Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

सुझाव माग्न गएका सभासदमाथि धनकुटामा कुर्सी प्रहार

५ साउन, धनकुटा । संघीय लिम्बुवान राज्य परिषदका कार्यकर्ताले नेपालको संविधान २०७२ को मस्यौदा माथि सुझाव संकलन भइरहेको ठाउँमा छिरेर सुझाव संकलन कार्य बिथोलेका छन् । धनकुटा सदरमुकामस्थित सामुदायिक भवनमा मंगलबार भएको सुझाव संकलन कार्यक्रममा छिरेर परिषद्का कार्यकर्ताले कुर्सी हानाहान गरेका थिए । उनीहरुले सभासदहरुलाई पनि कुर्सी हानेका थिए । परिषद्का कार्यकर्ताले कुर्सी हान्न थालेपछि प्रहरीले लाठीचार्ज गरेको थियोे । लाठीचार्जबाट परिषद्का तीनजना कार्यकर्ता गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी विभूतिराज पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार घाइतेको अवस्था चिन्ताजनक रहेको छ । उनीहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । सुझाव संकलन भइरहेको ठाउँमा हेल्मेट लगाएर परिषद्का कार्यकर्ता पसेका थिए । उनीहरुले कुर्सी हान्न थालेपछि भागदौड मच्चिएको थियो । परिषद्का केन्द्रीय उपाध्यक्ष ज्ञानबहादुर गुरुङको नेतृत्वमा ४० जनाको समूहमा अान्दोलनकारी परिषद्का कार्यकर्ता संकलन केन्द्रमा पसेका थिए । प्रहरीले लाठीचार्ज गरेपछि १५ मिनेट सुझाव संकलन कार्य रोकिएको थियो । त्यसपछि विशेष सुरक्षाका साथ कार्यक्रम सुचारु गरिएको थियो । संकलनमा आएका सहभागीहरुले परिषद्का कार्यकर्ता छिर्नुमा प्रहरीको कमजोरी रहेको भन्दै आलोचना गरेका थिए । यस्तै, सुझाव संकलन कार्यक्रममा सहभागीहरुले नामाङ्कन तथा भौगोलिक समानता सहितको प्रदेशको सिमाङ्कन गरेरमात्र संविधान जारी गर्नुपर्ने सोमबार र मंगलबार भएको संविधानको मस्यौदा माथि सुझाव दिएका छन् । धनकुटाको निर्वाचन क्षेत्र नं.-२ का लागि सोमबार पाख्रिबास नगरपालिकाको कृषि अनुसन्धान केन्द्रको सभाहलमा र निर्वाचन क्षेत्र नं.-१ का लागि मंगलबार धनकुटा सदरमुकामस्थित सामुदायिक भवनमा आयोजित नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदामाथि सुझाव संकलन कार्यक्रममा सहभागीहरुले नामाङ्कन तथा सिमाङ्कन सहितको प्रदेश संविधानमै उल्लेख नगरिए अर्ध संविधान हुने भएकाले नामाङ्कन र सिमाङ्कन उल्लेख गरि भौगोलिक रुपमा तराई, पहाड र हिमाललाई समान रुपमा विभाजन गर्नुपर्ने सुझाव दिएका छन् । साथै, सहभागीहरुले धार्मिक स्वतन्त्रता हुनुपर्ने, राष्ट्रिय जनावरमा विकल्प खोजिनु पर्ने, राष्ट्रपति, मन्त्री, तथा विभिन्न राजनीतिक पद धारण गर्नलाई शैक्षिक योग्यताको मापदण्ड तोकिनुपर्ने, प्रदेशको संख्या घटाउनु पर्ने लगायतका सुझाव दिएका छन् । संसद सचिवालयको आयोजना तथा जिल्ला प्रशासन कार्यालय धनकुटाको संयोजनमा भएको सुझाव संकलन कार्यक्रममा संविधानसभाका सभासद तथा वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापा, संविधानसभा सभासदहरु टीकाराम चेम्जोङ, मनोहर नारायण श्रेष्ठ, उदय नेपाली सुब्बा, महिन लिम्बू, धनमाया विश्वकर्मा र अन्जना ताम्ली, पूर्वाञ्चल क्षेत्रीय प्रशासक सुरेशप्रकाश आचार्य, धनकुटाका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर लगायतको उपस्थिति रहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending