सप्तरी । लड्न आँटेको फुसको जीर्ण झुप्रो । झुप्रोमा न ढोका न खाट । हप्तौँदेखि चुलो नबलेको भान्सा । चारैतिर झार ढपक्क उम्रेको र आँगनमा घास भरिभराऊ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - कसैको घरको अवस्था यसभन्दा कहालीलाग्दो सायदै हुन्छ । तैपनि घर पुग्दा शिवचन्द्र सदा र उनकी पत्नी मिलियादेवीको मुहारमा खुसी थियो र नयाँ जीवन पाएको हर्ष ।
छिमेकीको कुटाइबाट घाइते भई अस्पताल भर्ना भएका र बिल तिर्न नसकेपछि अस्पतालले बन्धन बनाएका शिवचन्द्र सदा र उनकी पत्नी मिलियादेवीको बुधबार उद्धार भयो । अन्यायमा परेको दम्पती नै बन्धक भएको समाचार प्रकाशित भएसँगै उनीहरु मुक्त भएका हुन् ।
एम्बुलेन्स चढेर ५७ औं दिनमा घर पुग्दा उनीहरूले हर्षका आँसु झारे । शिवचन्द्र र उनकी श्रीमती धेरैबेर भक्कानिए । उनको घर–आँगनमा जम्मा भएका अरू हेरेकोहेरै भए । सन्नाटा नै छायो । तर, दम्पती घर पुग्दा छिमेकका केही केटाकेटी आँगनमा रहेको घाँस सफा गर्दै थिए ।
निरन्तरको झरीले बाँसको टाटीमा माटोले लिपेर बनाएको जीर्ण घरमा पुगेपछि दम्पतीले छोराछोरी खोजे । तर, केटाकेटी घरमा केही खानेकुरा नभएर मावली गएका थिए ।
छिमेकी रामपरी सदाका अनुसार मामाघरकी हजुरआमाले तीन नातिनातिनालाई लिएर गएकी थिइन् । बा–आमा घाइते भएर अस्पताल गएपछि उनका छोराछोरीले छिमेकीकहाँ मागेर पेट पालेका थिए । छिमेकीले समेत खान दिन छाडेपछि उनीहरू हजुरआमासँग मावली गएका थिए ।
छिमेकीबाट छोराछोरीको सबै हालखबर बुझेपछि थकित शिवचन्द्र आराम चाहन्थे, पुग्नेबित्तिकै बाँसको भाटाले बनाएको खाटमा पल्टे । छिमेकी भेला भएर पछिल्लो हालखबर बुझ्दै थिए । तर, के–कसो भयो भनेर कसैले सबै जान्न चाहेनन् । सबै छिमेकी घटनाबाट जानकार नै थिए । घरमा खानेपानीको कल थिएन । मिलियादेवी छिमेकीको घरमा नुहाउन गइन् ।
ठूलो संघर्ष जितेर सदादम्पती घर त पुगे । तर, मनभरि चिन्ता र भय छ । घरमा खानलाई एक मुठी अन्न छैन, के खाएर ज्यान पाल्ने ? यो चिन्ता त छ नै । फेरि पापी छिमेकीको आक्रमण हुने कि भन्ने भय पनि उत्तिकै छ । केहीबेरको आरामपछि शिवचन्द्रले भने, ‘अस्पतालबाट त जसोतसो आइयो, अब के खाएर बाँच्ने ?’
एकैछिन टोलाएपछि शिवचन्द्रको आँखाबाट फेरि आँशु झर्यो । उनको आँखाले छोराछोरीको अनुहार हेर्न खोजेका थिए । तल मुन्टो लगाएर भने, ‘केटाकेटीको मावली सीमावर्ती भारतीय गाउँ लालपुर छ । अब तिनीहरूलाई कसरी घर फर्काउने ? घरमा सुरक्षा हुन्छ कि हुँदैन, डरैडर छ ।’
सप्तरीको महुली गाउँका शिवचन्द्र सदा र उनकी पत्नी मिलियादेवीलाई गत ५ साउनमा छिमेकीले निर्घात कुटेका थिए । बाँसको भाटाले प्रहार गर्दा शिवचन्द्रको टाउको फुटेको थियो । उनकी श्रीमती पनि गम्भीर घाइते भएकी थिइन् ।
घाइते दम्पतीलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन हस्पिटल लगिएको थियो । तर, उपचारमा एक लाख ९० हजारको बिल आयो । गरिब सदादम्पती यो बिल तिर्न सक्ने अवस्थामा थिएनन् । बिल नतिरेपछि अस्पतालले बन्धन बनायो । विपन्न र बेखर्ची सदादम्पती अन्य बिरामीका आफन्तले दिएको खाना खाएर अस्पतालमा दिन कटाइरहेका थिए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: