Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

शीर्ष नेताहरु को कँहा छन्?

\"prachanda,sushil४ साउन, काठमाडौँ । प्रधानमन्त्री सुशील कोइराला बाँकेका चार वटै निर्वाचन क्षेत्रमा सुझाव सङ्कलनमा आज दिनभर व्यस्त रहे ।

‘नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदा’माथि जनताको सुझाव सङ्कलन गर्न आज नेपालगन्ज पुगेका प्रधानमन्त्री कोइरालाले आफ्नो निर्वाचन क्षेत्र बाँके क्षेत्र नं ३ को नेपालगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै जनता नै सबै शक्तिका स्रोत हुन् भन्ने मान्यतालाई अँगालेर संविधान जारी गरिने बताए ।

उनले तराई, पहाड र हिमालमा बस्ने सबै नेपालीको अधिकार सुनिश्चित हुने व्यवस्था संविधानले गर्ने विश्वास दिलाए । प्रधानमन्त्री कोइरालाले भने, \'सङ्घीयताका विषयमा उठाइएका शङ्का निरर्थक हो, संविधान बन्दैन कि भन्ने शङ्का गर्नु पनि भ्रम सिर्जना गर्नु मात्र हो, यी सबै हल्लाको पछि तपार्इंहरू कोही पनि नलाग्नुहोला ।\'

त्यसपछि प्रधानमन्त्री कोइरालाले बाँके क्षेत्र नं १ को कोहलपुर, क्षेत्र नं २ को हिर्मिया र क्षेत्र नं ४ को खजुरामा आयोजित छुट्टाछुट्टै सभालाई सम्बोधन गरेका थिए ।

यता काँग्रेसकै वरिष्ठ नेता शेरबहादुर देउवा काठमाडौँ क्षेत्र नं ३ को सुन्दरीजलस्थित खोख्रेली माविमा आयोजित कार्यक्रममा सहभागी भए । काँग्रेस उपसभापति रामचन्द्र पौडेल तनहुँ क्षेत्र नं २ को दमौलिस्थित उद्योग वाणिज्य सङ्घको हलमा आयोजित कार्यक्रममा सहभागी भए । त्यहाँ उपसभापति पौडेलले जनता तथा विभिन्न सङ्घसङ्स्थाका सुझाव लिएका थिए ।

एमाले नेताको व्यस्तता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आफ्नो झापा क्षेत्र नं ७ को दमकमा आयोजित कार्यक्रममा जनताको राय सुझाव लिन व्यस्त भए । अध्यक्ष ओली आजै दमकमा पत्रकार भेटघाटमा पनि गए । सो अवसरमा नेता ओलीले चार दलबीचको १६ बुँदे सहमतिको मर्म र भावनाअनुसार नै संविधान जारी गरिने बताए ।

एमालेकै वरिष्ठ नेता झलनाथ खनाल इलामको क्षेत्र नं १ स्थित सूर्याेदय नगरपालिकामा आयोजित सुझाव सङ्कलन कार्यक्रममा तथा अर्का नेता माधवकुमार नेपाल रौतहटको क्षेत्र १ स्थित गौर नगरपालिकामा आयोजित कार्यक्रममा व्यस्त रहे । केही मधेसकेन्द्रित दलको अवरोध र आक्रमणको प्रयासका बीच उनि दिनभर कार्यक्रमस्थलमा रहे ।

एमाओवादी नेता पनि व्यस्त एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल भारतबाट फर्किएलगत्तै सिरहा क्षेत्र नं ५ मा जनताको सुझाव सङ्कलनमा सहभागी भए । उनले सीमाङ्कन र नामाङ्कनसहितको संविधान जारी गर्न आफ्नो दल तयार रहेको बताए ।

नेता दाहालले जनताको माग र चाहनाअनुसार नै संविधान जारी हुने र सकेसम्म सबै पक्षलाई मिलाएर लैजान प्रमुख चार राजनीतिक दल तयार रहेको समेत जानकारी गराएका थिए ।

त्यस्तै एमाओवादीका नेता डा बाबुराम भट्टराई गोरखा क्षेत्र नं १ स्थित गोरखा बजारको हरमटारीको कभर्ड हलमा आयोजित जनमत सहभागी भए । सो स्थानमा एमालेका सभासद् केशवप्रसाद बडाल पनि सहभागी भए ।

सो अवसरमा नेता डा भट्टराईले जनताको मागअनुसार नै संविधान निर्माण हुन लागेकाले सक्दो सहयोग गर्न आग्रह गरेका थिए । उनले सम्झौताको संविधान बन्ने भएकाले सबै पक्षको भावना पूरापूर रुपमा समेटिन नसकिने भए पनि जनताको धेरै अधिकार संस्थागत हुने विश्वास दिलाए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending