानी योजना निर्माण शुरु भएसँगै खुशीयाली छाएको स्थानीयवासी अमरबहादुर थापाले बताए ।

अमेरिकास्थित रोटरी क्लब अफ होनोलुलु सनसेट र व्यास नगरपालिकाको संयुक्त लगानीमा खानेपानी योजना निर्माण शुरु भएको छ । वर्षौँदेखि खोलाको पानी उपयोग गर्दै आएका यहाँका बासिन्दाका घर–घरमा खानेपानी पुर्याउने उद्देश्यसहित रोटरी चुँदेर खानेपानी योजनाको शिलान्यास गरिएको छ ।

उक्त ठाउँमा रु एक करोड १६ लाख ४० हजारको लगानीमा खानेपानी योजना निर्माण हुनलागेको हो । रोटरी क्लब अफ दमौलीको सक्रियतामा उक्त ठाउँमा खानेपानी योजना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गरिएको थियो । “उक्त ठाउँको खानेपानी समस्याबारेमा जानकारी पाएपछि स्थलगत सम्भाव्यता अध्ययन गर्यौँ, अध्ययनले उक्त ठाउँमा खानेपानी योजना निर्माण गर्न सम्भव रहेको देखिएपछि योजनाको काम थालेका हौँ”, रोटरी क्लब अफ दमौलीका अध्यक्ष दामोदर भण्डारीले भने ।

खानेपानी योजना निर्माणका लागि अमेरिकास्थित रोटरी क्लब अफ होनोलुलु सनसेटले रु ८४ लाख ८१ हजार ६६७ सहयोग गरेको छ । त्यस्तै रोटरी क्लब अफ दमौलीले रु तीन लाख ४२ हजार सहयोग गरेको छ । बाँकी रकम व्यास नगरपालिकाले व्यहोर्नेछ । खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्मार्ट सिभिल कन्सल्टेन्सीले तयार गरेको थियो ।

व्यास–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले डाँडामा बस्ती र मुहान तल रहेका कारण चुँदेरमा वर्षौँदेखि खानेपानी समस्या रहँदै आएकामा योजना सम्पन्न भएपछि स्थानीयवासीलाई सहज हुने बताए । खानेपानी योजनाबाट व्यास–५ स्थित चुँदेर, रानीटारी र नेपालटारका २२९ घरका एक हजार १०८ घरपरिवार लाभान्वित हुनेछन् । उक्त योजनाबाट २० घर दलित, १२१ घर जनजाति, तीन घर मुस्लिम र ८५ घर अन्य जातजातिका मानिस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।

दुई सय ५४ मिटरको दूरीमा रहेको मुहानबाट पानी ल्याई ट्याङ्कीमार्फत घरघरमा पानी वितरण गर्ने गरी डिजाइन गरिएको छ । एक घण्टामा १० हजार लिटर पानी तानिनेछ । उक्त ठाउँमा दैनिक एक लाख आठ हजार ६२९ लिटर पानी आवश्यक पर्ने अध्ययनबाट देखिएको छ । योजनामा ३० मिटरको ट्रान्समिसन लाइन, ५८० मिटर वितरण लाइन निर्माण गरिनेछ भने तीनवटा मुहान मर्मत गर्नुपर्ने देखिएको छ । चुँदेरमा २० घनमिटरको ट्याङ्की निर्माण गरेर सोही ट्याङ्कीबाट रानीटारीमा पानी वितरण गर्ने योजना छ । दुई महिनाभित्र खानेपानी योजना सम्पन्न गरेर घरघरमा धारामार्फत पानी पुर्याइने इञ्जिनीयर प्रकाश शर्माले जानकारी दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending