काठमाडौं । मंगलबार नेपालमा ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार विभिन्न स्थानमा रहेका प्रयोगशालामा परीक्षण गर्दा आज देशभर ८ सय ५५ जनामा कोरोना पुष्टि भएको हो । यो संख्या हिजोको भन्दा बढी हो । हिजो देशभर ७ सय ४३ जनामा कोरोना देखिएको थियो ।
आज ८ सय ५५ संक्रमित थपिएसँगै संक्रमितको कूल संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।
आज सबैभन्दा बढी काठमाडौंमा १९९ जना संक्रमित थपिएका छन्। यस्तै रूपन्देहीमा ६९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार मंगबार झापामा ५, खोटाङमा १, मोरङमा थप ४३ जनामा कोरोना संक्रमण भएको छ। सोलुखुम्बुमा २, सुनसरीमा १६ र उदयपुरमा १ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए।
प्रदेश-२ का आठवटै जिल्लामा कोरोना संक्रमितको संख्या थपिएको छ। सबैभन्दा बढी सर्लाहीमा ५८ जनामा संक्रमण भएको छ भने रौतहटमा ४४ र धनुषामा ४२ जना कोरोना संक्रमित थपिएका छन्।
यस्तै महोत्तरी र बारामा १७/१७, सप्तरी र सिरहामा ३/३ जनामा संक्रमण भएको छ भने पर्सामा चारजना संक्रमित थपिएका छन्।
रामेछापमा १, दोलखामा ३ र भक्तपुरमा १४ जना थप संक्रमित भएको मन्त्रालयको विवरणमा उल्लेख छ । मन्त्रालयका अनुसार धादिङमा थप ८, काभ्रेमा ५ र ललितपुरमा १९ जनामा कोरोना संक्रमण भएको छ ।
नुवाकोटमा १, सिन्धुपाल्चोकमा २, चितवनमा ३७ र मकवानपुरमा २ जना संक्रमित थपिएका छन् ।
यसैगरी बाग्लुङमा १, गोरखामा २, कास्कीमा १३ र लमजुङमा १ जनामा संक्रमण भएको छ । पूर्वी नवलपरासीमा ४, पर्वतमा २ र तनहुँमा ६ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा संक्रमित थपिएका अन्य जिल्लामा कपिलवस्तु २३, परासी ८, अर्घाखाँची १, गुल्मी २ र पाल्पा ४ जना छन्।
दाङमा १८ जनामा संक्रमण भएको छ। प्यूठानमा ४, रोल्पामा ३, बाँकेमा १५ र बर्दियामा ६ जना संक्रमित थपिएको गौतमले बताए।
उनका अनुसार सल्यानमा ४, जुम्लामा १, कालिकोटमा ५ र मुगुमा १ जनामा संक्रमण भएको छ। सुर्खेतमा ५ र दैलेखमा ४ जना संक्रमित थपिएका छन् ।
कैलालीमा १६, अछाममा १९, डोटीमा ४५, बझाङमा ९, कञ्चनपुरमा १२ तथा डडेल्धुरा र बैतडीमा २/२ जना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा ३ सय १३ डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको संख्या १९ हजार १ सय १९ पुगेको छ ।
अहिले देशभर १० हजार ४ सय ५३ जना क्वारेन्टाइनमा रहेका छन् । आज देशभर ११ हजार ४ सय ५३ जनाको पीसीआर गरिएको छ ।
प्रतिकृया लेख्नुहोस्: