बेनी । म्याग्दी सदरमुकाम बेनी बजार क्षेत्रको फोहर व्यवस्थान हुँदै आएको बेनी नगरपालिका–६ स्थित ठूलो पहिरामा जम्मा गरिएको फोहरमा आगलागी भएपछि यस क्षेत्रमा प्रदूषण फैलिएको छ । गत शनिबारदेखि फोहरमा आगलागी भएपछि फोहरको दुर्गन्धयुक्त धुवाँले आसपासका बजार र बस्तीमा प्रदूषण फैलिएको हो ।
लगातार फोहरको आगलागीको धुवाँले सताउन थालेपछि बेनी–गलेश्वर सडकखण्ड हुँदै आवतजावत गर्ने नागरिकसँगै जिल्लाको राउवडा र गलेश्वर तथा पर्वतको बगरफाँटलगायतका क्षेत्रका नागरिकले तत्काल आगलागी भएको फोहरको आगो नियन्त्रण लिन ध्यानाकर्षण गराए पनि नियन्त्रणको कुनै काम भएको छैन ।
जलजला गाउँपालिका वडा नं २ र ३ बौरका स्थानीयवासीले फोहरको धुवाँले प्रदूषण फैलिएको तथा यसले ज्येष्ठ नागरिक र बालबालिकालाई अझ बढी प्रभावित बनाएको भन्दै तत्काल आगलागीलाई नियन्त्रण गरी प्रदूषण फैलनबाट रोक्न माग गरेका छन् । बगरफाँटका युवा विज्ञान शर्माले अवैज्ञानिक तवरले गरिएको फोहर व्यवस्थापनको कार्यलाई रोक्न नगरपालिकाले तत्कालै ध्यान दिनुपर्ने बताए ।
पवित्र कालीगण्डकी नदीको किनारमा अवैज्ञानिक तवरले फोहर विसर्जन गर्ने कार्यले लामो समयदेखि आसपासका बासिन्दाले समस्या झेल्नुपरेको स्थानीयवासी हीरा बरुवालको भनाइ छ । ‘‘यो आजको मात्रै समस्या होइन, दशकौँदेखिको समस्या हो, फोहरको धुवाँले स्वासप्रश्वासमासमेत समस्या बढाएको छ’’, बरुवालले भने ।
यता बेनी नगरपालिकाले फोहर व्यवस्थापन केन्द्र परिसरमा थुपारिएको फोहरमा बाहिरका व्यक्तिले आगलागी गराउँदा प्रदूषण फैलाएको जनाएको छ । दुई वर्षदेखि ठूलो पहिराको फोहर व्यवस्थापन केन्द्रमा थुपारिएको फोहरमा आगो लगाएर जलाउने कार्य रोकेर फोहरको वर्गीकरण गरी व्यवस्थापन गरिँदै आएको नगरपालिकाले बताएको छ ।
सङ्कलन केन्द्रको बाहिर थुपारेर राखेको फोहरको थुप्रो नजिकै एक व्यवसायीले आफ्ना म्याद नाघेका सामग्री जलाएको र सोही आगो फोहरमा सल्किएकाले प्रहरी प्रशासनको सहकार्यमा आगो लगाउने व्यक्तिको खोजी थालिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए । उनका अुनसार दमकलको सहायताले पानी हालेर फोहरमा लागेको आगोलाई नियन्त्रणमा लिने प्रयास गरिएको छ भने दीर्घकालीन रुपमा फोहरमा आगलागी भएमा कालीगण्डकी नदीको पानीलाई उपयोग गरी तत्काल आगो नियन्त्रण गर्न मोटर जडान गर्ने तयारी गरिएको छ ।
नगरपालिकासँग सम्झौता गरी फोहर व्यवस्थापन गर्दै आएको मिसन फर वेष्ट म्यानेजमेन्ट प्रालिले पुनःप्रयोग हुने सामान, कुहिने र नकुहिने सामग्रीको वर्गीकरण गरेर फोहरलाई नगदमा रुपान्तरण गर्दै आएको थियो । प्रालिले केन्द्रदेखि बाहिर सडकसम्मै थुप्रो बनाएर फोहर थुपार्ने कार्यलाई भने सुधार गर्न सकेको छैन् । नगरपालिकाका जनप्रतिनिधिसहितको टोलीले फोहर व्यवस्थापन केन्द्रको निरीक्षण गरी तत्काल फोहर व्यवस्थापनलाई व्यवस्थित गर्न सो कम्पनीलाई निर्देशन समेत दिइसकेको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: