पेरिस । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ३५ हजार १४८ व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले शुक्रबार अपराह्नमा जानकारी दिएको छ ।
गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ८७ लाख ७ हजार ७८० व्यक्ति सङ्क्रमित भइसकेका छन् । तीमध्ये ३ करोड १९ लाख ४५ हजार ५५० व्यक्ति कोरोना मुक्त भएका पनि एएफपी समाचार समितिले दिएको पछिल्लो अपडेटमा जानकारी दिएको छ ।
कोरोना भाइरसको संक्रमणबाट बिहीबार, एकै दिनमा विश्वभरी ८ हजार ८७५ जनाको मृत्यु भएको छ । छ लाख ८ हजार ८६९ जना नयाँ संक्रमित थपिएका छन् । एएफपीले लिएको पछिल्लो तथ्याङ्ककाअनुसार सबैभन्दा बढी मृत्यु हुने देशहरूमा संयुक्त राज्य अमेरिका, दोस्रोमा भारत र तेस्रोमा र ब्राजिल रहेका छन् ।
अमेरिकामा बिहीबार एकै दिनमा १ हजार २२६ जनाको मृत्यु भएको छ भने भारतमा ६७० र ब्राजिलका ६३० को मृत्यु भ्एको छ । संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३४ हजार ९४४ जनको मृत्यु भएको छ । अमोरिकामा ९६ लाख १० हजार ९६७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
अमेरिकापछि ब्राजिलमा १ लाख ६१ हजार ७३६ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ । यहाँ ५६ लाख १२ हजार ३१९ कोरोना भाइरस सङ्क्रमित रहेका छन् । भारतमा १ लाख २४ हजार ९८५ जनाको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ । यहाँ ८४ लाख ११ हजार ७२४ कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
मेक्सिकोमा यस भाइरसका कारण ९३ हजार ७७२ जनाको मृत्यु भएको छ भने ९ लाख ४९ हजार १९७ जना सङ्क्रमित भएका छन् । संयुक्त अधिराज्यमा ४८ हजार १२० जनाको मृत्यु भएको छ भने ११ लाख २३ हजार १९७ जनाको कोरोना भाइरस संक्रमित भएका छन् ।
चीनमा कोरोना भाइरसबाट ८६ हजार व्यक्ति संक्रमित भए भने ४ हजार ६३४ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो । ल्याटिन अमेरिका र क्यारिबेनमा ४ लाख ८ हजार ७३५ जनाको मृत्यु भएको छ भने १ करोड १४ लाख ८६ हजार ८९६ संक्रमित रहेका छन् ।
युरोपमा २ लाख ९७ हजार ७५७ जनाको मृत्यु भएको छ भने १ करोड १९ लाख २१ हजार ३५५ जना संक्रमित भएका छन् । एसियामा कोरोना भाइरसबाट १ लाख ७४ हजार ९४५ जनाको मृत्यु भएको छ भने १ करोड ८ लाख ७९ हजार ३०० कोरोना भाइरस संक्रमित भएका छन् ।
मध्यपूर्वमा यस भाइरसबाट ६३ हजार २०७ जनाको मृत्यु भएको छ भने २६ लाख ८४ हजार २०३ जना संक्रमित भएका छन् । अफ्रिकामा ४४ हजार २३८ जनाको मृत्यु भएको छ भने १८ लाख ४४ हजार ३८४ जना संक्रमित भएका छन् । ओसियानामा ९४१ जनाको मृत्यु भएको छ भने २९ हजार ८९७ जना संक्रिमित भएका छन् ।
एएफपीले विश्व स्वास्थ्य संगठनको स्रोतबाट बाहिर ल्याएको यस तथ्याङ्कमा सम्भवतः संक्रमणको वास्तविक संख्याको केही अंश मात्र देखाएको एएफपीले जानकारी दिएको छ । धेरै देशहरूले केवल लक्षण वा गम्भीर प्रकारको बिरामीको मात्र परीक्षण गरिरहेका जनाइएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: