सर्लाही । सर्लाहीमा बेग्ला बेग्लै भएको सवारी दु्र्घटनामा परी १६ जना घाइते भएका छन् भने दुईको अवस्था गम्भिर रहेको छ ।
हरिपुर न.पा. ३ फरहदवा स्थित नबलपुर मलंगवा सडकखण्डमा नबलपुरबाट मलंगवातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ह ००३९ न. टेम्पु र विपरित दिशाबाट आउँदै गरेको बा २० च ४७४८ न. पिकअप भ्यान एक आपसमा ठक्कर खाँदा टेम्पुमा सवार १० जना घाइते भएका छन् । घाइते हुनेहरुमा टेम्पु चालक हरिपुर न.पा. ६ बस्ने वर्ष४२ का राजगिर चौधरी , सोही ठाउँ बस्ने वर्ष ३५ की जानकी देवी चौधरी, वर्ष ४० की दुःखनी देवी चौधरी, वडा नं. २ बस्ने वर्ष ३५ की अञ्जली महतो, वर्ष ४५ की संगीता चौधरी, वर्ष ४० की सुशिला चौधरी, वर्ष ३५ की सावित्री देवी चौधरी, वर्ष ४५ की माल्ती देवी चौधरी, हरिपुर न.पा. ६ बस्ने वर्ष ३० की किसुन देवी चौधरी वडा नं. २ बस्ने वर्ष ३५ की सुभगिया देवी चौधरी रहेका छन् । घाइतेहरु १० जना मध्ये दुःखनी देवी चौधरी ,अञ्जली महतोको सर्लाहीको प्राथमिक उपचार पश्चात थप उपचारको लागि बिरगंज रिफर गरिएको छ भने संगिता चौधरीलाई लालगढ पठाइएको ईलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ । त्यस्तै अन्य घाइतेहरुलाई मलंगवा अस्पतालमा पठाइएको र दुर्घटना ग्रस्त सवारी साधन ईलाका प्रहरी कार्यालय हरिपुरको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए ।
त्यस्तै बिहिवार बागमती न.पा. ३ धरहरा चोक स्थित नयारोड बरहथवा सडक खण्डमा नयाँरोड बाट बरहथवातर्फ जादै गरेको ना.३ ख. ४१५० नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको प्र.२ –००३–००८ प. ९०७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा तीन जना घाईते भएका छन् । घाइते हुनेहरुमा प्र.२–००३–००८ प. ९०७ नम्बरको मोटरसाइकल.चालक हरिपुर न.पा. १ बस्ने बर्ष १९ को दिपेश चौलागाई सोही मोटरसाइकल पछाडि सवार हरिपुर १ कैे बर्ष २४ को श्रवण सिंह, ना. ३ ख. ४१५० नम्बरको मोटरसाइकल चालक बाग्मती न.पा. ३ बस्ने बर्ष ५२ को मन बहादुर थिङ रहेका छन् । घाइतेहरु मध्ये श्रवण सिंहको अवस्था चिन्ता जनक रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिनुभयो ।
यसैगरी गए साझ बरहथवा न.पा वडा नं. १२ पुरैनिया स्थित मधुबनि नाँया सडक खण्डमा मधुबनि बाट बरहथवा तर्फ आउदै गरेको ना२–०२–००२प ८२८१ नं.को मो.सा.र बिपरित दिशा बाट जाँदै गरेको ना१२प १३९५ नं.को मो.सा.एक आपसमा ठक्कर दिदाँ तिन जना घाइते भएका छन । घाइते हुनेहरुमा ना२–०२–००२प ८२८१ नं.को मोटरसाइकल चालक धनुषा जिल्ला स्थित मिथला बिहारी न.पा.–६ पछायारी टोल बस्ने बर्ष २५ को रबि मुखियाको, ना१२प १३९५ नं.को मोटरसाइकल.चालक बरहथवा न.पा.१२ लौकठ बस्ने बर्ष ६० को राम स्वरुप साह, सोहि मोटरसाइकलमा सवार रहेको साहको नाति बर्ष २ को नितेश साहको रहेको छ । घाइते तिनै जनाको प्राथमिक स्वासथ्य केन्द्र बरहथवामा उपचार भैरहेको प्रहरीले जानकारी दिए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: