Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

समाजलाई आध्यात्मिक बनाउन पुस्तकालय स्थापना गरिने

काठमाडौँ । विसं २०३७ मा काठमाडौँ महानगरपालिका वडा नं ४ विशालनगरमा स्थापना भएको श्री शिवानन्द साधना केन्द्रले समाजलाई आध्यात्मिकरुपमा अघि बढाउन पुस्तकालय स्थापना गर्ने भएको छ ।

केन्द्रको वार्षिक साधारणसभाका अवसरमा शुक्रबार केन्द्रीय कार्यालय विशालनगरमा आयोजित कार्यक्रममा भौतिकतामा डुबेको समाजलाई आध्यात्मिकरुपमा अघि बढाउन विभिन्न गतिविधि गर्ने प्रस्ताव पारित भएको हो । सो अवसरमा आध्यात्मिक चिन्तक एवं केन्द्रका आजीवन सदस्य डा चिन्तामणि योगीले भौतिक सुख सुविधालाईमात्र ध्यान दिने र आध्यात्मिक उन्नति प्रगतिमा वास्ता नगर्ने प्रवृत्ति मानिसमा बढ्दै जाँदा तनाव बढेकाले समाजलाई आध्यात्मिकरुपमा डोर्याउन केन्द्रले नेतृत्वदायी भूमिका खेल्ने बताए ।

व्यक्ति व्यक्तिका तनावले समाजमा विभिन्न किसिमका नकारात्मक प्रभाव पार्ने गरेकाले व्यक्तिलाई सकारात्मक बनाउन आध्यात्मिक शिक्षा, योग, ध्यानजस्ता गतिविधिलाई अघि बढाइनुपर्नेमा उनले जोड दिए । केन्द्रका अध्यक्ष ज्योत्स्ना राज्यलक्ष्मी थापाले समाजलाई आध्यात्मिकरुपमा डोर्याउन शिक्षा दिने उद्देश्यले धर्म, संस्कृति, अध्यात्मलगायत सकारात्मक भाव बोकेका पुस्तक राखेर पुस्तकालय स्थापना गर्न लागिएको जानकारी दिए । पुस्तकालयसँगै योग अभ्यास, प्राणायाम, ध्यान, भक्ति सङ्गीत लगायत गतिविधि गर्ने गरी साधारणसभाले नीति पारित गरेको पनि उनले बताए ।

पुस्तकालय स्थापनाका लागि केन्द्रले आध्यात्मिकलगायत सकारात्मक सन्देश दिने पुस्तक सङ्कलनसमेत शुरु गरेको छ । २२ जना आजीवन सदस्य रहेको केन्द्रको उद्देश्य मन पर्नेका लागि आजीवन एवं साधारण सदस्यता खुला गर्ने निर्णय पनि साधारणसभाले गरेको छ ।

विसं २०३७ मा भारतस्थित ऋषिकेशका प्रसिद्ध आध्यात्मिक गुरु शिवानन्दले हाल केन्द्रीय कार्यालय रहेको स्थलमा नेपालेश्वर मन्दिर स्थापना गराएका थिए । मन्दिर स्थापना गराउन केन्द्रकी संस्थापक अध्यक्ष स्व भेष राज्यलक्ष्मी सिंहले शुरुमा १० आना जग्गा दान दिएका थिए । विसं २०३७ देखि नै नेपालेश्वरसहित राधाकृष्ण, हनुमानलगायत भगवान्को मन्दिरमा पुजारी राखी नित्य पूजा आराधनासमेत हुँदै आएको छ ।

विसं २०६८ मा संस्थापक अध्यक्ष सिंहले थप एक रोपनी जग्गा र त्यसमा बनेको साढे दुई तले घरसमेत केन्द्रका नाममा दान गर्नुभएको थियो । दाता सिंहले यहाँबाट आध्यात्मिक गतिविधि गरी समाजलाई अध्यात्म मार्गमा डो¥याउने उद्देश्यले घरजग्गा दान गरेकले त्यसअनुरुपका गतिविधि गर्न लागिएको केन्द्रका सचिव फणिराज सिलवालले जानकारी दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending