लमजुङ । यस वर्ष जिल्लामा घरपालुवा मौरीको मह उत्पादनमा वृद्धि भएको छ । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष चार टनले मह उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ । जिल्लाका किसानले ११ हजार १०० मौरीका घारबाट ३८ टन मह उत्पादन भएको कार्यालयले जनाएको छ । गत वर्ष नौ हजार ५०० मौरी घारबाट ३४ टन मह उत्पादन भएको थियो । आर्थिक वर्ष २०७५/६६ पाँच हजार ९०० मौरी घारबाट ३२ टन मह उत्पादन भएको कार्यालयले जनाएको छ ।
मह उत्पादन राम्रो भएपछि मौरीपालक किसान खुशी भएका छन् । प्रतिकिलो रु साढे ८०० देखि ९०० मा मह बिक्री वितरण गर्दै आइरहेका छन् । जिल्लामा उत्पादन गरिएको मह काठमाडौँ, पोखरा, चितवनलगायत र जिल्लाभित्रकै शहर बजारमा खपत हुँदै आएको किसानको भनाइ छ ।
गत वर्षको तुलनामा यस वर्ष मौसम राम्रो भएको, चरण क्षेत्र पर्याप्त भएको, आधुनिक मौरी घार र आधुनिक प्रविधिको प्रयोगले मह उत्पादन वृद्धि भएको बेँसीशहर नगरपालिका–४ पुरानोकोटका मौरीपालक किसान बेनबहादुर गुरुङले बताए । उनले गत वर्ष साढे आठ क्वीन्टल उत्पादन गर्नु भएको थियो भने यस वर्ष त्यसमा आधा क्वीन्टल मह उत्पादनमा वृद्धि भयो । ‘‘डेढ लाख मौरी घारबाट यस वर्ष नौ क्वीन्टल मह उत्पादन भएको छ’’, उनले यतिका मह उत्पादन गरेर यस वर्ष रु आठ लाख १० हजार आम्दानी गरेका छन् ।
सुन्दरबजार नगरपालिका–५ तार्कुका मौरीपालक किसान बिक्रम गुरुङले गत वर्षभन्दा यस वर्ष करीब दुई क्वीन्टल मह उत्पादन गर्नुभएको भने यस वर्ष करीब पाँच क्वीन्टल मह उत्पादन गरेको बताए । गत वर्षभन्दा यस वर्ष मह राम्रो भएकाले यस वर्ष चार पटकसम्म मह काड्नु परेको मौरीपालक किसान गुरुङको भनाइ छ ।
उनीहरुको मात्र नभई यस वर्ष जिल्लाका जनक तिवारी, विष्णु राना, केशबहादुर गुरुङ, बोधराज थापा, यमबहादुर गुरुङलगायत मौरीपालक किसानको मह उत्पादनमा राम्रो भएको बताइएको छ । त्यस्तै बेँसीशहर नगरपालिकाभरिका किसानले यस वर्ष २६ क्वीन्टल मह उत्पादन गरेका छन् भने गत वर्ष २४ क्वीन्टल मात्र उत्पादन भएको थियो । नेपाल मौरीपालक महासङ्घ जिल्ला शाखाका अनुसार जिल्लाको सबैभन्दा बढी उत्पादन हुने सुन्दरबजार र बेँसीशहर नगरपालिका तथा मस्र्याङ्दी गाउँपालिका रहेका छन् ।
यस शाखामा दर्ता भएका जिल्लाका ३८२ जना मौरीपालक किसान रहेका छन् । मौरीपालनतर्फ किसानको चासो बढेको र मौरीपालन व्यवसाय गर्ने किसान बढ्न थालेकाले आगामी वर्षमा झन् वृद्धि हुने आशा गरिएको शाखाका अध्यक्ष ललित गुरुङले बताए । उनले भने, “मह बिक्रीबाट जिल्लाका किसानले राम्रो आम्दानी गर्दै आएका छन् । प्रधानमन्त्री कृषि आधुनीकरण परियोजनाअन्तर्गत गत वर्ष कृषि ज्ञान केन्द्र कार्यालयले जिल्लाको बेँसीशहर नगरपालिकाको वडा नं. २, ४ र सुन्दरबजार नगरपालिका–५ लाई समेटेर मौरी क्षेत्र बनाइएपछि पाँच हजार मौरी घारमा मौरी व्यवसाय भइरहेको उक्त शाखाले जनाएको छ ।
मौरीपालक किसानलाई मौरी व्यवसायमा आकर्षित गर्दै मह उत्पादनमा वृद्धि गर्नका लागि यस वर्ष कृषि ज्ञान केन्द्र, बेँसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिकालगायत विभिन्न स्थानीय तहले ५० प्रतिशत अनुदानमा आधुनिक मौरी घार, मौरीसहित मौरी घारलगायत विभिन्न उपकरण वितरण गरेको थियो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: