लहान । सिरहाको लहान नगरपालिकाले नौ दिनका लागि नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । पछिल्लो समय नगरपालिका वडा नं ८ का एक जनासहित नगर क्षेत्रका २६ मा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि यही साउन ३२ गतेसम्म नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको नगरपालिकाले जनाएको छ । छिमेकी जिल्ला सप्तरीमा तीव्ररूपमा सङ्क्रमण फैलिरहेकाले छ ।
नगरपालिका कार्यपालिकाको आपत्कालीन बैठकले नगर क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय गरेको नगर कार्यपालिकाका सदस्य तथा वडा नं ७ का वडाध्यक्ष राकेशरोशन गुप्ताले जानकारी दिनुभयो । वडा ८ का सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाको पनि स्वाब सङ्कलनको कार्य भइरहेको स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले बताए ।
यसअघि मिर्चैया नगरपालिकाले बिहीबारदेखि यही साउन ३२ गतेसम्म नगर क्षेत्रमा लकडाउन गरेको छ । मिर्चैया–६ का दुई स्वास्थ्यकर्मीसहित तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण थप फैलिन नदिन नगर क्षेत्रमा नगरपालिकाले लकडाउन गरेको नगरप्रमुख श्रवण यादवले जानकारी दिए ।
खर्च विरण सार्वजनिक
कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा राहत वितरणका लागि जिल्लाका स्थानीय तहहरुले गरेको खर्चको विवरण सार्वजनिक गरेका छन् । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण, रोकथाम र राहत वितरणका लागि गरिएको खर्च विवरण सार्वजनिक गर्न चौतर्फी माग उठेपछि जिल्लाका १७ स्थानीय तहमध्ये १२ ले खर्च विवरण सार्वजनिक गरेका हुन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा स्थानीय तहहरुले खर्च विवरण प्रस्तुत गरेका छन् ।
कोरोना नियन्त्रण र राहत वितरणका लागि सिरहा नगरपालिकाले सबैभन्दा बढी रु पाँच करोड ९० लाख ८६ हजार ४३० र सबैभन्दा कम अर्नमा गाउँपालिकाले रु ३९ लाख ५९ हजार १०३ खर्च गरेको छ । यस्तै गोलबजार नगरपालिकाले रु एक करोड ६० लाख ८५ हजार ५३, कर्जन्हा नगरपालिकाले रु एक करोड ४८ लाख १५ हजार ८१६, धनगढीमाई नगरपलिकाले रु ५५ लाख ९४ हजार ६३३ तथा लहान नगरपालिकाले रु एक करोड ९८ लाख ४० हजार ७८ खर्च गरेको विवरणमा उल्लेख छ ।
त्यस्तै मिर्चैया नगरपालिकाले रु एक करोड ७२ लाख ८१ हजार ७७, विष्णुपुर गाउँपालिकाले रु ८८ लाख ६१ हजार ७१०, बरियारपट्टि गाउँपालिकाले रु एक करोड ५७ लाख २३ हजार ७६७, नरहा गाउँपालिकाले रु ७३ लाख ५९ हजार २४९, लक्ष्मीपुर पतारी गाउँपालिकाले रु ६९ लाख ६५ हजार ६९५ र औरही गाउँपलिकाले रु दुई करोड २० लाख ८० हजार ९३० खर्च गरेको विवरणमा जनाइएको छ ।
त्यस्तै जिल्ला स्वास्थ्य कार्यालयले रु ३० लाख ८६ हजार २८८ र जिल्ला अस्पतालले रु एक करोड ३८ लाख ५९ हजार ७०७ खर्च गरेको विवरण प्राप्त भएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए । खर्च विवरण सार्वजनिक गर्न नसकेका कल्याणपुर नगरपालिक, सुखीपुर नगरपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका र नवराजपुर गाउँपालिकालाई पनि खर्च विवरण सार्वजनिक गर्न पत्राचार गरिसकेको उनले बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: