Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

कैलालीको श्रीलंकामा कर्णाली नदीले १ १५ बिघा जमिन कटान

कैलाली। कैलालीको टीकापुर-८ श्रीलङ्कामा कर्णाली नदीले १५ विघा नदी कटान गरेको छ । नदी कटान तीव्र भएपछि स्थानीयवासीमा त्रास सिर्जना भएको छ । 

नदीले टापुका रुपमा रहेको श्रीलङ्कामा कटान तिब्र पारेपछि स्थानीयले नदी कटान रोक्न स्थानीय सरकारलाई दबाब दिन थालेका छन् ।

स्थानीय जनक बोहराले नदी श्रीलङ्कातर्फ फर्किएर यसवर्ष मात्रै १५ विघा जमिन कटान गरिसकेको बताए । ‘नदीको बर्दियातर्फ तटबन्ध निर्माण भएको छ । कैलालीको भाग बाँकी छ,’ बोहराले भने, ‘२ वर्षयता नदी कैलालीतर्फ बढी कटान गर्न थालेको छ । नदीले टापुका रुपमा रहेको श्रीलङ्का सक्ने त्रास सिर्जना भएको छ ।’ उनले वैशाखदेखि नै कटान सुरु गरेको नदीले यसवर्ष मात्रै १५ विघा जमिन कटान गरेकोले बस्ती विस्थापित हुने जोखिम बढेको बताए ।  

बोहराको पहिले श्रीलङ्कामा साढे ८ विघा जमिन थियो । वर्षेनिको कर्णालीको कटानले अहिले ३ विघामात्र बचेको छ । ‘एकातिर जमिन छैन, अर्कोतिर त्यहाँका नागरिकले जग्गाधनी पूर्जाअनुसारको सरकारलाई कर तिरिरहेका छन्,’ स्थानीय धनकला बुढाले भनिन्, ‘कर तिर्छौँ तर आफूले पाउनुपर्ने सेवा सुविधा केही पाइएको छैनौँ ।’ 

अहिले नदीले बोहरासहित दिपेन्द्र भण्डारी, गोपाल साउँद, दिनेश बोहरा, चुलीराम चौधरी, प्रजिते साउँदलगायत नागरिकको जमिन कटान गरिरहेको छ । स्थानीय दिनेश बोहराले सरकारले नदी कटान रोक्नका लागि काम शुरु नगरे श्रीलङ्का गाउँ नै खतरामा पर्ने बताए ।

कर्णाली नदीको पूर्वपट्टी बर्दियातिर कर्णाली नदी व्यवस्थापन आयोजना र पश्चिमपट्टी कैलालीतिर रानी जमरा कुलरिया सिँचाइ आयोजनाले तटबन्ध गरिरहेको छ ।

श्रीलङ्का कैलालीको भूभाग भए पनि कर्णाली पारी बर्दियाको राजापुर नगरपालिकासँग जोडिएको छ । त्यस क्षेत्रमा कर्णाली नदी व्यवस्थापन आयोजनाले तटबन्धको काम गरिरहेको छ । त्यो क्षेत्रमा करिब २ हजार ३ सय मिटर तटबन्ध गर्न बाँकी छ । त्यसमा अहिले अस्थायी तटबन्धको काम गर्दा राम्रो नहुने भएकाले स्थायी तटबन्धको लागि पहल भइरहेको आयोजनाका प्रमुख धर्मकुमार न्यौपानेले बताए ।  

टीकापुर-५ शाहीपुरमा पनि कर्णाली नदीमा सिँचाइ आयोजनाले निर्माण गरेको तटबन्ध भत्कने जोखिम बढेको छ । तटबन्ध वरिपरीको माटोमा चिरा पर्न थालेकाले नदी बस्ती पस्ने जोखिम बढेको हो । नदी बस्तीमा पसे टीकापुर नगरपालिका डुबानमा पर्ने देखिन्छ । 

शाहीपुरमा तटबन्ध भत्किएमा टीकापुरमा हजारौँ परिवार डुबानमा पर्नुका साथै हजारौँ विघा जमिन कटान र डुबानमा पर्ने भएकाले आयोजनालाई अस्थायीरुपमा भए पनि तटबन्ध गर्न आग्रह गरेको स्थानीय बडघर धर्मराज जैसीले बताए ।

‘सिँचाइले तटबन्ध गरिरहेको छ । निर्माण कम्पनीले एकै वर्ष सक्नुपर्ने थियो,’ जैसी भन्छन्, ‘हरेक वर्ष आधा-आधा काम गर्छन्, जसले थप बस्तीमा त्रास सिर्जना हुन्छ । आयोजनाले समयमै सक्न निर्देशन दिनुपर्छ ।’ रासस

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending