गलकोट । बागलुङ जिल्लाको अति दुर्गम क्षेत्रका गर्भवतीलाई लक्षित गरी सात स्थानमा बर्थिङ सेन्टर स्थापना गरिएको छ । घरमै सुत्केरी हुँदा आइपर्ने समस्याबाट जोगाई आमा र शिशुको स्वास्थ्य सुरक्षा सुनिश्चितता गर्ने उद्देश्यले दुर्गमका सात स्थानमा बर्थिङ सेन्टर स्थापना गरेर सेवा थालिएको छ ।
फेयरमेड र बिवाइसी बागलुङको साझेदारीमा ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सामुदायिक स्वास्थ्य एकाइ ढोरपाटन, ढोरपाटन नगरपालिका–४ खुङ्गा लुकुरवन सामुदायिक स्वास्थ्य एकाइ, निसीखोला गाउँपालिका–५ स्थित निसी सामुदायिक स्वास्थ्य एकाइ, तमानखोला गाउँपालिका–५ स्थित खुङ्खानी स्वास्थ्यचौकी, तमानखोला गाउँपालिका–७ स्थित नर्जाखानी सामुदायिक स्वास्थ्य एकाइ, बडिगाड गाउँपालिका–१० सिसाखानी स्वास्थ्यचौकी र बरेङ गाउँपालिका–१ धुल्लुबाँस्कोट स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना गरिएको छ । तीमध्ये बरेङको धुल्लुबाँस्कोट र बडिगाडको सिसाखानीमा बर्थिङ सेन्टरको औपचारिक शुरुआत हुन बाँकी छ ।
साढे दुई वर्षदेखि बागलुङमा लागू गरिएको ग्रामीण स्वास्थ्य सुधार परियोजनामार्फत सातवटा वर्थिङ सेन्टर स्थापना, आवश्यक उपकरण सहयोगपछि गर्भवती महिलालाई सहज भएको छ । दुर्गम गाउँमा गुणस्तरीय स्वास्थ्य सेवा नहुँदा घरमै सुत्केरी हुने अथवा अस्पताल आउँदाआउँदै बाटोमै सुत्केरी हुने समस्यालाई मध्यनजर गर्दै ग्रामीण स्वास्थ्य सुधार परियोजनामार्फत वर्थिङ सेन्टर स्थापना तथा उपकरण सहयोग गरिएको र यसलाई पालिकाले सञ्चालनमा ल्याउने गरिएको ग्रामीण स्वास्थ्य सुधार परियोजना व्यवस्थापक गणेश बरुवालले जानकारी दिए ।
जिल्लाको तनमाखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा साढे दुई वर्षदेखि, बडिगाड गाउँपालिका, गलकोट नगरपालिका र बरेङ गाउँपालिकामा एक वर्षदेखि लागू गरिएको ग्रामीण स्वास्थ्य सुधार परियोजनाअन्तर्गत स्वास्थ्य संस्थामा उपकरण, पूर्वाधार, बर्थिङ सेन्टर स्थापना तथा प्रयोगशाला स्थापनादेखि नागरिकलाई स्वास्थ्य सचेतना फैलाउने कार्य गर्दै आएको छ ।
दूरदराजमा राज्यको स्वास्थ्य पहुँच कम भएको स्थानमा आवश्यक भौतिक संरचना, उपकरण तथा सचेतनाले निकै सहज पुर्याउँदै जान थालेपछि स्थानीयवासीसमेत उत्साहित भएका छन् । “तीन वर्ष पहिला बागलुङ भ्रमणका क्रममा बाटोमै सुत्केरी भएको अवस्था देखियो”, परियोजना प्रमुख बरुवालले भने, “यस्तो अवस्थामा सुधार ल्याउनका लागि ग्रामीण स्वास्थ्य सुधार परियोजना सञ्चालनमा ल्याएका हौँ ।” बरुवालका अनुसार स्थानीय तहको समन्वयमा सात स्थानमा वर्थिङ सेन्टर स्थापनापछि सञ्चालनमा ल्याइएको हो ।
स्थानीय तहले स्वास्थ्य क्षेत्रमा सुधार गर्न ल्याएको योजनामा ग्रामीण स्वास्थ्य सुधार परियोजना सहयोगी बनेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए । “पालिकामा सीमित स्रोतसाधन छ, स्थानीयवासीको अपेक्षा बढी छ, सबै क्षेत्रमा सम्बोधन गर्नुपर्ने बाध्यता छ”, अध्यक्ष बुढाले जनाए, “यो कार्यक्रम आएपछि हाम्रो उद्देश्य र अभियानमा धेरै सहयोग पुगेको छ, नागरिकलाई स्वास्थ्यको सहज पहुँच पुगेको छ, आगामी दिनमा हामी पनि यस क्षेत्रमा ध्यान दिन्छौँ ।”
गर्भवतीलाई सुरक्षित प्रसूति सेवा दिनका लागि परियोजनाले बर्थिङ सेन्टर स्थापना, स्तरवृद्धि तथा उपकरण सहयोग गर्दै आएको छ भने स्थानीय तहले आवश्यक भौतिक संरचना निर्माण स्तरोन्नति र तालिमप्राप्त स्वास्थ्यकर्मी राख्दै आएको छ । परियोजनाको सहयोगमा बर्थिङ सेन्टर स्थापनापछि निकै सहज भएको स्थानीयवासी बताउँछन् । परियोजनाले प्रत्येक बर्थिङ सेन्टरमा झण्डै रु दुई लाख ५० हजार बराबरको डेलिभरी श्ययासहित ६७ प्रकारका उपकरण सहयोग गरेको परियोजना व्यवस्थापक बरुवालको भनाइ छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: