Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

अपराध नियन्त्रणका लागि घरदैलो अभियान शुरु

चितवन । अपराध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय चितवनले घरदैलो अभियान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र (महिला सेल) ले घरदैलो (डोर टु डोर) सचेतना अभियान सञ्चालन गरेको हो ।

महिला, बालबालिका र ज्येष्ठ नागरिकमाथि हुनसक्ने अपराध, हिंसा रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले अभियान गरिएको हो । ‘स्पेशल टास्क डोर टु डोर अवार्नेस’ कार्यक्रम प्रभावकारी बनेकोे सेलका प्रमुख प्रहरी निरीक्षक प्रवीना गिरीले बताए। अभियानले गर्दा उजुरी दिन प्रहरी कार्यालयनै धाउनुपर्ने बाध्यता हटेको उनको भनाइ छ ।

उनले भने, “हिंसा वा आपराधिक गतिविधिको गोप्य सूचना प्रहरीका स्थानीय एकाइमै दिन सकिनेबारे जानकारी गराइएको छ, जसले गर्दा जिल्लामा भीड कम भएको छ ।” अपराध तथा घटनाको प्रवृत्तिअनुसार उजुरी दिन सकिने ठाउँबारे अभियानमार्फत जानकारी दिने गरिएको छ ।

चितवन महिला सेलमा आएका उजुरी घरेलु हिंसा, जबर्जस्ती करणी, करणी उद्योग, बाल यौन दुरुपयोग र लागुऔषध दुव्र्यसनीलाई मूल्याङ्कन गरी बढी आपराधिक घटना भएको स्थानलाई मुख्य प्राथमिकतामा राखिएको छ । कानून र सजाय व्यवस्थाबारे स्थानीय जानकार बनेपछि घरेलु हिंसा, कुटपिटलगायतका घटनामा उल्लेख्य कमी आएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले महिला प्रहरी मोटरसाइकलमा घरघरमा पुगेर अभियान सञ्चालन गरिरहेको जानकारी दिए । दुई वटा मोटरसाइकलमा चार जना महिला प्रहरी यस अभियानमा खटिएका छन् । यसको प्रभाव राम्रो रहेको उनले बताए । उनले भने, “स्थानीय समुदाय र पीडितले खुलेर आफ्ना समस्या राख्न सकेमा अपराध नियन्त्रणमा सहयोग पुग्छ ।”

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE