काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि उपत्यकाका विभिन्न १४ स्थानमा स्बाव सङ्कलन केन्द्र तोकेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले शङ्कास्पद बिरामीको सम्पर्कमा आएका, जोखिमयुक्त स्थानबाट आएका व्यक्तिको नमूना परीक्षणका लागि स्बाव सङ्कलन गर्न १४ वटा अस्पताललाई स्बाव सङ्कलन केन्द्र तोकिएको बताए ।
ती स्बाव सङ्कलन केन्द्रमा गई कोभिड–१९ परीक्षण मापदण्डभित्र तोकिएका व्यक्तिको निःशल्क परीक्षण गरिने छ । उनका अनुसार पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, काठमाडौँ मेडिकल कलेज, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, ह्याम्स अस्पताल र नेपाल कोरिया मैत्री अस्पताललाई स्वाब सङ्कलन केन्द्र तोकिएको छ ।
ती स्बाव सङ्कलन केन्द्रमा बिहान ९ देखि १ बजेसम्म परीक्षणका लागि नमूना सङ्कलन हुने उनले बताए । यसैगरी मन्त्रालयले तोकिएको कोभिड–१९ हब अस्पताल, कोभिड–१९ क्लिनिक अस्पताल, कोभिड–१९ अस्पताल लेभल १, २ र ३ मा पनि परीक्षणका लागि स्बाव सङ्कलन गरिनेछ । यसअघि मन्त्रालयले उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा, साँगा र फर्पिङमा स्वाब सङ्कलन गरेको छ ।
यसैगरी उपत्यकामा सङ्क्रमित ठाउँमा गएर इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले पनि स्वाब सङ्कलन गरिरहेको छ । महाशाखाले बढी अग्रपङ्क्तिमा काम गर्ने सरकारी तथा गैरसरकारी कार्यालयमा गई पनि स्वाब सङ्कलन गरिरहेको छ । बैंक, मालपोत तथा नापी कार्यालय, अस्पतालका स्वास्थ्यकर्मी, सिंहदरबारका सरसफाइ गर्ने कर्मचारी, कालीमाटी तरकारी बिक्री केन्द्र लगायतका कार्यालयमा गई स्वाब सङ्कलन गरी कोभिड–१९ परीक्षण गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले स्वाब सङ्कलनका लागि अस्पताललाई निर्देशन दिइसकेको समेत जानकारी दिए । “हामीले ती स्बाव केन्द्रको रुपमा तोकिएका अस्पताललाई स्वाब सङ्कलनका लागि निर्देशन दिइसकेका छौ”, उनले भने, “सायद भोलिदेखि स्वाब सङ्कलन गर्नेछन् ।”
उपत्यकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र अस्पताल, नेपाल पुलिस अस्पताल, स्टार अस्पताल, नेपाल कोरिया मैत्री अस्पताल, सेन्ट्रल डाइग्नोष्टि ल्याबरोटरी एन्ड रिसर्च सेन्टर, विध ल्याब र सूर्या हेल्थ केयरबाट कोभिड–१९ को परीक्षण गरिन्छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले उपत्यकामा कोभिड–१९ का शङ्कास्पद सङ्क्रमितको खोजपडताललाई पनि तीव्रता दिइएको बताए ।
यसैगरी मन्त्रालयले कोभिड–१९ को महामारी सङ्क्रमण बढिरहेकाले हालको अवस्थामा काठमाडौ उपत्यकामा समेत यसको जोखिम बढिरहेकाले सर्वसाधारण सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालन गर्न, घरबाहिर अत्यावश्यक अवस्थामा बाहेक ननिस्कने र भीडभाड नगर्न तथा चाडपर्व घरमै बसेर मनाउनसमेत अनुरोध गरिएको उनले बताए ।
नेपालमा अहिलेसम्म २१ हजार ९ जना सङ्क्रमित भइसकेका छन् । तीमध्ये १५ हजार २६ जना पूर्ण रुपमा निको भएर घर फर्किसकेका छन् भने पाँच हजार ९२५ जना सक्रिय सङ्क्रमित र ५८ जना सङ्क्रमणबाट मृत्यु भइसकेको छ ।
नेपालमा अहिलेसम्म ३४ वटा प्रयोगशालाबाट चार लाख छ हजार ४९४ जनाको पिसिआर परीक्षण गरिएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...


प्रतिकृया लेख्नुहोस्: