गलकोट । गाउँपालिकामा पहिलोपटक सडक कालोपत्र शुरु भएको छ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाभर पहिलोपटक रेश जाने सडकको अहिले धमाधम कालोपत्र भइरहेको छ । स्थानीय तह आइसकेपछि गाउँपालिकाले धेरै सडक स्तरोन्नति गरेको भए पनि कालोपत्रको काम काठेखोला गाउँपालिका–७ रेश पुग्ने सडक कालोपत्र गर्न थालिएको छ ।
सो सडकमा गाउँपालिकाकै सबैभन्दा ठूलो गौरवको आयोजना सञ्चालनमा रहेको छ । गाउँपालिकाको केन्द्रदेखि वडा कार्यालय पुग्ने सडक कालोपत्र गर्ने योजनाअनुसार पहिलोपटक रेश जाने सडक कालोपत्र गरिएको गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए ।
गाउँपालिकाको केन्द्रबाट वडा नं ७ रेश पुग्ने सडक पहिलो चरणमा ४०० मिटर सडक कालोपत्र भइरहेको र थप चार किलोमिटर सडक कालोपत्रका लागि धमाधम पूर्वाधार निर्माणको काम भइरहेको थापाको भनाइ छ । “एक हप्ताभित्रै कालोपत्रको पहिलो चरणको काम सकिन्छ, गाउँपालिकामा पहिलोपटक सडक कालोपत्र हुनु खुशीको कुरा हो”, अध्यक्ष थापाले भने, “कालोपत्र सडक भन्दामाथि चार किलोमिटर सडक कालोपत्रका लागि चार महिनादेखि धमाधम पूर्वाधारको काम भइरहेको छ ।” गण्डकी प्रदेश सरकारको रु ८० लाखमा पहिलो चरणमा सडक कालोपत्र भइरहेको छ ।
सङ्घीय सरकार र स्थानीय सरकारको समपुरक बजेटमा सङ्घीय सरकारको ६० प्रतिशत र स्थानीय सरकार काठेखोला गाउँपालिकाको ४० प्रतिशत बजेटमा रेश पुग्ने सडक एक्लेफाँट रेश खोलाबाट चार किलोमिटर सडक कालोपत्रका लागिसमेत पूर्वाधार निर्माण भइरहेको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए ।
लामिछानेका अनुसार आफ्नो कार्यकालमा कम्तीमा वडा कार्यालयसम्म सडक कालोपत्र गर्ने योजना रहेको छ । रु ६ करोड ७१ लाख ४५ हजार ५९८ लागतमा चार किलोमिटर सडकको पाँच महिना अगाडि जोसी निशान आचार्य जेभी निर्माण सेवासँग ठेक्का सम्झौता गरी निर्माण अगाडि बढाइएको छ ।
रेश पुग्ने गरी कालोपत्र गर्न थालिएको दोस्रो चरणको कालोपत्र भने २०७९ जेठ २६ सम्म कालोपत्र भइसक्नुपर्ने छ । अहिले एक्लेखेतदेखि जिरेदीसम्म सडक चौंडा पार्ने, ग्याबिन चिन्ने जस्ता कार्य भइरहेको छ । रेश जाने सडक रेश खोलामा पक्की पुल नहुँदा बर्खामा यातयातका साधन चल्न नसक्ने समस्यालाई ध्यान दिँदै गत वर्षदेखि पक्की पुलसमेत निर्माण थालिएको छ ।
गाउँपालिकाका अनुसार उक्त सडकलाई गाउँपालिकाको गौरवको सडकका रुपमा लिइएको छ । चार किलोमिटर, नाली, कल्र्भट, पर्खाललगायतका संरचना निर्माण भइरहेको छ । उक्त सडक छ मिटरको चौडाइ हुनेछ । रेश जाने सडक झण्डै साढे चार किलोमिटर कालोपत्र हुने र खोलामा पक्की पुलजस्ता विकास निर्माण हुँदा स्थानीयवासी उत्साहित भएका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: