Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

४५४ स्वास्थ्यकर्मी संक्रमित, अग्रपंक्तिमा खटिने नै संक्रमित हुँदा कोरोना महामारी नियन्त्रण असहज बन्दै

काठमाडौं । कोरोना संक्रमित बढेसँगै उनीहरूको उपचारमा खटिएका चिकित्सक, नर्स, प्राविधिकलगायत स्वास्थ्यकर्मीमा पनि संक्रमणको दर वृद्धि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार आइतबारसम्म ४५४ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

आजको कान्तिपुर दैनिकमा खबर छ - जसमध्ये चिकित्सक १ सय ४२, अस्पतालका कर्मचारी १ सय २३, नर्स ९४, ल्याब टेक्निसियन ३० र पारामेडिक्स ६५ जना छन् । अस्पतालअनुसारको तथ्यांक हेर्दा भने त्योभन्दा बढी संख्या देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत संक्रमित स्वास्थ्यकर्मीको संख्या धेरै हुन सक्ने जनाएको छ ।

धेरै अस्पतालले स्वास्थ्यकर्मी संक्रमित भएको भनेर सूचना दिँदा बिरामी उपचारका लागि नआइदिने र स्वास्थ्यकर्मीलाई पनि समाजले अपहेलना गर्ला भन्ने डरले यकिन संख्या उपलब्ध गराउँदैनन् । काठमाडौंको एक सरकारी अस्पतालका निर्देशकले स्वास्थ्यकर्मी संक्रमित हुँदा अरूले उल्टै नराम्रो सोच्ने गरेको बताए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम स्वास्थ्यकर्मीहरूले पहिला आफू बच्ने अनि अरूलाई बचाउने भन्ने धारणा राख्नुपर्ने बताउँछन् । उनले भने, ‘ओपीडीमा बस्नेले भाइजर, वाटरप्रुफ मास्क लगाएर मात्र बिरामी जाँच्नुपर्छ । सामान छैन भने बरु मन्त्रालयले उपलब्ध गराउँछ ।’ दिन रात खटिएर बिरामीको उपचार गरिरहेका स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरिएका खबर सुनिए संलग्नलाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको उनको भनाइ छ ।
सेवामा असर

कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी नै धमाधम संक्रमित हुन थालेपछि कतिपय अस्पतालले आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका छन् । स्वास्थ्यकर्मीमा संक्रमण बढ्दै गए देशभर सबै किसिमका स्वास्थ्य सेवा थप प्रभावित हुने जोखिम देखिएको छ ।

ईडीसीडीका अनुसार धुलिखेल अस्पतालमा शनिबार १० र आइतबार ३ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भयो । योसँगै हालसम्म उक्त अस्पतालका २७ स्वास्थ्यकर्मीलाई संक्रमण भइसकेको छ । एकैपटक १० चिकित्सकमा संक्रमण पाइएपछि अस्पतालका आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । काभ्रेकै स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रमा पनि शनिबार कर्मचारी र स्वास्थ्यकर्मीसहित १५ जनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार भदौ २ मा काठमाडौं उपत्यकामा २ सय ५ जना संक्रमित हुँदा ४० जना स्वास्थ्यकर्मी मात्रै थिए । यसमध्ये २० जना त्रिवि शिक्षण अस्पतालका थिए । बाँकी किस्ट, निदान र सुमेरु अस्पतालका थिए ।

त्रिवि शिक्षण अस्पतालका निर्देशक डा.रोहित पोखरेलका अनुसार गएको साता मात्रै अस्पतालका ४० जनामा संक्रमण देखिएको छ । यहाँ हालसम्म संक्रमित स्वास्थ्यकर्मीको संख्या ७० पुगेको अस्पतालका कोभिड व्यवस्थापन समिति संयोजक डा.सन्तकुमार दासले बताए । यसअघि आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित हुँदा अस्पतालले उक्त विभाग सिलसमेत गरेको थियो ।

‘संक्रमितमध्ये केही अस्पताल र केही घरमै आइसोलेसनमा छन्,’ निर्देशक पोखेलले भने, ‘सेवा भने निरन्तर दिइरहेका छौं ।’ संक्रमित हुनेमा नर्स बढी छन् । ‘सानो कोठा र भेन्टिलेसन नभएको कोठामा नर्सहरू खाजा खाने गर्दा रहेछन्, त्यहाँबाट सरेको देखिन्छ,’ डा.दासले भने ।

धेरै संख्यामा स्वास्थ्यकर्मी संक्रमित हुनेमा वीरगन्जको नारायणी अस्पताल पनि पर्छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नारायणीका ७० स्वास्थ्यकर्मी संक्रमित पाइएका छन् । काठमाडौंको सहिद गंगालाल हृदयरोग केन्द्रमा संक्रमित स्वास्थ्यकर्मीको संख्या १५ भन्दा बढी छ । वीर अस्पतालका पनि चिकित्सकसहित १० जना स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् ।

अग्रपंक्तिमा खटिने नै संक्रमित हुँदा कोरोना महामारी नियन्त्रण असहज बनेको ईडीसीडीका निर्देशक डा.वासुदेव पाण्डेले बताए । ‘सबैभन्दा जोखिममा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी छन्,’ उनले भने, ‘अरूलाई सेवा दिनुपर्ने समूह नै संक्रमित भएपछि संक्रमण न्यूनीकरण गर्न असहज हुने देखिएको छ ।’ नेपालमा पहिलो पटक वैशाख ३० मा कपिलवस्तुमा एक नर्समा कोरोना संक्रमण देखिएको थियो ।

‘सतर्कताले हामी सुरक्षित’

डा. सागर राजभण्डारी– निर्देशक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

हामीले अहिलेसम्म ३ सय ५० जना कोरोना संक्रमितको उपचार गरिसकेका छौं । करिब ६ सय जनाजति शंकास्पद बिरामीलाई हेरेका छौं । म गर्व पनि गर्छु कि अहिलेसम्म यहाँका कुनै पनि स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छैन । हामीले पीपीईको प्रयोगमा कन्जुस्याइँ गरेका छैनौं । एकचोटि प्रयोग गरेको मास्क पनि प्रयोग गर्देनौं ।

संक्रमितले लगाएको कपडा, तन्ना, खोललगायत सामग्री केमिकल प्रयोग गरेर मेसिनमा धुन्छौं । केमिकल ट्रिटमेन्ट गरेर फोहोर व्यवस्थापनका लागि ‘अटोक्लेभ’ गर्छौं । भौतिक दूरी कायम गरेका छौं । डिजिटल प्रविधि अपनाएका छौं ।

आईसीयूमा पनि नेगेटिभ प्रेसरयुक्त कोठाहरू छन् । हावा छानिएर मात्र भित्र जान्छ । आइसोलेसन पनि त्यसैअनुसार निर्माण गरिएको छ । त्यसैले पनि हामी अहिलेसम्म सुरक्षित छौं । खासमा आवश्यक सबै स्वास्थ्य सुरक्षा सतर्कता अपनाउनु नै हामीमा संक्रमण नहुनुको प्रमुख कारण हो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies