काठमाडौँ । देशभरमा पछिल्लो २४ घण्टामा एक हजार ८१ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएका नयाँ सङ्क्रमितमध्ये ७४३ पुरुष र ३३८ महिला छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल देशभरमा सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार २५ रहेको जानकारी दिए । हालसम्म नेपालमा जम्मा सङ्क्रमित ४९ हजार २१९ छन् । आज विभिन्न जिल्लामा गरी ९१८ व्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ३३ हजार ८८२ छ । नेपालमा जम्मा सङ्क्रमितमध्ये निको हुने ६८ दशमलव आठ प्रतिशत पुगेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार १६७ नमूना परीक्षण भएको थियो । हालसम्म सात लाख ९९ हजार ३४१ नमूना परीक्षण भइसकेको छ । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या पाँच हजार ४८० छ । देशभरमा सक्रिय सङ्क्रमितमध्ये सात हजार ९८८ संस्थागत आइसोलेशन र सात हजार ३७ होम आइसोलेशनमा छन् ।
प्रदेशअनुसार संस्थागत आइसोलेशनमा सक्रिय सङ्क्रमित १ मा ५०५, २ मा ३७४, वाग्मतीमा चार हजार ७७२, गण्डकीमा ७३३, ५ मा ७१३, कर्णालीमा २७५ र सुदूरपश्चिममा ६१६ छन् । त्यस्तै होम आइसोलेशनमा प्रदेश १ मा ८६२, २ मा दुई हजार पाँच सय, वाग्मतीमा दुई हजार ४६६, गण्डकीमा एक सय, ५ मा ८९५, कर्णालीमा ८४ र सुदूरपश्चिम १३० छन् ।
देशभर १६२ सङ्क्रमित सघन उपचार कक्षमा छन् । प्रदेश १ मा पाँच, २ मा २४, वाग्मतीमा १०१, गण्डकीमा पाँच, ५ मा २०, कर्णालीमा छ र सुदूरपश्चिममा एक जना आइसियूमा छन् । वाग्मतीमा २१ र ५ मा एक गरी २२ सङ्क्रमित भेण्टिलेटरमा छन् ।
पछिल्लो २४ घण्टामा देशभर नयाँ सङ्क्रमित भेटिएका छन् । प्रदेश १ का उदयपुरमा एक, ओखलढुङ््गामा तीन, खोटाङमा दुई, झापामा छ, ताप्लेजुङमा एक, धनकुटामा नौ, भोजपुरमा पाँच, मोरङमा ७७ र सुनसरीमा ५६ छन् । प्रदेश २ मा धनुषामा तीन, पर्सामा छ, बारामा १७, महोत्तरीमा दुई, रौतहटमा ७०, सप्तरीमा २६, सर्लाहीमा छ र सिरहामा ८१ छन् ।
काठमाडौँ उपत्यकामा ३६४ नयाँ सङ्क्रमित थपिएका छन् । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा ३९४, ललितपुरमा ३४, र भक्तपुरमा ३६ छन् । वाग्मतीकै काभ्रेपलाञ्चोकमा आठ, चितवनमा २१, दोलखामा तीन, धादिङमा दुई, नुवाकोटमा चार, मकवानपुरमा ४२, रामेछापमा तीन, सिन्धुपाल्चोकमा तीन र सिन्धुलीमा एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।
गण्डकीका कास्कीमा १०, गोरखामा एक, तनहुँमा चार, नवलपरासी९बर्दघाट सुस्ता पूर्व ०मा एक, पर्वतमा एक, लमजुङमा तीन, बागलुङमा दुई र स्याङ्जामा एक सङ्क्रमित फेला परेका छन् । प्रदेश ५ मा कपिलवस्तुमा ११, गुल्मीमा दुई, दाङमा एक, नवलपरासीमा १२, पाल्पामा दुई, बर्दियामा १३, बाँकेमा २२ र रुपन्देहीमा ४२ सङक्रमित फेला परेका छन् । कर्णालीका जाजरकोटमा एक, दैलेखमा तीन र सुर्खेतमा २२ फेला परेका छन् भने सुदूरपश्चिमका अछाममा एक, दार्चुलामा तीन र बझाङमा दुई सङ्क्रमित फेला परेका छन् ।
आजसम्म सात जिल्लामा सङ्क्रमित पाँच सयभन्दा बढी छन् भने पाँच जिल्लामा शून्य छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा सुनसरी, सर्लाही, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर र रुपन्देही छन् । त्यस्तै हाल सङक्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा, डोल्पा, मुगु र हुम्ला छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: