भीमेश्वर । प्रसिद्ध कालीञ्चोक मन्दिर वरपरका जग्गा हडप्ने क्रम अझै रोकिएको छैन । बन्दाबन्दीको समयमा पनि १० भन्दा बढी घरटहारा निर्माण भएका छन् । यसअघि नै एक सयभन्दा बढी घर निर्माण भइसकेका बताइएको छ ।
जथाभावीरुपमा काठ काट्नाले वन फँडानी नियन्त्रणभन्दा बढी भएको स्थानीयवासी मकर पाख्रिनले जानकारी दिए । अतिक्रमण रोक्नका लागि पटकपटक स्थानीय जनप्रतिनिधि र प्रशासन लाग्दा पनि खासै चासो नदेखाएको स्थानीय होटेल व्यवसायी नुर्बु तामाङले बताए ।
सो क्षेत्रका जग्गा वन मन्त्रालयअन्तर्गत सामुदायिक वन अथवा भूमिसुधार मन्त्रालयअन्तर्गत गुठी संस्थाको हो भन्ने एकीन नहुँदा जग्गा हडप्नेक्रम वृद्धि भएको बताइएको छ । ती दुई मन्त्रालय मध्ये कसको जग्गा हो भन्ने टुङ्गो लगाई अतिक्रमण भएको उजुरी परेमा कानूनअनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले जानकारी दिए । २०६५ सालमा जिल्ला वन कार्यालयले झरेनी सामुदायिक वनलाई हस्तान्तरण गरेको भनिएता पनि संरक्षण हुन सकेका छैनन् ।
होटेल निर्माणका लागि भनेर एकै जनाले एकभन्दा बढी जग्गा ओगट्ने र मासिक तथा वार्षिक भाडामा लगाई करोडौँ रुपैयाँ कमाउँदै आएको एक स्थानीय होटेल व्यवसायीले बताए । ठूला होटेलदेखि साना होटलसम्म मासिक १० हजार एक लाखसम्म भाडाबापत असुल्ने गरेको र एकैजनाले पाँच÷छवटासम्म घरेडीको यसरी लिँदा मासिक पाँच–सात बसीबसी कमाउँदै आएका एक स्थानीयवासीले जानकारी दिए ।
राजधानी काठमाडाँैबाट १२९ किलोमिटर मकैबारी र यसपछि १७ किलोमिटरको यात्रापछि पुगिने कुरीको बजार चारैतिरबाट डाँडाले घेरिएको खाल्टोमा पर्दछ । बजारबाट पाँच मिनेटको केवलकारपश्चात् यस मन्दिरमा सजिलै पुग्न सकिने भएकाले गर्दा आन्तरिक तथा बाह्य पयर्टकको गन्तव्यका रुपमा विकास हँुदै आएको छ ।
दोलखा जिल्लाका अति सुन्दर तथा पृथ्वीको स्वर्गको धरोहरका रुपमा चिनिने कालीञ्चोक मन्दिरभन्दा केही तल रहेको कुरीको बजार र टुटेनडाँडाका जग्गाहरु दिन प्रतिदिन अतिक्रमण गर्ने कार्य बढ्दै गएकाले स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । झन् बन्दाबन्दीको समयमा त पल्टिङ गरी होटेल निर्माण गर्नका लागि ढुङ्गले घेरा बनाउने काम तीव्र नै भएको स्थानीय होटेल व्यवसायी यम पाख्रिनले बताए । २०७३ सालमा करीब २०० हेक्टर जग्गालाई गुठी संस्थानले आफ्नो स्वामित्वमा ल्याएपछि झन् जग्गा वादविवादमा फसेका थिए । गुठीले १८८६ वैशाख १४ गतेको अस्पष्ट लालमोहरका आधारमा कालीञ्चोक दर्शन प्रालिलाई केबुलकारलाई निर्माण गर्नका लागि स्वीकृति दिएको थियो ।
हाल कालीञ्चोक गाउँपालिकामा पर्ने उक्त मन्दिर प्रमाणविना, कुनै कागजात नगरी केबुलकार निर्माण, भूअतिक्रमण, तथा वनजङ्गल फँडानी भइरहेकाले पालिकालाई खासै अधिकार नदिएको गाउँपालिका अध्यक्ष विनकुमार थामीले बताए ।
यस जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलका रुपमा चिनिने भीमेश्वर मन्दिर, कालीञ्चोक मन्दिर, सैलुङको सय थुम्का भएका मानेडाँडाहरु, जिरी बजार, च्छोरोल्पा हिमताल, गौरीशङ्कर हिमाल, लामाबगर, रोल्वालिङ, बेदिङ, एसियाकै दोस्रो ठूलो म्यानेसाइट खानी खरिढुङ्ग खानी जस्ता निकै महत्वपूर्ण स्थान हुन् । कालीञ्चोक कुरीको बजार धार्मिक पर्यटकीय तथा हिमपातको समयमा हिउँ खेल्ने निकै नजीकको स्थानमध्ये मानिन्छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: