Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

ग्यास सिलिन्डरको धरौटी शुल्क २१ सय

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले सबै ब्रान्डको ग्यास सिलिन्डरको एउटै मूल्य हुने गरी धरौटी रकम २ हजार १ सय रुपैयाँ निर्धारण गरेको छ । यसअघि उद्योगले आफूअनुकूल धरौटी रकम निर्धारण गर्दै आएका थिए ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - जसकारण अस्वस्थ प्रतिस्पर्धा भई डिलरहरूले धेरै ग्यासको सिलिन्डर लुकाइदिने र बढी मुनाफा भएको सिलिन्डर बिक्री गर्न जोड दिने गरेका थिए । संघले एक निर्णय गरी सोमबारबाट नयाँ सिलिन्डर लिँदा उपभोक्ताले २ हजार १ सय रुपैयाँ मात्र तिर्नुपर्ने व्यवस्था गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

त्यस्तै, नयाँ सिलिन्डर खरिद गरेको बिल अनिवार्य रूपमा लिएर राख्न पनि संघले आग्रह गरेको छ । ‘उपभोक्ताले सिलिन्डर खरिद गर्दा अनिवार्य रूपमा सम्बन्धित उद्योगको धरौटी रसिद विक्रेता (डिलर) मार्फत लिनुपर्नेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘रसिद नलिइएका सिलिन्डरहरूको जवाफदेही तथा दायित्व उद्योगले लिनेछैन ।’

यस्तो निर्णयपछि अब जुनसुकै कम्पनीको सिलिन्डरसहित ग्यास खरिद गर्दा उपभोक्ताले समान रकम भुक्तानी गर्ने अवस्था सिर्जना भएको छ । अहिले ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ३ सय ७५ रुपैयाँ कायम छ । यसर्थ, ग्याससहित कुनै पनि ब्रान्डको नयाँ सिलिन्डर खरिद गर्ने जुनसुकै उपभोक्ताले ३ हजार ४ सय ७५ रुपैयाँ भुक्तानी गर्नुपर्नेछ ।

संघको २३ भदौमा सम्पन्न भर्चुअल २५औँ वार्षिक साधारणसभाले यस्तो निर्णय गरी कार्यान्वयन गर्न डिलरहरूलाई आग्रह गरेको हो । ग्याससहित नयाँ सिलिन्डर बिक्री गर्दा डिलरहरूलाई प्रतिसिलिन्डर १ सय रुपैयाँ ह्यान्डलिङ खर्च उपलब्ध गराउने निर्णयसमेत भएको छ ।

खाली सिलिन्डर लिएर आउने उपभोक्तालाई भरिएको सिलिन्डर बिक्री गर्दा डिलरहरूले प्रतिसिलिन्डर ३२ रुपैयाँ कमिसन पाउँदै आएका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies