Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

चीनले नेपाली भूभागमै सामान ल्याई दिने

रसुवा। चीनले अब नेपाली भूभागमै सामान ल्याइदिने भएको छ । यसअघि रसुवागढी नाकाको मितेरी पुलको बीचमा सामान ल्याई झारिदिने गरेकोमा अब नेपाली भूभागमै ल्याइदिने भएको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - अक्टोबर ४ अर्थात् आइतबारदेखि नेपाली भूभागमै सामान ल्याइदिने चिनियाँ पक्षले बताएको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख पुण्यविक्रम खड्काले बताए । त्यसका लागि नेपाली पक्षले व्यवस्थापनको काम पूरा गरेको छ ।

रसुवागढी नाकाको सय मिटरमा रेखांकनको काम सम्पन्न भएको उनले बताए । रेखांकनको डिजाइन चीनले नै दिएको थियो ।

‘१० मिटर बराबर गाडी राख्ने ठाउँलाई एउटा रंगले रेखांकन गरिएको छ भने सामान झार्ने ठाउँमा अर्को रंगले रेखांकन गरिएको छ, त्यसैगरी चिनियाँ गाडी आएर बस्ने ठाउँमा अर्को रंगले रेखांकन गरिएको छ, नेपाली गाडी बस्ने ठाउँ अर्को रंगले रेखांकन गरिएको छ,’ खड्काले भने, ‘चिनियाँ गाडी आएर आफ्नै ठाउँमा बस्छ, नेपाली गाडीमा नेपाली कामदारले लोड गर्नेछन् ।’

मार्किङ गरिएको पहेलो रंगले घेरिएको ठाउँमा चिनियाँ गाडी राख्ने, निलो रंगले घेरिएको ठाउँमा चिनियाँ पक्षले सामान झारिदिने र बीचमा थोरै खाली ठाउँ रहनेछ । एकैपटक आएका चिनियाँ पाँचवटा गाडी राख्नलाई पाँचवटै गोलाकार बनाइएको छ । त्यसैगरी नेपाली सवारी राख्न छुट्टै बनाइएको छ ।

चिनियाँ पक्षले एकपटकमा ल्याएको पाँच गाडी सामान झारेर फर्किएपछि नेपाली कन्टेनर र कामदारले सामान लोड गर्नेछन् । सामान लोड गरिसकेपछि पुनः चिनियाँ पक्ष सोही स्थानमा आएर डिसइन्फेक्सन गर्छन् र पुनः चिनियाँ पाँचवटा सवारीमा सामान ल्याएर झार्छन् । चिनियाँ एउटा सवारीमा आएको सामान नेपाली दुईवटा सवारीमा राखिँदै आएको छ ।

भन्सार प्रमुख खड्काले भने, ‘चिनियाँ पक्षले सामान अनलोड गर्दा त्यो एरिया आइसोलेटेड हुन्छ, त्यहाँ नेपाली कोही हुँदैनन् । उनीहरू फर्किएपछि मात्र हाम्रोतर्फबाट सामान लोड हुन्छ, हाम्रो सामान लोड भइसकेपछि पुनः उनीहरूले डिसइन्फेक्सन गर्नेछन् ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: