काठमाडौं । कोभिड–१९ को संक्रमण बढेपछि करिब ६ महिनादेखि बन्द सार्वजनिक यातायात असोजदेखि खुल्ने आमअपेक्षा छ । तर, सरकारले यस विषयमा कुनै निर्णय गरेको छैन ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - यातायात खुलाउने विषयमा सरकारले कुनै निर्णय नगरे पनि यातायात व्यवसायी र श्रमिकहरूले भने १ असोजदेखि लामो, मझौला, छोटो र स्थानीय रुटका सवारीसाधन चलाउने भएका छन् । शुक्रबार यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर व्यवसायी र मजदुर अगुवाहरूले लामो, मध्यम, छोटो दूरी र स्थानीय रुटमा सम्पूर्ण यातायात साधन सञ्चालनको निर्णय गर्न माग गर्दै यस्तो जानकारी दिएका छन् ।
भेटमा मन्त्री नेम्वाङले सवारीसाधन सञ्चालनको विषयमा सकारात्मक भए पनि निर्णय आफूले गर्न नसक्ने बताएका थिए । सरकारको माथिल्लो संयन्त्र सिसिएमसी र प्रधानमन्त्रीसमक्ष यातायात खुलाउनेबारे प्रस्ताव लैजाने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
सवारीसाधन खुलाउने वा नखुलाउने विषयमा अहिले छलफल भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । ‘विभागले जहाँजहाँ कोरोनाको प्रभाव कम छ, त्यस्ता ठाउँमा स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गरी सञ्चालन गर्नुपर्छ भन्ने हो,’ महानिर्देशक हमालले भने, ‘खुलाउने वा नखुलाउने निर्णय मन्त्रिपरिषद्को बैठकले गर्नेछ ।’
तर, सरकारले निर्णय नगरे श्रमिक र व्यवसायीले स्वस्फूर्त रूपमा सवारीसाधन सञ्चालन गर्ने सरकारलाई बुझाएको निवेदनमा उल्लेख छ । त्यस्तै, विदेशबाट फर्किएका हवाई यात्रुलाई गन्तव्यसम्म पुर्याउन होल्डिङ सेन्टरमार्फत यातायात व्यवस्थापन गर्दा लाखौं अनियमितता भएको भन्दै छानबिन गर्न पनि व्यवसायीहरूले अनुरोध गरेका छन् ।
६ महिनादेखि बेरोजगार यातायात व्यवसायीलाई सरकारले राहत पनि दिन नसक्ने बताइसकेको र निषेधाज्ञाको विकल्प नदिएपछि सवारीसाधन सञ्चालन मात्र विकल्प रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए । उनले भने, ‘लामोदेखि स्थानीयसम्मको रुटका सवारी सञ्चालन गरिने र सबै प्रकारका सवारीसाधन चलाउनेछौँ ।’
सरकारले गत २६ असारमा काठमाडौं उपत्यकाभर र जिल्लाभित्र मात्र सवारी चलाउन पाउने निर्णय गरेको थियो । व्यवसायीले भने ८ साउनदेखि सरकारको निर्णय पालन गरी सवारी चलाएका थिए ।
तर, संक्रमण बढेपछि जिल्लाभर मात्र सञ्चालनमा रहेका साधन पनि २७ साउनको मन्त्रिपरिषद्को निर्णयमार्फत रोकिएको थियो । मन्त्रिपरिषद्को निर्णयले भदौ मसान्तसम्म सार्वजनिक सवारीसाधन चलाउन नदिने निर्णय गरेको थियो । जुन अब ४ दिन मात्र बाँकी छ ।
लामो समयदेखि बन्द हुँदा लामो दूरीका सवारीसाधन काम नलाग्ने गरी विभिन्न पार्टपुर्जा बिग्रिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बताएको छ । ‘दैनिक सञ्चालन हुने मेसिन ६ महिनादेखि काम नगरी राखेपछि के हालत भयो होला,’ महासंघका महासचिव सरोज सिटौलाले भने, ‘अहिले अति नै संवेदनशील पार्टपुर्जा कुहिन थालेको छ ।’
उपत्यकामा १६ सिटमुनिका सवारी सञ्चालन खुला गर्न माग
यातायात व्यवसायी तथा श्रमिकका अगुवाले काठमाडौं उपत्यकामा १६ सिटमुनिका सवारीसाधन सञ्चालन खुला गर्न माग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर, ललितपुरले २४ भदौमा गरेको निर्णयअनुसार २५ भदौदेखि कार्यान्वयन हुने गरी १६ सिटमुनिका साना र मझौला सवारीसाधन (माइक्रोबस, टेम्पो) सञ्चालनमा रोक लगाएको छ । यो निर्णय अव्यावहारिक र विभेदकारी रहेकाले १६ सिटमुनिका सवारीसाधनलाई पनि सञ्चालनका लागि अनुमति दिन उनीहरूको माग छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: