म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा मोटर चल्ने तीन वटा पुल निर्माण एकैसाथ शुरु गरेको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत धवलागिरि, मालिका र अन्नपूर्ण गाउँपालिकाको ग्रामीण बस्तीलाई सिधा सडक सञ्जालसँग जोड्न पुल निर्माण शुरु गरिएको हो । कार्यालयका इञ्जिनीयर सन्तोष अर्यालले रु नौ करोड ८० लाखको लागतमा ठेक्का सम्झौता गरेका फरक–फरक निर्माण कम्पनीहरुले पुल निर्माणलाई तीव्रता दिएका जानकारी दिए ।
“गत आर्थिक वर्षमै सम्झौता भए पनि कोरोनाको जोखिम र बाढी पहिरोका कारण व्यवसायी कार्यक्षेत्रमा परिचालन हुन सकेका थिएनन्”, उनले भने, “हिउँद लागेसँगै पुल निर्माणको काम धमाधम भइरहेको छ । निर्धारित समयभित्रै पुल निर्माण गरिसक्ने तयारीसहित ठेकेदारले उपकरण र मजदुर परिचालन गरेका छन् ।”
मालिका गाउँपालिकाको दरबाङदेखि सिरदी हुदै निस्कोट र मङ्गला गाउँपालिकाको अर्मन जोड्ने सडकअन्तरगत म्याग्दी खोलामाथि ४० मिटर लामो ट्रस प्रविधिको पुल निर्माण गर्न रु चार करोड ४५ लाखमा प्रदीप–जुम्ली जेभीले ठेक्का लिएको छ । विसं २०७७ साउन ४ गते सम्झौता भएको यो आयोजनाको म्याद दुई वर्षको छ । खोलाको दायाँ र बाँया किनारमा पहाड भएकाले त्यसैमा खाडल खनेर पिल्लर बनाई पुलको ट्रस जोड्ने र ढलान गर्ने डिजाइन बनेको छ । निर्माण कम्पनीका प्रतिनिधि प्रवीण सापकोटाले पुलको जग राख्ने र खाडल खन्ने काम सकिएको बताए ।
मालिका गाउँपालिका–७ बिम र धवलागिरि गाउँपालिका–६ मराङको सिमाना भएर बग्ने अर्गलास्थित मराङ खोलामा २५ मिटर लामो आरसिसी टिबिएम प्रविधिको पुल निर्माणका लागि सन २०२० को मार्च १२ मा फेवा–सावित्री जेभीले ठेक्का सम्झौता गरेको थियो । रु दुई करोड ७२ लाखमा ठेक्का लिएको यो योजनाको म्याद एक वर्षको छ । पुलको जग खनेर पिल्लरको ढलान शुरु गरेको निर्माण कम्पनीका प्रतिनिधि रामचन्द्र कार्कीले बताए ।
यसैगरी अन्नपूर्ण गाउँपालिका–७ र ८ को सिमानास्थित संसारे खोलामा १६ मिटर लामो मोटर चल्ने पुल बनाउन २०७६ फागुनमा रायमाझी–हिमालयन जेभीले ठेक्का सम्झौता गरेको थियो । रु दुई करोड ६३ लाखमा सम्झौता गरेको ठेकेदारले एकातर्फको पिल्लरको ढलान शुरु गरेको छ । यो पुलको म्याद पनि आगामी फागुन महिनासम्म छ ।
कार्यालयमार्फत मालिका–७ भारवाङ र धवलागिरि–७ बगरको सिमानाको म्याग्दी खोलामा ४० मिटर लामो पुल निर्माणाधीन अवस्थामा छ । भारवाङको पुल निर्माणका लागि २०७६ असारमा देव एन्ड सायर बिएन जेभीले रु छ करोड २४ लाखमा ठेक्का लिएको थियो । कम्पनीका प्रतिनिधि नारायण जिसीले नौ महिनापछि काममा फर्किएर निर्माणलाई तीव्रता दिएको बताए ।
यसैगरी दरवाङ–धारापानी–ताकम–मुना सडकअन्तरगत गत वर्ष ठेक्का सम्झौता भएको दाङखोलाको मोटर चल्ने पुलको पुनःडिजाइन गर्दा लम्बाई बढाउनुपर्ने देखिएको इञ्जिनीयर अर्यालले बताए । यसअघि १५ मिटरको पुल बनाउने डिजाइन तयार पारे पनि बाढीले धेरै कटान गरेपछि २५ मिटर लामो बनाउनुपर्ने भएको हो । आठ दशमलव चार मिटर फराकिलो हुने सबै पुलको छ मिटरमा ढलान र दायाँबायाँ एक दशमलव दुई मिटरको पैदल हिँड्ने फुटपाथ हुनेछ । पुल निर्माण भएपछि ग्रामीण सडकमा बाह्रै महिना नियमित सवारी सञ्चालन हुने बताइएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: