डोटी । जिल्लाका ग्रामीण भेगमा नेपाल टेलिकम र निजी क्षेत्रको कम्पनी एनसेलका प्रिपेड रिर्चाज कार्डमा मनपरी मूल्य लिने कार्य अझै रोकिएको छैन । हालसम्म सम्बन्धित निकायले समेत कुनै सुनुवाइ नगरेको सेवाग्राहीका गुनासो छ ।
यहाँका गाउँघरका व्यापारीले मनपरी मूल्य लिँदा ग्राहक ठगिँदै आएको दिपायल सिलगढी नगरपालिका–१ का भीमबहादुर साउदले जानकारी दिए । उनले भने, “गाउँमा व्यापारीले रिचार्ज कार्डमा मनपरी मूल्य लिँदा ग्राहक ठगिँदै आएका छन् । सम्बन्धित निकाय मौन बसेका छन् ।”
जिल्ला सदरमुकाम भन्दा बाहिर रहेका सबैजसो ग्रामीण भेगहरुमा व्यापारीले रिचार्ज कार्डमा उल्ल्ेखित अधिकतम खुद्रा मूल्य भन्दा १० देखि २० रुपैयासम्म बढी लिने गरेको प्रयोगकर्ता ९ग्राहक०को गुनासो छ । यहाँका गाउँमा व्यापारीले रु १०० को रिचार्ज कार्डमा रु १२० र रु ५० को कार्डमा रु ६० लिने गरेको स्थानीयवासीको आरोप छ ।
जिल्लाको बोगटान फुड्सिल , जोरायल, पूर्वीचौँकी, सायल, आदर्श, बडिकेदार गाउँपालिकालगायतका सडक यातायातको सुविधा पुगेका क्षेत्रमा पनि अधिकतम खुद्रा मूल्य भन्दा बढी रुपैयाँ लिने गरेको जनाइएको छ । नेपाल टेलिकमले कुनै चासो नदिँदा समस्या जस्ताको तस्तै रहेको जोरायल –५ का नीरज विष्टको भनाइ छ । कार्डहरुमा अधिकतम खुद्रा मूल्य प्रष्ट उल्लेख गरेको भए पनि व्यापारीले उक्त कुराको बेवास्ता गर्दै नियम विपरीत ग्राहकसँग बढी रकम असुल्ने गरेको उनको भनाइ छ ।
गाउँमा रिचार्ज कार्ड बिक्री गर्ने ग्राहकलाई रिचार्ज कार्डमा उल्लेख भएको मूल्यमा छुटदिइने भएकाले उनीहरुले गाउँमा बिक्री गर्दा जति रकमको रिचार्ज हो त्यत्ति रकम मात्रै लिनुपर्ने दिपायल पिपल्ला बजारमा नेपाल टेलिकम तथा एनसेलका रिचार्ज कार्ड थोकमा बिक्री वितरण गर्दै आएका डिलर व्यापारी किरण भण्डारीले जानकारी दिए ।
उनले भने, “हामीले गाउँका व्यापारीलाई कार्ड बिक्री्र गर्दा छुट दिएका हुन्छौँ, उनीहरुले तोकिएको मूल्यमा ग्राहकसँग कार्ड बेचेकुनै घाटा हुँदैन ।” नेपाल टेलिकम दिपायल राजपरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले गाउँमा टेलिकमका कार्डमा तोकिएको भन्दा बढी मूल्य लिएको विषयमा अनुगमन गरिने तयारी भइरहेको जानकारी दिए । उनले भने, “कार्डमा बढी मूल्य लिइँदैछ भन्ने सुन्नमा आएको छ, हामी खास कुरो केहो छानबिन गर्ने तयारीमा छौँ, गलत देखिए कारवाही हुन्छ ।” नेपाल टेलिकम व्यापार शाखा अत्तरियाका मगेन्द्र चौधरीले कार्डमा तोकिएको भन्दा बढी मूल्य लिने गरेको गुनासो आएपछि टेलिकमबाट छानबिनका लागि कर्मचारी खटिएको बताए ।
उनले भने,“कार्डमा मनपरी मूल्य लिएको विषयमा कर्मचारी खटाएर अनुगमन गराउदै छौँ, गलत प्रमाणित भएका ठाउँमा तत्काल कारवाही हुन्छ ।”
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: