काठमाडौं । स्यानिटाइजर र मास्कको व्यापार चैतयता निकै बढेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्न मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने भनेपछि यसको माग बढेको हो ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - नेपाल औषधि उत्पादक संघका अनुसार चैतयता २० करोड रुपैयाँ बराबर स्यानिटाइजरको कारोबार भएको अनुमान छ । उत्पादन र कारोबार अनियन्त्रित रूपमा भइरहेकाले संघसँग यकिन तथ्यांक भने नरहेको संघका पूर्वअध्यक्ष दीपक दहालको भनाइ छ । ‘सामान्य अवस्थामा वार्षिक ४–५ करोड रुपैयाँ हुने गरेकोमा यसपालि निकै कारोबार भएको देखिन्छ’, पूर्वअध्यक्ष दाहालले भने ।
केही साबुन उद्योगले आफ्नो उद्देश्य थपेर मास्क र स्यानिटाइजरसमेत उत्पादन गरिरहेका छन् । बजारको मागलाई ध्यानमा राखेर हिमगिरि हाइजिनले मास्क र स्यानिटाइजर दुवैको उत्पादन सुरु गर्यो । बजारको मागभन्दा चार गुणा बढी उत्पादन गर्न सकिने कम्पनीका सञ्चालक महेशकुमार जजुको दाबी छ । वार्षिक उत्पादन १ हजार २ सय मेट्रिक टन छ । उनले उद्योगले निर्यातका लागि अनुमति माग गरेको सुनाए ।
फलामे छड र सिमेन्ट उद्योेगमा लगानी गरिरहेको जगदम्बा समूहले मास्कमा लगानी गरेको छ । उसले २० करोड लगानी रहेको एन ९५ र केएन ९५ मास्क उत्पादन गरिरहेको छ । महामारी बढ्दै जाँदा नेपालमा मास्क, स्यानिटाइजरलगायत सामग्रीको आयात बढेको छ । साउनमा मात्रै २४ करोड ९७ लाख ५६ हजार रुपैयाँको यस्ता सामग्री भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
नेपालकै उत्पादन पर्याप्त भए पनि विदेशबाट निर्बाध रूपमा स्यानिटाइजर तथा मास्क भित्रिरहेको व्यवसायी बताउँछन् । गुणस्तरमा ध्यान नदिँदा कमसल सामग्री सस्तो मूल्यमा पाइने भएकाले स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको संघका महासचिव विप्लव अधिकारीले बताए ।
साउनमा ७ करोड ७२ लाख ७० हजार रुपैयाँको फेस मास्क आयात गरिएको विभागले जनाएको छ । तथ्यांकअनुसार साउनमा १६ मुलुकबाट मास्क आयात गरिएको छ । त्यसमा सबैभन्दा धेरै चीनबाट ७ करोड १२ लाख २२ हजार रुपैयाँको ५२ हजार ५ सय ५६ थान मास्क आयात गरिएको छ । यसबाट १ करोड ५१ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
भारतबाट ५१ लाख ३२ हजार रुपैयाँका १० लाख ८८ हजार २ सय ८२ थान मास्क ल्याइएको छ । यसबाट १३ लाख १३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । जेठ १५ देखि असारसम्म ३५ करोड ८० लाख रुपैयाँको फेस मास्क आयात भएको थियो । त्यसपछि साउन मसान्तसम्ममा बढेर ४३ करोड ५२ लाख ७० हजार रुपैयाँ पुगेको छ ।
विभिन्न मुलुकबाट साउनमा मात्रै १२ करोड २४ लाख १९ हजार रुपैयाँबराबरको स्यानिटाइजर आयात भएको छ । विभागको तथ्यांकअनुसार सो मूल्यमा २ लाख ८८ हजार ९ सय ३३ किलो स्यानिटाइजर भित्र्ययाइएको हो ।
साउनमा भारतबाट सबैभन्दा बढी ७ करोड ७५ लाख २८ हजार रुपैयाँबराबरको २ लाख ५ हजार ९ सय ५९ किलो स्यानिटाइजर आयात भएको छ । चीनबाट ३ करोड २ लाख ३४ हजार रुपैयाँ बराबरको ६१ हजार ५ सय ३२ किलो स्यानिटाइजर आयात भएको छ ।
यसबाहेक जापान, कोरिया, न्युजिल्यान्ड, यूएई र भियतनामबाट पनि स्यानिटाइजर आयात गरिएको छ । जेठ १५ देखि असार मसान्तसम्म २९ करोड ५० लाख रुपैयाँबराबरको स्यानिटाइजर आयात भएको थियो ।
अन्य डिसइन्फेक्सनका सामग्री साउनमा ५ करोड ६७ हजार रुपैयाँ बराबरको आयात गरिएको छ । चीन, भारत, मलेसिया, थाइल्यान्डलगायत मुलुकबाट यस्ते सामान आयात भएको हो ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: