काठमाडौं। निजी अस्पतालले सरकारले तोकेको शुल्कमा कोभिड बिरामीको उपचार गर्न नसक्ने जनाएका छन् ।
आजको कान्तिपुर दैनिकमा खबर छ - आफूहरूसँग सल्लाह नगरी उपचारका लागि निर्देशन दिइएको भन्दै उनीहरूले सरकारी अस्पताललाई अनुदान दिनका लागि तयार पारिएकै शुल्कमा उपचार गर्न सम्भव नरहेको बताएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड अस्पतालसँगै सरकारी तथा निजी अस्पताललाई पनि संक्रमित उपचार गर्न सोमबार निर्देशन दिएको थियो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा हब अस्पतालसँगको समन्वयमा स्याटेलाइट अस्पतालले २० प्रतिशत शैंया छुट्याएर उपचार गर्नुपर्ने बताएका थिए ।
मन्त्रालयले तोकेको शुल्कप्रति निजी तथा सरकारी दुवै अस्पताल व्यवस्थापन खुसी छैनन् । तोकेको मूल्यमा उपचार गर्न लगभग असम्भव रहेको उनीहरूको दाबी छ । मन्त्रालयले गरेको निर्णयअनुसार अब निजी अस्पतालमा उपचार गर्न चाहने संक्रमितले अस्पतालको सहमतिमा उपचार गर्न सक्नेछन् तर सेवा शुल्क भने लक्षणअनुसार मन्त्रालयले तोकेअनुरूपको मात्रै लिन पाइनेछ ।
मन्त्रालयका अनुसार सामान्य लक्षण भएका बिरामीको उपचारबापत सम्बन्धित अस्पतालले प्रतिदिन ३ हजार ५ सय, मध्यम जटिल बिरामीको उपचारबापत ७ हजार र जटिल अवस्थाका बिरामीहरूको उपचारबापत १५ हजारमा नबढ्ने गरी शुल्क लिन पाउने भनेर दररेट तोकिदिएको छ ।
मन्त्रालयले वैशाख २४ गते जारी गरेको ‘कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उपचारबापत अस्पताललाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश २०७७’ मा उपचार गरेबापत कति शुल्क दिने भन्ने यकिन गरेको थिएन ।
तर, सोही समयमा जारी गरिएको ‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पन्स प्लान’ मा भने सामान्य लक्षण भएका बिरामीको उपचार गर्न करिब १४ हजार ५ सय ६ रुपैयाँ लाग्ने उल्लेख छ । यस्तै मध्यम लक्षण भएका बिरामीको उपचारका लागि २३ हजार ३ सय ९३ रुपैयाँ र गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि ३८ हजार १ सय १८ रुपैयाँ लाग्ने उल्लेख छ ।
मन्त्रालयले साउन १५ गते मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको नयाँ संशोधित आदेश जारी गर्दै उपचारको अनुमानित खर्च घटाइदिएको हो । मन्त्रालयले यसरी घटाएकै मूल्यमा स्वास्थ्यकर्मीहरूको जोखिम भत्ता, बिरामीलाई खानालगायत शुल्क पनि समावेश गरेको छ ।
मन्त्रालयले हचुवाका भरमा उपचार शुल्क निर्धारण गरेको आरोप सरकारी तथा निजी अस्पतालहरूले लगाए पनि मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने यो निर्णय गर्दा यथेष्ट छलफल गरिएको दाबी गर्छन् । ‘हामीले सबैसँग छलफल गरेर नै निर्धारण गरेका हौं,’ उनले भने, ‘मन्त्रालयमा हामीले निजीमा काम गरिसकेका, त्यसको रेट कति छ थाहा पाउने विज्ञहरूसँग नै सोधेर निर्णय गरेका हौं ।’
उनका अनुसार के कारणले रकम पुग्दैन भनेर निजी अस्पतालहरूले कुरा लिएर आउनुपर्ने बताए । ‘के कारणले रकम पुग्दैन भनेर आउनुपर्यो । त्यसपछि मन्त्रालयले सोच्ला । यो त हामीले औसतमा निकालेको शुल्क हो ।’
एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) का महासचिव हेमराज दाहालका अनुसार यो निर्णय गर्दा सरकारले निजी अस्पतालहरूसँग एक पटक पनि सरसल्लाह गरेको छैन । ‘सरकारी अस्पतालका लागि यो शुल्क ठीक हुन पनि सक्ला किनकी उनीहरू सरकारकै अनुदानबाट चलेका हुन्छन् । पीपीई, मास्कलगायत सामग्री सबै सरकारबाट आउँछन्,’ उनले भने, ‘हामीले कहाँबाट जोहो गर्ने ?’
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: