काठमाडौं । विद्रोही नेकपाका प्रवक्ता खड्गबहमदुर विश्वकर्मा प्रकाण्डले एक विज्ञप्ती निकाल्दै केही सरकारी कर्मचारी र ठेकेदारहरुको नामै किटेर कारावाहीको चेतावनी दिएका छन् ।
उनले कृषकलाई मल उपलब्ध नगराएको छ रेलवे विभागले गैर कानुनीरुपमा ठेक्का दिएको/लिएको भन्दै यस्तो चेतावनी दिएको हो ।
वक्तव्यमा भनिएको छ, ‘रेल विभागका महानिर्देशक र ठेकदार गिरोहलाई सरकारले तुरुन्तै कारवाही नगर्ने हो भने जनताको आक्रोश र कारबाहीको मागको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले गर्ने कुरासमेत सरकार र भ्रष्टाचारी जत्थालाई पार्टी स्पष्ट गर्दछ ।’
वक्तव्यमा थप भनिएको छ, –‘आफ्नै राज्यको कानुनविपरीत यातायात मन्त्रालय, रेल विभागको महानिर्देशक बलराम मिश्र, कथित सिण्डिकेटधारी ठेकेदार एवं कम्पनी शर्मा एण्ड कम्पनीका रमेश शर्मा, गोल्डेन गुड्स कम्पनीका ग्याल्जे शेर्पा, कालिका कम्पनीका विक्रम पाण्डे र लामा कम्पनीका जिपछिरिङ्ग लामालगायतको गिरोहले ६ अर्बभन्दा माथिको कमिशनको खेल र सेटिङ्गमा नेपाली जनताको सम्पत्ति लुटखसोट गर्ने डिजाइन गर्दा र सञ्चारमाध्यममा छताछुल्ल हुँदासमेत सरकार नसुने नदेखेझैं गरिरहेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी भ्रष्टाचार काण्डलाई समेत माथ गर्ने रेल भ्रष्टाचार र कमिशन काण्ड कुनै पनि मूल्यमा सैह्य नहुने कुरा हाम्रो पार्टी स्पष्ट पार्दछ ।’
यसैगरी मल खरिद प्रकरणबारेपनि वक्तव्यमा भनिएको छ, – ‘कृषिमन्त्री बंगलादेशबाट ५० हजार टन मल सापटी ल्याउने प्रयास सकारात्मक भएको फलाक्छन् । यो कार्य घोर आपतिजनक, किसानहरूको बालिनाली माथिको खेलबाड र राष्ट्रका विरुद्ध अक्षम्य अपराधिक खेलका रुपमा पार्टीले लिएको छ ।’
कृषि मन्त्रालय र मल खरिदका लागी बोलकबोल गर्ने ठेकेदारलाई सरकारले कारवाही गर्नुपर्ने र नगरे आफै गर्ने चेतावनी दिँदै भनिएको छ– ‘वर्षेबालीका निम्ति आवश्यक पर्ने मल आपूर्तिको निम्ति भनेर सरकारले पौष–माघ महिनामा ठेक्का आह्वान गरेर सरकारी नेकपा र नेपाली कांग्रेसका नेताहरुका रक्षाकवच शैलुङ कस्ट्रक्सन कम्पनीका शारदाप्रसाद अधिकारी (प्रचण्डका घरबेटी) र होविको मल्टीपल कम्पनीका होमनाथ कोइरालालाई कथित सस्तो दरमा मल आपूर्ति गर्ने नाटकमा ठेक्का दियो । जुन कम्पनी निर्माण क्षेत्रमा दर्जनौं पुल र सडकहरु वर्षौंसम्म अलपत्र पार्ने कम्पनी हुन् भने ठेकदारहरु राज्यको ढुकुटी लुटेर नेता र आफ्ना व्यक्तिगत सम्पतिमा बदल्ने भ्रष्ट, कमिसनखोर र बदनाम तत्वहरु हुन् ।’
हेर्नुहोस् विज्ञप्ती
प्रतिकृया लेख्नुहोस्: