Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

बर्थिङ सेन्टरमा गर्भवतीको आकर्षण

सिमकोट । सुढेनी महिलाको सहायतमा घरमै सुत्केरी हुने परम्परा परिवर्तन हुँदै गएको छ । हिमाली जिल्ला हुम्लाका महिला पछिल्लो समय स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीबाट सुत्केरी सेवा लिन थालेका छन् । सीप नेपालले बनाएको आधारभूत सामुदायिक स्वास्थ्य एकाई र चङ्खेली गाउँपालिकाको सहकार्यमा पिप्पलाङ बर्थिङ सेन्टरको स्थापना भएपछि यहाँका गर्भवती महिलालाई सहज भएको हो ।

चङ्खेली गाउँपालिका वडा नं ४ मा रहेको पिप्पलाङमा असोजदेखि बर्थिङ सेन्टरको स्थापना हुँदा यहाँ आसपासका गाउँका महिलाले नियमित गर्भजाँच गराउन थालेका छन् । पुस १३ गते सोमबार पहिलो पटक एकजना महिलालाई सेवा प्रदान गरिएको पिप्पलाङ बर्थिङ सेन्टरमा कार्यरत स्टाफ नर्स रमिता तामाङले जानकारी दिए ।

बर्थिङ सेन्टरका स्वास्थ्यकर्मीले २५ वर्षीया हजारकला लुवारलाई पहिलो पटक सेवा प्रदान गरेका हुन् । बर्थिक सेन्टर स्थापना हुँदा गाउँका महिलाको आकर्षण बढेको नर्स तामाङले जानकारी दिए । हालसम्म पिप्लाङ बर्थिङ सेन्टरमा आठ महिलाले गर्भ जाँच गराउनुका साथै सोमबार स्वास्थ्यकर्मीको सक्रियतामा एक जनालाई सफलतापूर्वक सुत्केरी गराइएको उनले बताए ।

यस्तै पुस महिनाभित्रै सुत्केरी हुने चारजना महिला रहेको उनीहरु सबै गर्भजाँचका लागि बर्थिङ सेन्टरमा आउने गरेका छन् । वडा नं ४ का नागरीकलाई सेवा प्रदान गर्ने उद्देश्यकका साथ सीप नेपालले सुविधा सम्पन्न बर्थिङ सेन्टर सञ्चालन गरेको छ । गर्भवती महिलालाई गाउँबस्तीमा सहज रुपमा सुत्केरी गराउन यो सुविधा पिप्पाल, पाली, गाउँलगायत महिलाले पहिलो पटक सेवा पाएका हुन् ।

यसअघि यहाँका महिलाले घरमै गाउँका परम्परागत सुढेनीबाट सुत्केरी गराउने गरेको भए पनि अब यसको विस्तारै न्यूनीकरण हुँदै जान लागेको छ । बेथाले निक्कै च्यापेपछि हेलिकोप्टर चार्टर गरेर सुर्खेत, नेपालगञ्ज र काठमाडौँ लाने गरिन्थ्यो तर अब बर्थिङ सेन्टरको स्थापनाले यो समस्याबाट ग्रामीण बस्तीका महिलाले मुक्ति पाउने भएका छन् ।

यहाँका महिलालाई स्वास्थ्य संस्था पुग्नका लागि दुईदेखि तीन घण्टासम्मको पैदल हिँडेर जानुपर्ने अवस्था छ । आमा र बच्चाको स्वास्थ्यलाई ख्याल गर्दै सरकारले वर्षौंदेखि ‘आमा सुरक्षा’ कार्यक्रम सञ्चालन गरिरहेको छ । अस्पतालमा बच्चा जन्माउन प्रोत्साहनस्वरूप रु एक हजार र यातायात खर्चबापत रु ४०० सुत्केरी महिलाले पाउने गरेका छन् । यसले गर्दा स्वास्थ्य संस्थामा गएर दक्ष प्रसूति सेवा लिई सन्तान जन्माउने महिलाको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending