Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

एक खेप इँटा बोकेको पहिला ५ अहिले ३ रुपैयाँ

दृष्य १
काठमाडौं । रानीपोखरीसँगै जोडिएको अशोकवाटिका किनारको फुटपाथमा हरेक बिहान मानिसहरूको भिड हुन्छ । थर्मसमा चिया बेच्नेदेखि पत्रिकाका हेडलाइन चिच्याउँदै पत्रिका बेच्नेहरू यहाँ जम्मा हुन्छन् । यो स्थानलाई कोही रत्नपार्क भन्छन्, कोही भोटाहिटी चोक भन्छन्, कोही रानीपोखरी पनि भन्छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - तर, केही मानिसका लागि भने यो ‘मजदुर चोक’ हो । लेबर चोक हो । हरेक बिहान यो चोकमा मजदुरको बोली लाग्छ । ठेकेदारहरू आउँछन्, मजदुरको मोलमोलाइ गरी लिएर जान्छन् ।

क्याप टोपी, काँधमा सानो झोला र खुट्टामा गम बुट भिरेका सुमन लामा (३२) सडक किनारको बारमा बसेर आफ्नो बोली लाग्ने मौका कुरेर बसेका छन् । धादिङ झोर्लाङका लामा हरेक दिन यसरी नै मजदुर चोकमा आउँछन् । मोलमोलाइ मिल्यो भने काममा जान्छन् । ‘कहिले काम पाइन्छ, कहिले पाइँदैन,’ उनी सुनाउँछन् । काम पाइएन भने ? ‘कोठामै फर्किन्छु,’ विकल्पहीन जवाफ छ उनीसँग ।

झोंछेमा १५ सय रुपैयाँमा मासिक भाडा तिरेर बस्छन् उनी र उनको तीन जनाको परिवार । गाउँ छाडेर ४ वर्षअगाडि उनी विदेश जान भनेर काठमाडौं छिरेका हुन् । ‘खर्च जुटाउन सकिएन,’ अरू कसैले सुन्छ कि झैँ गरेर उनले बिस्तारै भने । विदेश जाँदा लाग्ने खर्च नभएपछि उनी निर्माण मजदुरको काम गर्न थाले । गाउँबाट श्रीमती र छोरा पनि बोलाए ।

परिवार पनि सहर आएपछि आर्थिक भार बढ्यो । तर, आम्दानी बढेन । आम्दानी बढाउन उनले श्रीमतीलाई अर्काको घर–घर गएर भाँडा, लुगा धुने काममा लगाए । कोरोना कहर सुरु भएसँगै लामाकी श्रीमतीको काम खोसियो । लकडाउन अवधिभर लामाको पनि काम रोकियो । राहत र स्वयंसेवीहरूले दिएको अन्नको भरमा लामाको परिवारले लकडाउन कटायो ।

‘कति छाक त भोकै बसियो, भो कुरै नगरौँ,’ उनले प्रसंग बदल्न चाहे । लकडाउनले काम खोसिँदा भोकै परेको लामाको परिवारले घरबेटीबाट बारम्बार कोठाबाट निकालिने धम्की खेप्नुपर्‍यो । कोरोना कहरमाथि घरबेटीको कहर थपियो ।
‘यस्तै हो हजुर ! भोकै बस्ने, गाली, धम्की खाने बानी परिसक्यो,’ उनी सामान्यीकरण गर्दै भन्छन् ।

‘प्लास्टर गर्ने मिस्त्री छ कोही ?’ भिडमा कसैले सोध्यो ।
बसिरहेको बारबाट हतार–हतार ओर्लिंदै लामाले भने, ‘म छु हजुर !’
‘मिटरको सय रुपैयाँ । काम राति गर्नुपर्छ ।’ ठेकेदारले काम सम्झायो ।
‘हुन्छ हजुर !’ लामाले काम पाए । ठेकेदारको फोन नम्बर लिएर उनी कोठा जान भनेर हिँडे । जाँदा, जाँदै उनले भने, ‘यसरी नै चल्छ गुजारा ।’
दृष्य २

भक्तपुर, जगातीको गणेश इँटाभट्टामा काँचो इँटा ओसारिरहेकी छिन्, कामना बुढा । इँटाभट्टामा काम गरेको यो उनको पहिलो अनुभव हो । ‘अन्न सकिएपछि काम गर्न आएको,’ निधारको पसिना पुछ्दै उनले सुनाइन् ।

२१ वर्षीय कामना आफ्ना श्रीमानसँग बस्थिन् । श्रीमान् ज्यामी काम गर्थे । कामना घरमै बच्चा स्यहार्थिन् । लकडाउन भएपछि श्रीमान्को काम खोसियो । कोठाको अन्न सकिन थाल्यो । पसलेले उधारो दिन छाडे । घरबेटीले भाडा माग्न थालेपछि कामना ५ वर्षे बच्चा कोठामा छाडेर इँटा बोक्न आइन् ।

रोल्पा थवाङकी कामनालाई इँटा बोकेर कति रुपैयाँ आम्दानी हुन्छ भन्ने पनि थाहा छैन । ‘खाना सक्केर आको, कति दिन्छन् थाहा छैन । खाना पुग्ने पैसा त दिन्छन् होला नि !’
दोलखाकी लक्ष्मी ढुंगेल पनि कोठामा खाना सकिन थालेपछि इँटा बोक्न आएकी छिन् । दुई बच्चाकी आमा उनी एकल आमा हुन् । घरमा भाँडा माझ्ने, लुगा धुने काम गर्ने लक्ष्मीले काम पाउन छाडेपछि इँटा बोक्न सुरु गरेकी हुन् ।

‘महिनौं भइसक्यो काम नभएको, बच्चा पाल्नैपर्‍यो,’ चर्को घाम, मान्छे नै ढाक्ने गरी उडेको धुलो अनि कोरोना कहरमा काम गरिरहेकी लक्ष्मीले मास्कसमेत लगाएकी छैनन् । चार हजार रुपैयाँ कोठाभाडा तिर्न नसकेको सुनाउँदै लक्ष्मी भन्छिन्, ‘खाने माना छैन, कोठाभाडा मागेका माग्यै छन् । भात खानु कि भाडा तिर्नु ?’

इँटाको चाङले घेरिएको सानो छाप्रो अगाडि उभिएकी पुनिकला इँटाको धुलो टकटक्याउँदै छिन् । भर्खरै मात्र हो, उनको काम सुरु भएको । यसअघिको लकडाउनमा उनले इँटा बोक्ने कामबाट फुर्सद पाइन् । त्यो फुर्सदले उनलाई आराम होइन, सास्ती दियो । लकडाउनले काम रोक्यो । आम्दानी पनि रोकियो । पुनिकला जस्ता मजदुरका लागि आम्दानी रोकिनु गाँस रोकिनु हो ।

रोल्पा घर्ती गाउँकी पुनिकला मगर दुई वर्षअघि श्रीमानको मृत्यु भएपछि काठमाडौं आइन् । ‘बड्डाको उपचार गर्दा लागेको रिन पखालौँ भनेर आको,’ पुनिकलाले भनिन् । ४२ वर्षीया पुनिकलाले श्रीमानको उपचार गर्दा लागेको रिन अझै तिर्न सकेकी छैनन् ।

अहिले काम सुरु भए पनि पहिलेभन्दा कम ज्याला पाइन्छ । पहिला एक खेप इँटा बोकेको ५ रुपैयाँ पाइन्थ्यो । अहिले तीन रुपैयाँ । यति थोरै ज्यालामा पेट पाल्ने कि ऋण तिर्ने उनले निक्र्योल गर्न सकेकी छैनन् ।

‘खाने माना त पुग्दैन, यो रुप्पेले । घाममा सुकाएजस्तो हुने भो मान्छे त,’ पुनिकला सुनाउँछिन् । रिन तिर्ने पैसा कमाउन आएकी पुनिकलाले आफ्नो सानो छोरा गाउँमै छाडेर आएकी छिन् । ‘बुढी आमाको भरोसामा बच्चा छाडेर आको,’ चुरोटको धुवाँ उडाउँदै पुनिकला भन्छिन्, ‘फुनमा बच्चाको स्वर सुनेर डाँको हालेर रुन मन लाग्छ ।’

एकातिर ऋण, अर्कोतिर बच्चाको माया त्यसैमाथि भोको पेटसँग संघर्ष गरिरहेकी पुनिकला सुनाउँछिन्, ‘खुराकै नपुगेर मर्ने भो, रिन त क्यारी तिर्न सकिएला र यो जुनीमा ?,’ रोल्पाली लवजमा पुनिकला भन्छिन्, ‘रिन तिर्न पनि त बाँच्नुपर्‍यो ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: