महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–३ का फुलाराम चौधरी तरकारी खेती गर्न थालेको नौ वर्ष भयो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित भएपछि सरकारले उपलब्ध गराएको जग्गामा तरकारी खेती गरेका चौधरीले अन्नखेती गर्न गाउँमा थप जग्गा समेत भाडामा लिएका छन् ।
“धानगहुँ भन्दा तरकारीमा मुनाफा बढी हुने देखिएपछि हामी चारै जना भाइ तरकारी खेतीमै लाग्यो”, उनले भने, “अहिले हाम्रो परिवारको खर्च चलेकै तरकारीबाट भएको आम्दानीले नै हो ।” यसअघि गाउँमा थोरै सङ्ख्यामा कृषक तरकारी खेतीमा लागेको भए पनि केही समयअघि गाउँमा दातृ निकायले सोलार सिँचाइ जडान गरिदिएपछि गाउँमा तरकारी खेतीमा आकर्षण बढेको उनको भनाइ छ ।
नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) ले गाउँमा आयमूलक काममा लाग्न प्रेरित गर्न सोलार सिँचाइ जडान गरिदिएपछि गाउँमा १५ जना कृषक तरकारी खेतीमा आवद्ध भएका छन् । १७ कठ्ठा जमिनमा तरकारी खेती गरिरहेका चौधरीले कुनै पनि सरकारी निकायबाट गाउँमा कसैले पनि कृषि अनुदान नपाएको गुनासो गरे ।
“कृषिबाट अनुदान मिल्न भन्ने त सुन्छौँ तर पाएका छैनौं”, उनले भने, “तरकारीको कमाइ समूह बनाएर बचत गर्ने बानीको पनि विकास यहाँ भएको छ ।” उनले एनएनएसडब्लुएले सिँचाइका लागि सोलार सेट, जडानका लागि लगानी र बोरिङ उपलब्ध गराएको बताए । यहाँ उत्पादित तरकारी स्थानीय बेलौरी बजार, धनगढी र महेन्द्रनगरसम्म खपत हुने गरेको कृषकको भनाइ छ ।
बेलौरी नगरपालिका–३ का वडासदस्य जगन्नाथ चौधरीले तरकारीका लागि बजारको समस्या नरहेको बताए । उनले स्थानीयवासी तरकारी खेतीलाई आयआर्जनको मुख्य पेशा बनाउँदै गइरहेको बताए । “तरकारी उत्पादन भएको बेला यहाँ टोकरीमा राखेर गाउँघर डुलाउँदै पनि बिक्री वितरण गरिन्छ ।” पाँच कठ्ठा जग्गामा तरकारी खेती समेत गर्दै आएका वडा सदस्य चौधरीले भने, “तरकारीको कमाइले घरखर्च चलिरहेको हुन्छ ।”
स्थानीय जनजागृति कृषि सहकारीमा आवद्ध भएर गाउँमा कृषक तरकारी खेती, कुखुरापालन, माछापालनलगायत काममा सक्रिय भएर लागेको चौधरीको भनाइ छ । कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि हाटबजार बन्द हुँदा बिक्री वितरणमा केही समस्या आएको उनको भनाइ छ ।
नेपाल राष्ट्रिय समाज कल्याण सङ्घको सफल परियोजनाअन्तर्गत सोलार सिँचाइ उपलब्ध गराइएको हो । सफल परियोजनाका संयोजक राजकुमार सुनारले रु तीन लाख ८० हजारको लागतमा उक्त सिँचाइ सञ्चालनमा ल्याइएको बताए । उनले बेमौसमी तथा मौसमी तरकारी उत्पादनमा सहजता होस् भनेर सिँचाइ जडान गरिएको जानकारी दिए । “अहिले २५ जना कृषकले समूह बनाएर सिँचाइ उपयोग गरिरहेका छन् ।” उनले भने, “उक्त परियोजनाअन्तर्गत ग्रामीण क्षेत्रका धेरै कृषक लाभान्वित भएका छन् ।”
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: