Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

आजबाट आन्तरिक उडान सुरु, यस्ता छन् यात्रु र उडान नियम

काठमाडौं । कोरोना महामारीका कारण रोकिएको आन्तरिक उडान आजबाट शुरु हुँदैछ ।

गत चैत ११ गतेदेखि आन्तरिक उडानमा प्रतिबन्ध लागेको थियो । नागरिक उड्डयन प्राधिकरणले आइतबार काठमाडौंसहित देशभरका सबै विमानस्थलका लागि ९ वटा वायुसेवा कम्पनीहरुलाई उडान तालिकासहित अनुमति दिएको छ ।

सोमबारका दिन काठमाडौं, विराटनगर, पोखरा, नेपालगन्ज, सुर्खेतबाट ५४ वटा उडानलाई अनुमति दिइएको छ ।

  1. बुद्ध एयर ७
  2. यति एयर ११
  3. नेपाल वायुसेवा निगम ८
  4. श्री एयरलायन्सलाई ६
  5. तारा एयर ५
  6. समिट एयर ४
  7. सीता एयर २
  8. सिम्रिक एयर १

जम्मा ५४

सौर्य एयरलायन्सलाई उडान अनुमति दिएको छैन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यी वायुसेवालाई माघ–चैतमा पाएको उडान अनुमतिको हिस्साका आधारमा २५ प्रतिशतमात्रै उडान तालिका स्वीकृत गरेको हो ।
दुई दर्जन हाराहारी विमानस्थल खुला हुने बताए ।

खुल्ला हुने विमानस्थल

भद्रपुर, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगन्ज, धनगढी, साफेबगर, बाजुरा, हुम्ला, जुम्ला, रारा, डोल्पा, जोमसोम, सुर्खेत, रुकुम, लुक्ला, फाप्लु, खानिडाडा, भोजपुर, लामिडाडा, ताप्लेजुङ

पिसिआर अनिवार्य छैन

आन्तरिक उडानमा सबै वायुसेवाले जहाजको यात्रु क्षमताअनुसार, टिकट बिक्री गर्न पाउनेछन् । तर, पीसीआर लगायतका जाँच अनिवार्य गरिएको छैन । विमानस्थलमा यात्रुहरुले अब आफू स्वस्थ्य रहेको फारमसहित विस्तृत विवरण भरेर बुझाउनु पर्ने नियम छ । त्यस्तै पहिलेको दाँजोमा उडान सयम भन्दा कम्तीमा दुईदेखि डेढ घन्टाअघि नै विमानस्थल पुग्नु पर्ने छ । हाते झोलबाहेक पहिले जस्तो लगेज साथै लैजान रोक लगाइएको छ । घरपालुवा जनावर पनि हाललाई ओसारपोसारमा रोक लगाइएको छ । वायुसेवाहरुले ७० वर्षभन्दा माथि उमेर भएका, दीर्घरोगी, गर्भवती महिलालाई सकभर यात्रा नगर्न सुझाएको छ ।

खाजामा रोक, मास्क अनिवार्य

यसअघि विमानभित्र प्राप्त हुने पत्रपत्रिका, खाजा, पानी लगायतका सुविधा हाललाई रोक लगाइएको छ । विमानस्थलमा यात्रुको तापक्रम अनिवार्य जाँच हुनेछ भने यात्रुले मास्क लगाउनु पर्ने नियम पनि अनिवार्य बनाइएको छ ।

निरिक्षण कमिटि

प्राधिकरणले वायुसेवा र यात्रुहरुले संक्रमण रोकथामका उपाय अबलम्बन गरे नगरेको अनुगमन गर्न सबै विमानस्थलमा प्रमुखसहित शुरक्षा निकायसहितको सहभागितामा निरीक्षण गर्न कमिटी बनाएको छ । यो कमिटीले विमानस्थल खुला भएपछि निगरानी गर्ने छ । प्राधिकरणले एक सातापछि अहिलेको जारी १० दिनको उडान तालिकालाई वायुसेवा कम्पनीको मागको आधारमा थपघट गर्दैअर्को तालिका सार्वजनिक गर्नुपर्ने छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: