Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

प्रचण्डलाई ओलीको ठाडो कुरा –कुनैपनि बैठकमा आँउदिन, पदपनि छोड्दिन, सकेको गर्नुहोस् !

काठमाडौं । गत १३ गतेदेखि संवाद नै बन्द गरेका नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबिच आइतबारबाट पुन छलफल सुरु भएको छ ।

आइतबारबाट लगातार ३ दिनसम्म प्रधानमन्त्रीसमेत रहेका ओली निवास बालुवाटार धाएका प्रचण्डलाई ओलीकै एउटै ठाडो कुरा छ, ‘स्थायी समिति र केन्द्रिय समितिको बैठकमा आउँदिन, पद पनि छोड्दिन’ ।

अर्का नेता झलनाथ खनाल र सुवास नेम्वाङलाई साक्षि राखेर गरिएका छलफलहरु प्राय भनाभन र रिसारिसमै सकिने गरेको बताइन्छ ।

केहिदिनअघि १५२ जना पार्टी केन्द्रिय सदस्यले लिखितरुपमा केन्द्रिय समितिको बैठक माग गरेको सन्दर्भलाई लिएर कार्यकारी अध्यक्ष प्रचण्डले ‘आआफ्ना मत राखौं, केन्द्रिय समितिको बैठक डाकौँ ’ भन्ने प्रस्ताव ओलीसँग राखेका थिए ।

स्रोतका अनुसार जवाफमा ओलीले केन्द्रिय समितिको बैठक जरुरी नभएको र स्थायी समितिको बैठकपनि राख्नुनपर्ने बरु आवश्यक भए सचिवालयको बैठक बस्नुपर्ने बताएका थिए ।

प्रचण्डलाई उनले चेतावनीको भाषामा भनेका थिए कि, –‘तपाईले एकलौटी राख्नुभयो भने त्यो बैठकले मान्यता पाउँदैन, म तपाईले राखेको बैठक बहिस्कार गर्छु’ । यसरी ओलीले प्रचण्डलाई बालुवाटारमा न्याक्ने काम गरिरहेको बताइन्छ ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद नछोड्ने र बैठक पनि नबस्ने अडानमा मात्रै ओली छैनन् । उनले प्रचण्डलाई बालुवाटार आएर दुख नपाईरहनसमेत भनेका छन् ।

दुईमहिनादेखि जारी नेकपाको स्थायी समितिको बैठक झण्डै एक दर्जन पटक स्थगित हुँदै आइरहेको छ ।

\"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies