Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

सुचि हेर्नुहोस् –मंगलबार कुन जिल्लामा कति संक्रमित थपिए

काठमाडौं । मंगलबार नेपालमा ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार विभिन्न स्थानमा रहेका प्रयोगशालामा परीक्षण गर्दा आज देशभर ८ सय ५५ जनामा कोरोना पुष्टि भएको हो । यो संख्या हिजोको भन्दा बढी हो । हिजो देशभर ७ सय ४३ जनामा कोरोना देखिएको थियो ।

आज ८ सय ५५ संक्रमित थपिएसँगै संक्रमितको कूल संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।

आज सबैभन्दा बढी काठमाडौंमा १९९ जना संक्रमित थपिएका छन्। यस्तै रूपन्देहीमा ६९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मंगबार झापामा ५, खोटाङमा १, मोरङमा थप ४३ जनामा कोरोना संक्रमण भएको छ। सोलुखुम्बुमा २, सुनसरीमा १६ र उदयपुरमा १ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए।

प्रदेश-२ का आठवटै जिल्लामा कोरोना संक्रमितको संख्या थपिएको छ। सबैभन्दा बढी सर्लाहीमा ५८ जनामा संक्रमण भएको छ भने रौतहटमा ४४ र धनुषामा ४२ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै महोत्तरी र बारामा १७/१७, सप्तरी र सिरहामा ३/३ जनामा संक्रमण भएको छ भने पर्सामा चारजना संक्रमित थपिएका छन्।

रामेछापमा १, दोलखामा ३ र भक्तपुरमा १४ जना थप संक्रमित भएको मन्त्रालयको विवरणमा उल्लेख छ । मन्त्रालयका अनुसार धादिङमा थप ८, काभ्रेमा ५ र ललितपुरमा १९ जनामा कोरोना संक्रमण भएको छ ।

नुवाकोटमा १, सिन्धुपाल्चोकमा २, चितवनमा ३७ र मकवानपुरमा २ जना संक्रमित थपिएका छन् ।

यसैगरी बाग्लुङमा १, गोरखामा २, कास्कीमा १३ र लमजुङमा १ जनामा संक्रमण भएको छ । पूर्वी नवलपरासीमा ४, पर्वतमा २ र तनहुँमा ६ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमित थपिएका अन्य जिल्लामा कपिलवस्तु २३, परासी ८, अर्घाखाँची १, गुल्मी २ र पाल्पा ४ जना छन्।

दाङमा १८ जनामा संक्रमण भएको छ। प्यूठानमा ४, रोल्पामा ३, बाँकेमा १५ र बर्दियामा ६ जना संक्रमित थपिएको गौतमले बताए।

उनका अनुसार सल्यानमा ४, जुम्लामा १, कालिकोटमा ५ र मुगुमा १ जनामा संक्रमण भएको छ। सुर्खेतमा ५ र दैलेखमा ४ जना संक्रमित थपिएका छन् ।

कैलालीमा १६, अछाममा १९, डोटीमा ४५, बझाङमा ९, कञ्चनपुरमा १२ तथा डडेल्धुरा र बैतडीमा २/२ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा ३ सय १३ डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको संख्या १९ हजार १ सय १९ पुगेको छ ।

अहिले देशभर १० हजार ४ सय ५३ जना क्वारेन्टाइनमा रहेका छन् । आज देशभर ११ हजार ४ सय ५३ जनाको पीसीआर गरिएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending