काठमाडौं । अन्नपूर्ण चिनी उद्योगबाट उनले उखुको बक्यौताबापत २४ लाख ६३ हजार रुपैयाँ उठाउन बाँकी थियो तर सर्लाहीको धनकौल गाउँपालिका–७ का किसान नारायण रायले खेती गर्न लिएको १८ लाख रुपैयाँ ऋण तिर्न सकेका थिएनन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - साहुकार र सहकारीको चर्को ब्याजको ऋणको दबाबमा रहेका उनी चिनी मिलबाट बक्यौता उठाइदिन सरकारलाई दबाब दिने उद्देश्यले आन्दोलनका लागि काठमाडौं आएका थिए ।
काठमाडौंको चिसोमा १६ दिनदेखि आन्दोलन गरेपछि सरकार र उखु किसानबीच २१ दिनभित्र बक्यौता उठाइदिने सहमति भयो । किसानले आन्दोलन फिर्ता लिए । तर, सरकारसँग उधारो सहमति गरेको भन्दै असन्तुष्ट नारायण राय यतिका दिन काठमाडौंमा आन्दोलन गर्दा पनि बक्यौता नउठेकोमा दबाबमा थिए । यहीबीच हृदयघातका कारण मंगलबार काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा उनको ज्यान गयो ।
सरकारी तथ्यांकमा रहेको ६६ करोड २१ दिनमा भुक्तानी गर्ने सहमतिअनुसार आन्दोलन स्थगित गरेकोमा उनले फोनमार्फत असन्तुष्टि जनाएको सर्लाहीका प्रदेश सभा सदस्य केदारनन्दन चौधरीले बताए । ‘मलाई सोमबार साँझ फोन गरेको थियो । साथीहरूले आन्दोलन स्थगित गरेर राम्रो गरेनन् । सरकारले यसपटक पनि आश्वासन मात्र दिएको हो, पैसा दिलाउँदैन भनेर उनले चिन्ता पोखेका थिए,’ मंगलबार दिउँसो गंगालाल अस्पताल पुगेका चौधरीले भने ।
आफूले सरकारसँग सम्झौता भएको छ, पैसा पाइहालिल्छ, चिन्ता नगरी सुत्नु भने पनि उनले थप चिन्ता व्यक्त गरेको चौधरीले बताए । ‘बाँकी कुरा भोलि बिहान गरौँला भनेको थिएँ, तर बिहान यस्तो घटना हुन पुग्यो,’ चौधरीले भने ।
उनी काठमाडौं आएयता छिमेकी र आफन्तलाई फोन गरेर सबै पैसा लिएर मात्र गाउँ फर्कने कुरा गर्थे । काठमाडौं केन्द्रित आन्दोलनको दबाबका कारण उनले केही दिनअघि १ लाख ६० हजार रुपैयाँ चिनी मिलबाट आफ्नो बैंक खातामा जम्मा भएको थाहा पाएका थिए । उक्त कुरा उनले आन्दोलनको नेतृत्व गरिरहेका राकेश मिश्रलाई बताएका थिए ।
‘आइतबार दिउँसो माइतीघरस्थित आन्दोलनस्थलमै रायले डेढ लाख खातामा आएको भन्दै खुसी व्यक्त गरेका थिए । बाँकी पैसा नपाएसम्म आन्दोलन गर्नुपर्छ भनेर उहाँ (राय) उत्साहित हुनुहुन्थ्यो,’ मिश्रले भने, ‘तर, आज बिहान दुःखद निधन भएको छ ।’
सर्लाहीका पीडित किसानहरूको नेतृत्वमा २८ मंसिरबाट माइतीघरमा आन्दोलन सुरु गरेका थिए । काठमाडौंकेन्द्रित आन्दोलनका बारेमा रायले दुई–तीन दिनपछि सञ्चारमाध्यमबाट थाहा पाएका थिए । त्यसपछि काठमाडौं आएर आफ्नो पनि ठूलो रकम बक्यौता रहेको भन्दै आन्दोलनमा सहभागी हुन आउने बताएका थिए ।
‘उहाँ हामीभन्दा २–३ दिनपछि मात्र आन्दोलनमा सहभागी हुन आउनुभएको थियो । अधिकांश किसान साथीहरूलाई गौशाला–पशुपति धर्मशालामा राखिएको थियो । उहाँ भने जोरपाटीस्थित कृष्ण मन्दिर आसपासमा बस्नुहुन्थ्यो,’ मिश्रले भने ।
रायको मूल पेसा नै उखुखेती हो । ४–५ वर्षदेखि मिललाई उखु दिए पनि त्यसबापतको पैसा नपाउँदा उनी मानसिक चिन्तामा रहेको उनका आफन्तहरू बताउँछन् । गाउँघरमै उनले चर्को ब्याजमा उखुखेती गर्न र घरव्यवहार चलाउन ऋण लिएका थिए । यसपटक काठमाडौंकेन्द्रित आन्दोलनबाट पैसा आएपछि ऋण तिर्ने उनको योजना थियो ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: