Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

के हो न्यून चापीय रेखा ?

काठमाडौं । यतिबेला वर्षा गराउने मनसुनी ट्रफ अर्थात् न्यून चापीय रेखा नेपालभन्दा पर दक्षिणतिर सरेको छ । मौसम पूर्वानुमान महाशाखाको मौसमी विवरणमा उल्लेख रहेको यस सूचनाले नेपालका धेरै भूभागमा मौसम सफा छ भन्ने जानकारी दिन्छ । अर्थात् पानी परेको छैन ।

आजको गोरखापत्र दैनिकमा खबर छ - सधैँ चर्चा भइरहने न्यून चापीय रेखा के हो त ? मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुनमा माथिल्लो वायुमण्डलमा बन्ने एउटा मौसमी रेखा नै न्यून चापीय रेखा हो ।

यो रेखा पृथ्वीको भूमध्यरेखा, अक्षांश र देशान्तर रेखाजस्तो तटस्थ रेखा हैन । यसले भौगोलिक विवरण हैन मौसमी विवरण बताउँछ ।

मानन्धरका अनुसार जमिनबाट करिब १२ देखि १८ किलोमिटरमाथिको वायुमण्डलमा बन्ने यही रेखाका कारण मनसुनी गतिविधि चल्छ । जुन ठाउँमा तातो हावा हुन्छ, त्यो ठाउँमा चाप कम हुन्छ । मनसुनको समयमा प्रायःजसो यस्तोे ठाउँ बन्छन् । त्यहाँको चापलाई सन्तुलित गर्न चारैतिरबाट वायुहरू आउने गर्छ । 

गर्मीको मौसममा समुद्रबाट बाफ आउँछ र त्यो पछि बादल बन्छ । त्यसरी आएको जलवाष्प न्यून चापीय रेखामा बसेपछि त्यहाँ पानी पार्ने बादलको सिर्जना हुन्छ । ‘बादलमा पानीको चाप बढेपछि त्यहाँ बस्न सक्दैन र पानी पर्छ,’ मानन्धरले भनिन् ।

पृथ्वीको उत्तरी गोलाद्र्धमा गर्मीको समयमा जुनदेखि सेप्टेम्बरसम्म मनसुनको समय हो । सूर्यको ताप बढी परेपछि न्यून चापको सिर्जना भई नै रहन्छ । यस्तोमा समुद्र र जमिनबीचमा मनसुनी पुलको अवधारणा अनुसार वर्षाको चक्र चल्छ । जमिन तातो हुँदा समुद्र चिसो हुन्छ । त्यसैले समुद्रबाट जमिनतर्फ हावा बहन्छ ।

मौसमविद्का अनुसार जाडोे मौसममा भने ठीक उल्टो जमिन चिसो र समुद्र तातो हुन्छ । जसअनुसार जमिनबाट समुद्रतिर हावा जान्छ । गर्मीमा बन्ने न्यून चापीय रेखा एकै स्थानमा स्थिर रहँदैन । सूर्यको ताप रहेको स्थानमा उच्च चाप हुन्छ ।

उच्च र न्यून चापको बीचको सन्तुलन कायम गर्न अन्यत्रबाट जलवाष्प र हावा न्यून चापतर्फ सोहोरिएर सन्तुलित वातावरण बनाउँछ । पानी परिसकेपछिको अवस्था तटस्थ हो । त्यसपछि फेरि अन्यत्र जहाँ न्यून चाप बन्छ, त्यहाँ यही प्रक्रिया दोहोरिन्छ ।

न्यून चापीय रेखामा बादल बनिसकेपछि पानी पर्नका लागि बादलको छुट्टै संयन्त्रले काम गर्छ । बादलमा हुने र जमिनमा हुने पोजिटिभ आयोन र नेगेटिभ आयोनबीच सङ्घर्ष चल्छ । त्यसबेला करेन्ट निस्केर चट्याङ पर्छ । बादलमा हुने पानीको अणु यस्तो सङ्घर्षका क्रममा एकआपसमा मिल्ने र बिलाउने क्रम चल्छ ।

 नेपालमा चल्ने मनसुनी प्रक्रियामा दिल्ली, गङ्गा नदी, बङ्गालको खाडीसम्म र नेपालको आसपास बढी न्यून चापीय रेखा बन्ने मौसमविद् बरुण पौडेलले जानकारी दिए । ‘न्यून चापीय रेखा नेपालको नजिक बन्दा बढी वर्षा हुने सम्भावना बलियो हुन्छ । ठ्याक्कै नेपालमाथि रहेका बेला अत्यधिक वर्षा हुन्छ । तल, दायाँ, बायाँ सर्दा भने कम वर्षा हुन्छ,’ उनले स्पष्ट पारे । 

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies